Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

नागपञ्चमी: संस्कृति, श्रद्धा र प्रकृति संरक्षणको सन्देश

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
साउन १३, २०८२
In अन्तर्वार्ता / विचार
0

( सबिता नयाँजू ), १३ साउन,काठमाडौं । नेपाल जस्तो कृषि प्रधान देशमा नागपञ्चमीको महत्व केवल धार्मिक परम्परा सँग मात्र सिमित छैन, यस पर्वले प्रकृति, पर्यावरण र जीव–जन्तुहरू प्रतिको सह-अस्तित्वको बोध पनि गराउँछ।


प्रत्येक वर्ष साउन शुक्लपञ्चमीका दिन मनाइने यो पर्व सर्पहरू, विशेष गरी ‘नाग’हरू प्रति श्रद्धा प्रकट गर्ने परम्पराको प्रतीक हो। हिन्दू धर्म अनुसार, सर्प लाई देवता सरह मानिन्छ, र नागपञ्चमीको दिन उनीहरूको पूजा गरी सृष्टिमा व्याप्त अदृश्य सन्तुलन प्रति सम्मान व्यक्त गरिन्छ।


यसै सन्दर्भमा पण्डित/ भागवत वाचक वरदान थपलियाले हिन्दू धर्मग्रन्थ हरूमा सर्प लाई शक्तिशाली, संरक्षणकारी तथा सहकारी जीवका रूपमा चित्रण गरिएको बताए। उनका अनुसार विशेष गरी ‘शेषनाग’लाई भगवान विष्णुको शैयाको रूपमा र ‘वासुकी’ नागलाई समुद्रमन्थनका बेलामा वासुको रूपमा चित्रण गरिएको छ।


यस्तै ‘अनन्त’, ‘पद्म’, ‘महापद्म’, ‘तक्षक’, ‘कर्कोटक’, ‘शंख’ र ‘कुलिक’ आठ वटा प्रमुख नागहरूको पूजा नागपञ्चमीमा गरिन्छ। यी आठ नागहरू लाई अष्टनाग भनिन्छ।नागहरू लाई वर्षा, उत्पादनशीलता, सहकाल र समृद्धिको प्रतीक मानिन्छ। वर्षा ऋतुको मध्यमा मनाइने नागपञ्चमीले यीनै प्रतीकहरूको संरक्षण र स्मरण गराउँछ।


चट्याङ, सर्पदंश, रोग र दुर्भाग्य बाट बच्नका लागि नागको पूजा गरिन्छ भन्ने जनविश्वास पनि रहेको थपलियाको भनाई छ ।थपलियाले सर्पहरू, विशेष गरी नागहरू केवल धार्मिक कारणले मात्र होइन, पारिस्थितिक सन्तुलन कायम राख्न पनि अत्यन्तै महत्वपूर्ण हुने भन्दै कृषि प्रणालीमा बाँदर, मुसा, झिंगा, भ्यागुता जस्ता जीवहरूको नियन्त्रणमा सर्पहरू को भूमिका रहने बताए ।


सर्पहरू मुसा, भ्यागुता, किरा फट्याङग्रा खाएर बालीहरूलाई नोक्सान गर्न नदिने महत्त्वपूर्ण जीव पनि हुन् ।यसरी हेर्दा सर्पहरूले पारिस्थितिक प्रणालीमा प्राकृतिक सन्तुलन कायम राख्न योगदान दिन्छन्, जसको प्रत्यक्ष फाइदा किसानलाई र अन्तत: समग्र समाजलाई पुग्छ। यो बुझाइ पनि नागपञ्चमी मनाउनुको एउटा वैज्ञानिक कारण हो।


उनका अनुसार नागपञ्चमीको दिन बिहानै घरको ढोकामा, भित्तामा वा कागजमा नागको चित्र कोर्ने वा टाँस्ने चलन छ,कतिपय स्थानहरूमा माटोले नाग बनाइन्छ, त्यस पछि नागको पूजाका लागि लाजा (धानको फूल), दुबो, अक्षता (चामलमा घिउ र सिंदूर मिलाएर बनाइएको), चन्दन, श्रीखण्ड, दुध, दही र मह अर्पण गरिन्छ।


धेरै ठाँउमा दुध सिधै नागलाई नचढाई चामल पिसेर बनेको पिठो अर्पण गरिन्छ। नागलाई दुध चढाउनु पूजा मात्र नभई, नागको प्रिय वस्तु दिनु पनि हो । त्यसैले पूजा गर्ने बेलामा नागको भाव बुझ्ने प्रयास पनि गरिन्छ।उनले नागपञ्चमीको विशेष पक्ष मध्ये एउटा नागको असर हाम्रो जीवनमा कसरी पर्छ भन्ने कुरा पनि रहेको पनिउल्लेख गरेका छन् ।


हिन्दू ज्योतिषशास्त्रमा ‘कालसर्प योग’ भन्ने एउटा योग वर्णन गरिएको छ, जस अनुसार जन्मकुण्डलीमा सबै ग्रहहरू राहु र केतुको बीचमा पर्दा जीवनमा समस्याहरू आउन सक्ने विश्वास गरिन्छ। यस्तो योग भएका मानिसहरू लाई नागपञ्चमीको दिन विशेष पूजापाठ गराउँदा शान्ति मिल्ने विश्वास गरिन्छ।


यस सन्दर्भ सँगै जोडेर थपलियाले नागपञ्चमी सँग सम्बन्धित अर्को लोकप्रिय र रहस्यमयी विषय भनेको नागमणि भएको बताए ।उनका अनुसार यो मणि विशेष प्रकारको रहस्यमयी र दिव्य वस्तु हो भन्ने मान्यता पाइन्छ,जनविश्वास अनुसार यो मणि नागको शिरमा हुन्छ र यसले अन्धकारमा उज्यालो दिन्छ, विष हटाउँछ, धन–सम्पत्ति ल्याउँछ र जीवनमा अद्भुत परिवर्तन ल्याउँछ।तर शास्त्रीय दृष्टिले हेर्दा नागमणि दुर्लभ वस्तु हो जसको प्रमाणित स्वरूप पाइँदैन।


नागपञ्चमीले आजको सन्दर्भमा मानव–प्रकृति सम्बन्ध, जैविक विविधता र सह-अस्तित्वको शिक्षा दिन्छ। सर्पको पूजा गर्नु भनेको केवल धार्मिक कर्तव्य होइन, पर्यावरणीय चेतनाको अभ्यास पनि हो।
आजको समय जहाँ जैविक विविधता संकटमा छ, त्यहाँ यस्ता परम्परागत पर्वहरूले हामीलाई प्रकृति र जीव–जन्तु प्रति जिम्मेवार बनाउँछन्।

विद्यालय, मन्दिर, गुठीहरूमा नागपञ्चमीको महत्व, पूजाविधि, पारिस्थितिक भूमिका र मिथकीय पक्षका बारेमा जानकारीमूलक कार्यक्रम गरिनु पर्छ। यसले भावी पुस्तालाई संस्कृति र प्रकृति दुवैको संरक्षणमा प्रेरित गर्छ।नागपञ्चमी केवल सर्प पूजा गर्ने दिन मात्र होइन, यो पर्वले हाम्रो जीवन, संस्कृति, पर्यावरण र आध्यात्मिक चेतनासँग गहिरो सम्बन्ध राख्दछ।

नागपञ्चमीले हामीलाई प्रकृति प्रतिको सम्मान, जीव–जन्तुको संरक्षण र पारिस्थितिक सन्तुलन प्रति सजग बनाउँछ। नागपञ्चमीले सन्देश दिन्छ कि सर्प केवल डरलाग्दो प्राणी होइन, एक पूज्य, शक्तिशाली र सन्तुलन रक्षीजीव हो।


नागमणिको रहस्य, कालसर्प योगको ज्योतिषीय प्रभाव, अष्टनागको पूजा पद्धति र सर्पको जैविक महत्वयी सबै पक्षहरूको समन्वयमा नागपञ्चमीलाई बहुआयामिक पर्वका रूपमा बुझ्न सकिन्छ। त्यसैले यस्तो पर्वको अध्ययन, प्रचार–प्रसार र संरक्षण अत्यन्तै आवश्यक छ।

वरदान थपलिया
पण्डित/ भागवतवाचक

  • 36shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अन्तर्वार्ता / विचार

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३
अन्तर्वार्ता / विचार

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२
अन्तर्वार्ता / विचार

कोशीले पायो प्रधानमन्त्री, वाग्मतीबाट मात्रै पाँच मन्त्री

चैत्र १३, २०८२
अन्तर्वार्ता / विचार

बैकल्पिक शक्तिको रूपमा उदाएको रास्वपा सबैभन्दा ठूलो दल

फाल्गुन २६, २०८२
अन्तर्वार्ता / विचार

र्‍यापरबाट उदाएका बालेन शाह पुराना दिग्गजहरू माथि भारी

फाल्गुन १३, २०८२
अन्तर्वार्ता / विचार

‘नयाँ पुस्ताले श्रीस्वस्थानी कथा सुन्ने मात्र नभइ अर्थ खोज्न थालेका छन’

माघ १८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend