Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

बाटोमै बच्चा जन्माएकी बाजुराकी पवित्रा लोहारको कथा

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
साउन ९, २०८२
In अन्तर्वार्ता / विचार
0

(सन्तोषी रावल),९ साउन,बाजुरा । आर्थिक अभावले श्रीमान् साथमा छैनन् । गाडी चढ्न पैसा छैन अनि समाजले हेर्ने दृष्टिकोणले गर्दा सरसहयोग माग्न पनि लाज लाग्छ । त्यही लाज र डरले बाजुराकी पवित्रा लोहारले सुत्केरी व्यथाले च्यापिँदा समेत स्वास्थ्य चौकी पुग्न सकिनन् र आफ्नै बलमा, बाटोमै अर्थात खुला आकाश मुनि सन्तान जन्माइन् ।

कथा केवल पवित्राको मात्र होइन, सुदूरपश्चिमका ती आमाहरूको हो, जसले बाँच्न र सन्तान जन्माउन हरेक चोटि जीवन सँग संघर्ष गर्नु पर्छ । ज्यान जोखिममा राख्नु पर्छ । यस्ता कथाहरूले सबैलाई भावुक बनाउँछ । आँसु थाम्न गाह्रो बनाउँछ ।

बाजुराको बुढीगंगा नगरपालिका–७ की २२ वर्षीया पवित्रा लोहार स्वास्थ्य चौकी पुग्न नपाउँदै बाटोमै आफ्नो तेस्रो सन्तानलाई जन्म दिएको यही घट्नाले समाज प्रति प्रश्न उब्जाएको छ । माइतीघर कोटवाडा बाट सुत्केरी सेवा लिन स्वास्थ्य चौकी तर्फ हिँडिएकी पवित्राले घरबाट निस्किएको केही मिनेटमै ब्यथाले च्यापे पछि बाटोमै बच्चा जन्माउनु परेको हो ।

पवित्राको माइतीघर नजिकै रहेको स्वास्थ्य चौकी सम्मको दूरी अधिकतम आधा घण्टा पैदल हिँड्नु पर्ने हो । तर राति देखि पेट दुखिरहेको भए पनि लाज र संकोचका कारण उनले कसैलाई केही जानकारी नदिइ बिहान ९:३० बजे एक्लै चौकी तर्फ लागेकी थिइन् । उनले आफ्नै आमा समक्ष पनि ब्यथा लागेको कुरा भन्न सकेकी थिइनन् ।

स्वास्थ्य चौकीमा खबर पुग्ना साथ अनमी मंगला कुमारी बोहराको नेतृत्वमा गएको स्वास्थ्य टोलीले बाटोमै सुरक्षित तरिकाले सुत्केरी गराएर आमा र बच्चालाई सकुशल उद्दार गरेको छ । स्वास्थ्य संस्थामा लगिएको केही समयमै सुत्केरी लाई आवश्यक सेवा दिइएको अनमी बोहराले जानकारी दिइन् ।

विवाह भएको पाँच वर्षमै तेस्रो सन्तान जन्माएकी पवित्रा अहिले २२ वर्षकी मात्र छिन । श्रीमान भारतमा मजदुरी पेशामा रहेकाले गर्भकाल देखि सुत्केरी सम्मको सम्पूर्ण जिम्मेवारी उनले आफैंले निर्वाह गर्नु परिरहेको छ । सासु–ससुरा अलग बस्ने, आफन्त कोही नहुने र आर्थिक हैसियत कमजोर भएका कारण उनले एम्बुलेन्स समेत बोलाउन सकिनन् ।

पवित्राको घटना बाजुरा जस्ता दुर्गम क्षेत्रका महिला र आमा बन्न लागेकाहरूको प्रतिनिधि पीडा हो । सुदूरपश्चिमका धेरै बस्तीहरूमा अझै स्वास्थ्य सेवा सजिलै उपलब्ध छैन । पायक पर्ने स्वास्थ्य संस्था टाढा हुनु, सडक नहुनु, परिवहन सेवा नपुग्नु र सामाजिक संकोच जस्ता कारणले महिला ब्यथा च्यापिए पछि मात्रै उपचारका लागि पुग्ने गर्दछन् ।

स्वास्थ्यकर्मीका अनुसार पवित्राको अवस्था गम्भीर हुन सक्ने थियो, तर समयमै खबर पाएको र टोली गएर उद्दार गरेकाले आमा र बच्चा दुवैको ज्यान बचेको हो । पवित्रा नियमित जाँचमा जाँदै आएकी थिइन् र साउन २० गते डाक्टरले प्रसूति मिति दिएको भए पनि समयभन्दा पहिले बच्चा जन्मिएको हो ।

बुढीगंगा नगरपालिका उपप्रमुख माया कुँवरका अनुसार पालिकाले सुरक्षित प्रसूति गृह निर्माण मार्फत सबै वडामा स्वास्थ्य सेवा पुर्याउने प्रयास गरेपनि व्यवहारिक रूपमा परिवार र समुदायको बेवास्ता अझै ज्यूँ का त्यूँ छ । उनका अनुसार स्वास्थ्य संरचना मात्रै भएर पुग्दैन, परिवारको तयारी, माया र सहयोग नभए सम्म आमा र नवजात शिशुको सुरक्षामा ग्यारेन्टी हुँदैन ।

स्वास्थ्यकर्मी मंगला कुमारी बोहराले भनिन्,‘यहाँ अधिकांश गर्भवती महिलाहरू एक्लै अस्पताल आउँछन् । श्रीमानहरू विदेशमा छन्, परिवार बेवास्ता गर्छन । ब्यथा लागिसके पछि मात्रै खबर गर्छन्, जुन निकै जोखिमपूर्ण हुन्छ ।’

पवित्राको कथा एउटा उदाहरण मात्र हो, तर समस्या सामूहिक र परम्परागत छ । यस्तो समस्याको समाधानका लागि संरचना मात्रै होइन, चेतना, सहानुभूति र जिम्मेवारी आवश्यक छ ।

  • 15shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अन्तर्वार्ता / विचार

छोरा जन्माउने सोच नै छोरीको संख्या घट्नुको मुख्य कारण: एक व्यावहारिक र गम्भीर विश्लेषण

अशोज २२, २०८३
अन्तर्वार्ता / विचार

बाढीमा मधेशका जनता, मधेशवादी नेतामाथि प्रश्न: संकटमा नेतृत्व कहाँ ?

भदौ २३, २०८३
अन्तर्वार्ता / विचार

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३
अन्तर्वार्ता / विचार

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२
अन्तर्वार्ता / विचार

कोशीले पायो प्रधानमन्त्री, वाग्मतीबाट मात्रै पाँच मन्त्री

चैत्र १३, २०८२
अन्तर्वार्ता / विचार

बैकल्पिक शक्तिको रूपमा उदाएको रास्वपा सबैभन्दा ठूलो दल

फाल्गुन २६, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका साप्ताहिक उपलब्धि सार्वजनिक

अशोज २३, २०८३

नागरिक उड्डयन क्षेत्रको सुधारका लागि दुई विधेयक प्रतिनिधि सभामा दर्ता

अशोज २३, २०८३

छोरा जन्माउने सोच नै छोरीको संख्या घट्नुको मुख्य कारण: एक व्यावहारिक र गम्भीर विश्लेषण

अशोज २२, २०८३

भारतीय सिनेमाका दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

अशोज २२, २०८३

भोटेकोशी बाढी प्रभावित परिवारका लागि ‘समुन्नति कार्यक्रम’, मन्त्रालय र रेडक्रसबीच समझदारी

अशोज २०, २०८३

स्वास्थ्य मन्त्रीको राजीनामा माग्दै जनकपुरमा युवाहरूको राँके जुलुस, माग सम्बोधन नभए कडा आन्दोलनको चेतावनी

अशोज १९, २०८३

छोरा जन्माउने सोच नै छोरीको संख्या घट्नुको मुख्य कारण: एक व्यावहारिक र गम्भीर विश्लेषण

अशोज १९, २०८३

सर्वोच्चको आदेशपछि जनकपुरका अस्पताल माथि प्रश्न ? “अस्पतालसँग अनुमति छ कि छैन?”

अशोज १७, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend