Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

जनकपुरधाममा ससुराको हत्या गर्ने ज्वाइँ पक्राउ

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार २५, २०८२
In अपराध
0

२५ असार,धनुषा।जनकपुरधाममा आफ्नै ससुराको छुरा प्रहार गरी हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ परेका छन्।

जनकपुरधाम उपमहानगरपालिका–१५, रामपुरका ७५ वर्षीय बासुदेव प्रसाद विमल (साह)को बुधबार बिहान आफ्नै घरमा छुरा प्रहार गरी हत्या गरिएको थियो। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा मृतकका ज्वाइँ, वडा नं. २१ कुर्थाका ५५ वर्षीय बेचन महासेठलाई पक्राउ गरेको छ।

धनुषा जिल्ला प्रहरी कार्यालयका अनुसार पारिवारिक विवादका कारण महासेठले विमलको पेट र शरीरका अन्य भागमा ४–५ पटक छुरा प्रहार गरेका थिए। घटनापछि फरार रहेका महासेठलाई मंगलबार जनकनन्दनी गाउँपालिका–४ स्थित खजुरी रेल्वे स्टेशनबाट पक्राउ गरिएको हो। घटनामा प्रयोग भएको छुरा समेत प्रहरीले बरामद गरेको जनाएको छ।

प्रहरीले बुधबार पत्रकार सम्मेलनमार्फत अभियुक्त महासेठलाई सार्वजनिक गरेको हो। मृतक विमल जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहका काका हुन्।

घटनाको विषयमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। स्थानीयवासी र सुरक्षाकर्मीहरू घटनास्थलमा तत्कालै पुगेका थिए भने प्रारम्भिक अनुसन्धानमा यो घरायसी विवादका कारण घटेको देखिएको प्रहरीले जनाएको छ।

  • 4shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अपराध

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२
अपराध

धनुषामा फार्मेसी सञ्चालक सहित लागू औषध बरामद, ४ जना पक्राउ

चैत्र १८, २०८२
अपराध

सर्लाहीमा एक युवकलाई नाङ्गै बनाएर निर्घात कुटपिट : एक जना पक्राउ, अन्यको खोजी जारी

चैत्र ३, २०८२
अपराध

२४ घण्टा भित्रै खुल्यो हत्याको रहस्य: धनुषामा प्रेमका कारण युवकको विभत्स हत्या

फाल्गुन १६, २०८२
अपराध

धनुषामा घाँटी काटिएको अवस्थामा पुरुषको शव फेला

फाल्गुन १४, २०८२
अपराध

सिरहामा खेत जोतिरहेका किसानको गोली हानी हत्या

माघ १६, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend