८ साउन,(एजेन्सी) । थाइल्यान्ड र कम्बोडिया बीच सीमा क्षेत्रमा सैन्य झडप भए पछि स्थिति तनावपूर्ण बनेको छ । झडपमा ११ थाई नागरिक र एक सैन्य कर्मचारीको मृत्यु भएको थाई स्वास्थ्यमन्त्रीले जनाएका छन् ।
झडपमा एक सैनिक र ११ जना सर्वसाधारणको ज्यान गएको हो । थाइल्यान्डले आफ्ना सबै नागरिकलाई कम्बोडिया छाड्न भनेको छ । जसका कारण कम्बोडिया सँगको सम्पूर्ण सीमा बन्द गरिएको छ ।
यता, कम्बोडियाले भने थाइल्यान्डमाथि ‘अत्यधिक बल’ प्रयोग गरेको आरोप लगाउँदै बैंकक सँगको सम्बन्धलाई कमजोर बनाएको जनाएको छ ।
कम्बोडियाले थाई गाउँमा रकेट प्रहार गरेको र एक अस्पताल माथि आक्रमण गरेको आरोप लागेको छ । त्यस्तै थाइल्यान्डले कम्बोडियाली सैनिक क्षेत्र लाई निशाना बनाएर हवाई हमला गरेको जनाएको छ । (सीसीटीभीप्लस)
आफ्नो प्रतिकृया दिनुहोस्