Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

आन्दोलनबारे पत्तो नपाएका विरामीको आक्रोश : ‘नेपालको सिस्टम विग्रियो, कोही जिम्मेवार छैनन्’

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार २३, २०८२
In अन्तर्वार्ता / विचार
0

उपचारका लागि अस्पताल पुगेका बिरामीहरु ओपीडी बन्द हुँदा अलपत्र

(प्रमिला कार्की)२३ असार,काठमाडौं । नेपाल चिकित्सक संघले देशभरका सरकारी तथा निजी अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पारेको छ ।

उपभोक्ता अदालतले सुनाएको फैसलाले नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकार माथि हस्तक्षेप भएको भन्दै नेपाल चिकित्सक संघले सोमबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पारेको हो ।

उपचार प्रक्रियामा भएको लापरवाहीका कारण बिरामीको ज्यान गएको तथा पीडित परिवारलाई थप मर्का परेको भन्दै परेका उजुरीमाथि अदालतले चिकित्सक तथा अस्पतालहरू लाई करोडौँ क्षतिपूर्ति तिराउने फैसला गरेपछि चिकित्सकहरू आक्रोसित बनेका हुन् ।

उनीहरुले विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरिसकेका छन् । सोही आन्दोलनको कार्यक्रम अन्तर्गत सोमबार उनीहरुले आकस्मिक बाहेकका सेवा ठप्प गरेर विरोध जनाएका हुन् ।

यता, स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका बिरामीहरु भने ओपीडी टिकट नपाए पछि अलपत्र अवस्थामा छन् ।वीर अस्पतालमा दाँतको उपचारका लागि पुगेका बिरामी छबिन्द्रराज कँडेल,ओपीडी सेवा बन्द गरेर डाक्टरहरु आफ्नो दायित्व र जिम्मेवारी बाट पन्छिन खोजेको बताउँछन् ।

उनले डाक्टरहरुले धैर्य नगरी एक्कासी सेवा बन्द गर्दा सेवाग्राहीहरुमा धेरै असुविधा पुगेको बताए ।उनले भने,‘यो आन्दोलनले सेवाग्राहीहरु सबैलाई असर गरेको छ । दाँत लगाउन भनेर आएको बन्द रहेछ । डाक्टरहरु आफ्नो दायित्व र जिम्मेवारीबाट पन्छिन् हुँदैन् । अत्ति आवश्यक क्षेत्र यसरी बन्द नै गर्नेभन्दा पनि चेतावनी दिएर धैर्य गरेर मात्र सेवा सुविधाहरु बन्द गर्नु पर्छ । तर एक्कासी यसरी बन्द गर्दा धेरै असुविधा भएको छ ।’

त्यस्तै उनले यसरी सरकारले डाक्टरहरु सँग छलफल गरेर टुङ्गो लगाउन नसक्दा सारा आम जनता मारमा परेको उनको गुनासो छ ।काठमाडौं उपत्यका बाहिरबाट खर्च जुटाएर उपचारका लागि आएका बिरामी समेत बिना उपचार फर्कनु पर्ने अवस्था दु:खद रहेको उनी बताउँछन् ।

‘सरकार समयमा नै कुनै मुद्दाको सम्बोधन गर्न चाहँदैन् । अस्पताल अस्त-व्यस्त भए पछि हामीलाई अप्ठ्यारो भएको छ । धेरैजना आएर फर्किरहेका छन् ।  देशभरी नै बन्द छ भनेको अस्पतालमा पुगेपछि थाहा पाएको हुँ । साधारण मान्छेहरुलाई त मर्कामा पारेको छ नि । यसरी बन्द गरेर समाधान हुन्छ र, काठमाडौंमा उपत्यका बाहिरबाट पनि आएका छन् । खर्च यत्तिकै छ, ’ उनले भने,‘स्वास्थ्य जस्तो अत्ति आवश्यक र संवेदनशिल ओपीडी सेवा नै बन्द गरेर बस्नु परेको स्थिति किन बनाएका हुन् । सरकार नै जावाफदेही हुनु पर्छ ।’

उनले सरकार प्रति असन्तुष्टि पोख्दै भने,‘यसको जिम्मेवार त सरकार हो । यो विषयमा वार्ता हुनु पर्थयो , छलफल हुनु पर्थयो । ओपीडी सेवा बन्द भएको छ, अब भोलि अस्पताल नै बन्द गरेर डाक्टरहरु बस्ने खालको स्थिति आउनु हुँदैन् । सरकार यसमा गैरजिम्मेवार नै भएको देखिन्छ । जनता प्रति सरकार उत्तरदायी बन्न नसक्दा स्वास्थ्य लगायत सबै क्षेत्रहरु अस्तव्यस्त भइरहेको छ ।’ 

त्यस्तै अर्की बिरामी इश्वरा बस्यालले पनि रिपोर्ट देखाउनको लागि अस्पतालमा पुगे पछि मात्र आफूले ओपीडी बन्द भएको जानकारी पाएको बताइन् ।शारीरिक अवस्था कठिन हुँदा पनि अस्पताल आएका बिरामीहरु उपचार नै नपाएर फर्किएको सुनाउँदै उनले सरकारले जहिले पनि जनताहरु लाई दु:ख दिने काम गरेको दुखेसो पोखिन् ।

उनले भनिन्,‘रिपोर्ट देखाउनका लागि आएको थिए, बन्द रहेछ । साधारण जनताको लागि समस्या नै यही न हो नि दु:ख पाउने । माग गरेको त डाक्टरले होला पूरा नगर्ने गैर जिम्मेवार त सरकार नै हो । नेपालको सिस्टम नै यस्तै छ । जिम्मेवार नै छैन् ।’

केही साता यता उपभोक्ता अदालतले उपचारमा लापरवाही गरेको मुद्दामा बिरामीका आफन्तको पक्षमा फैसला गरेको थियो ।

उपभोक्ता अदालतले ओम अस्पतालले ५० लाख ७० हजार, हिमाल अस्पताल र उपचारमा संलगन चिकित्सकले १ करोड ४५ लाख रुपैयाँ र ग्राण्डी सिटी अस्पताल र त्यहाँ उपचारमा कार्यरत चिकित्सकले ५७ लाख रुपैयाँ क्षतिपूर्ति बिरामी पक्षका परिवारलाई तिर्नु पर्ने फैसला गरेको थियो । त्यस बाट मेडिकल काउन्सिलको क्षेत्राधिकार माथि हस्तक्षेप भएको भन्दै नेपाल चिकित्सक संघ आन्दोलनमा छ ।

यस अघि देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू लाई असार १७ गते देखि कालोपट्टी बाँधेर सेवा दिन आह्वान गरेको संघले आज आकस्मिक बाहेकका सेवा नै ठप्प पारेको हो ।

निवेदकले लापरवाही भन्दै हालेको मुद्दामा न्यायाधीशले पनि ’लापरवाही’ भन्ने बित्तिकै लापरबाही प्रमाणित हुने हो र ? भन्ने प्रश्न डाक्टरहरुको छ ।सम्बन्धित विज्ञ सँग छलफल गरेर, उपचार क्रममा हुन सक्ने, रोकिन नसक्ने, अवाञ्छित घटना पनि पो हुन् कि भन्ने तर्फ अनुसन्धान नगरी फैसला हुनु अस्पताल प्रति अन्यापूर्ण रहेको चिकित्सक हरुको ठहर छ ।

गम्भीर प्रकृतिका बिरामीको उपचारमा उनीहरू पछि हट्ने सम्भावना देखएको यो स्थिति लम्ब्याउनु कसैका लागि पनि हितमा देखिदैन् ।चाँडो छलफल गरेर र स्वास्थ्य सेवाको संवेदनशीलता मनन गरेर यस विषयलाई सल्ट्याउन सम्बन्धीत निकायहरु लाग्नु पर्छ ।

  • 9shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अन्तर्वार्ता / विचार

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३
अन्तर्वार्ता / विचार

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२
अन्तर्वार्ता / विचार

कोशीले पायो प्रधानमन्त्री, वाग्मतीबाट मात्रै पाँच मन्त्री

चैत्र १३, २०८२
अन्तर्वार्ता / विचार

बैकल्पिक शक्तिको रूपमा उदाएको रास्वपा सबैभन्दा ठूलो दल

फाल्गुन २६, २०८२
अन्तर्वार्ता / विचार

र्‍यापरबाट उदाएका बालेन शाह पुराना दिग्गजहरू माथि भारी

फाल्गुन १३, २०८२
अन्तर्वार्ता / विचार

‘नयाँ पुस्ताले श्रीस्वस्थानी कथा सुन्ने मात्र नभइ अर्थ खोज्न थालेका छन’

माघ १८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend