Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

माग पूरा नभए खोटाङका मेयर भट्टराईले भोक हडताल गर्ने

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
साउन ६, २०८२
In अन्तर्वार्ता / विचार
0

(रस्मिता गिरी)६ साउन।काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराई यतिबेला काठमाडौंमा छन् । जिल्लामा उत्पादित बाँसको प्रवर्धनमा संघीय सरकारले कानुनी र नीतिगत अड्चनमा संशोधन नगरिदिएको भन्दै सत्याग्रहका लागि काठमाडौं आएका हुन् ।

स्थानीयलाई रोजगारी दिने, वैदेशिक रोजगारीमा जाने संख्यालाई घटाउनुका साथै स्थानीय स्रोत र सामग्री प्रयोग गरी जैविक विविधता र संस्कृतिको संरक्षण गर्दै स्थानीयवासीलाई रोजगारी सँग जोड्ने प्रयासलाई संघ र प्रदेशले असहयोग गरेको उनको गुनासो छ ।

नयाँ सोच र अवधारणाका साथ प्रमुखले आफ्नो कार्यकक्षमा बाँसैबाँसका फर्निचर र सामग्री प्रयोग गर्दै बाँसको प्रवर्धनमा संघीय सरकारसँग पटक पटक अनुरोध गर्दापनि सुनुवाइ नगरेपछि सत्याग्रह देखि भोक हडताल सम्मका कार्यक्रम लिएर उनी काठमाडौं आएका हुन् ।

जलवायु परिवर्तनको असरलाई न्यूनिकरण गर्न प्लाष्टिकजन्य सामग्रीको विकल्प खोज्दै प्रयोग कम गर्ने काम गरिरहेको र त्यसका लागि नगरपालिकामा  प्रशस्त रुपमा पाइने वनस्पति बाँस विकल्पको रुपमा उपयोग हुनसक्ने नगरको योजनामा संघ र प्रदेश सरकारले वेवास्ता गरेको उनको बुझाइ छ ।

संवाददाता संगको कुराकानीमा ५२ वटा देशले बनाएका चित्रहरु सुरक्षित राखेको बताएका भट्टराईले आफूहरुले पहिलो पटक बाँस सम्मेलन गरेर यसको प्रवर्धनमा काम गरिरहेको सुनाए ।

उनले सत्याग्रहको आवश्यकता भनेको जलवायु परिर्वतनका असरलाई न्यूनीकरणका लागि प्यास्टिकजन्य सामान कम प्रयोग गर्ने र बाँसका सामग्री प्रयोग गर्न प्रोत्साहित गर्ने रहेको बताए । तर बाँस प्रवर्धनमा प्रशस्त कानुनी र नीतिगत समस्याहरु रहेकाले त्यसको सम्बोधन गर्नका लागि दबाब दिन आफू भोक हडतालको कार्यक्रम लिएर काठमाडौं आएको बताए ।

उनले बारम्बार सूचना दिँदा पनि सरकारको तर्फ बाट सुनुवाई नभएको हुँदा सत्याग्रहमा जान बाध्य भएको बताए ।

‘सत्याग्रह नै गर्नुपर्ने आवश्यक के हो भने गत साउनमा विभिन्न मन्त्रालयहरुमा बाँसको महत्वका साथै जलवायु परिवर्तनबाट पर्ने असरहरुबाट सम्बोधन गर्न माग गरेका थियौं। सामान्य सूचना दिए मात्र पनि काम गर्न सजिलो हुन्छ पैसा नलिनु होला भनेर भनेका थियौँ । म आफू मेयर भएर पनि साँढे पाँच लाख सम्मका सोफा वा घुम्ने कुर्सी घटाएर बाँसबाट बनेका फर्निचरमा बसेको हुन्छु । किनकी वातावरण पर्यावरणीय बनाउनु पर्छ । साउन १० गते बाट प्यास्टिकजन्य सामान लैजान प्रतिबन्ध लगाएका छौं । भावनामा बहेर भन्दा पनि जलवायु परिर्वतनका असरलाई न्यूनीकरण गर्न प्यास्टिकजन्य सामान कम गर्न सकेनौँ भने भोलिको दिनमा हामीलाई नै यसले सिध्याउँछ भन्ने सोचले नै कसैले यसका विरुद्ध आवाज उठाउनु पर्छ भनेर दुई महिना अघि प्रधानमन्त्रीलाई सात बुँदे माग सहित असार मसान्त भित्र माग पूरा गरिदिनु होला भनेका थियौं । माग पूरा नभए जुनसुकै समयमा पनि सत्याग्रहमा जान सक्छौं । सूचना दिँदा पनि नभए पछि हामी सत्याग्रहमा जान तयार भएका हौं । सबै दललाई एक हप्ताको समय दिएका थियौं । त्यति गर्दा पनि सरकारले नसुन्ने भएपछि बाध्य भएका हौँ ।’

त्यसै गरी उनले आफ्ना मागहरु सुनुवाइ नभए भोक हड्ताल गर्ने चेतावनी दिएका छन् । ‘सुरुवाती आन्दोलन गर्दापनि  सुनुवाई भएन भने घरैबाट अन्तिम संस्कारका सामान लिएर आएको छु । सरकार आफैं आएर अन्तिम संस्कार गरि दिए हुन्छ । तर आफ्नो अडानबाट पछि हट्दिन,’ उनले भने ।

‘यता काठमाडौं आउने बेला सातवटा बाँस लिएर आएको छु । आउनु भन्दा अघि सातवटा वृक्षारोपण गरेर आएको छु । चित्रा, नांग्लो, पराल, गुन्द्री, राडी  लिएर आएको छु,’उनले अगाडि भने,‘तीन दिन सम्म भोक हड्ताल बस्छु । यदी तीन दिन भित्रपनि नागरिकको आवाज सरकारले सुनेन भने म अनिश्चितकालिन आमरण अनसनमा बस्छु । त्यति गर्दा पनि सुनुवाइ भएन भने देहत्याग गरि दिन्छु । सरकारले आएर अन्तिम संस्कार गरि दियोस् । तर म आफ्नो अडानबाट पछि हट्दिन । यसमा मेरो कुनै स्वार्थ छैन् । यो सिंगो राष्ट्रका लागि हो,’ उनले भने ।

संवाददाता संगको सँगको कुराकानीमा भट्टराईले उकुसमुकुस भएकैले विद्रोही हुनु परेको बताए ।‘विदेशका सामानलाई बढी प्रयोग गर्ने र देशका सामान खेर जान दिने हो भने स्वरोजगार भइँदैन् । युवा शक्ति सबै बाहिर जाने भएछि देशको पैसा पनि सबै बाहिर नै जान्छ । आफ्नै साधनको प्रयोग गर्नु पर्छ । बाँस ५० बर्ष सम्म पनि केही नहुने हुँदा यसको प्रयोग बढी गर्नुपर्छ,’ उनले भने ।

‘५० प्रतिशत बाँसको प्रयोग गर्न चाहन्छौं । केही स्थानमा विद्यालयका भवन र कक्षा कोठा थप्नु पर्ने छ । त्यसमा बाँसको प्रयोग गर्ने हो भने थोरै लागतमा धेरै काम गर्न सकिन्छ । चारपाँच लाखमा हुने काममा २५ लाख खर्च गर्न पर्ने देखिएको छ । बाँस ५० बर्षसम्म टिक्छ भने गाँउ गाँउमा खेर गइरहेको चिजमा चाहीं किन सरकारले ध्यान नदिने,’ भट्टराईले भने ।

त्यस्तै उनले हरेक धर्म र संस्कृतिमा बाँसको महत्व रहेको उल्लेख गरे । उनले अन्य रुख बिरुवा भन्दा ३८ प्रतिशत कार्वन बाँसले दिने भन्दै प्रकृतिक विपत्ति आउन समेत रोक्ने उनले दाबी गरे । भारत र चीनले बाँसको प्रयोग गरेर अर्बौं रकम कमाइरहेको उल्लेख गरे ।

  • 21shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अन्तर्वार्ता / विचार

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३
अन्तर्वार्ता / विचार

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२
अन्तर्वार्ता / विचार

कोशीले पायो प्रधानमन्त्री, वाग्मतीबाट मात्रै पाँच मन्त्री

चैत्र १३, २०८२
अन्तर्वार्ता / विचार

बैकल्पिक शक्तिको रूपमा उदाएको रास्वपा सबैभन्दा ठूलो दल

फाल्गुन २६, २०८२
अन्तर्वार्ता / विचार

र्‍यापरबाट उदाएका बालेन शाह पुराना दिग्गजहरू माथि भारी

फाल्गुन १३, २०८२
अन्तर्वार्ता / विचार

‘नयाँ पुस्ताले श्रीस्वस्थानी कथा सुन्ने मात्र नभइ अर्थ खोज्न थालेका छन’

माघ १८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend