काठमाडौं । पछिल्लो समय राष्ट्रिय समाचार समिति (रासस) को समाचार सेवा थप प्रभावकारी र सहज बन्दै गएको सञ्चार क्षेत्रका विज्ञहरूले बताएका छन् ।
नेपाल पत्रकारिता विकास समाजले आयोजना गरेको ‘नेपालमा समाचार समिति पत्रकारिता वर्तमान अवस्था र कानुनी व्यवस्था’ विषयक नीति संवाद कार्यक्रमका वक्ताहरूले अहिलेका अधिकांश सञ्चारमाध्यलाई राससले नै थामिरहेको बताएका छन् ।

सोही क्रममा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले विगत वर्षमा राससको सरकार माथिको परनिर्भरता ९२ प्रतिशत रहेकामा यस वर्ष १२ प्रतिशत घटेर ८० प्रतिशतमा आएको बताए ।
उनले भने, ‘राज्यले सञ्चार माध्यम नचलाए पनि समाचार समिति चलाउनु पर्छ, राज्यका विषयलाई सार्वजनिक गर्ने माध्यमका रूपमा समाचार समितिलाई अघि बढाउनु पर्छ, समाचार समिति सञ्चालन गर्नु राज्यको दायित्व र कर्तव्य पनि हो ।’
यस्तै, उनले राससले १८ साल देखि हाल सम्मको सबै सामग्री सुरक्षित राखेको भन्दै यसलाई डिजिटल आरकाइभिङ् गर्ने प्रक्रिया पनि सुरु गरेको बताए ।उनले भने, ‘राससमा जानु भयो भने १८ सालदेखि आजको मिति सम्मको सबै सामग्री सुरक्षित राखिएको छ । आफूलाई चाहिएको सामग्री आधा घन्टा भित्र प्राप्त गर्न सक्नु हुन्छ । यस वर्षबाट यसलाई डिजिटल आरकाइभिङ् गर्ने प्रक्रिया सुरु गर्दै छौं । यो वर्षमा २०१८ देखि २५ सम्मको सबै सामाग्रीलाई आरकाइभिङ्मा लान्छौ । राससको ऐन राससको लागि मात्र हो ।’

राम्रो उद्देश्यका साथ मुलुकको पत्रकारिता विकासका लागि र आम व्यक्तिले बढि भन्दा बढि वस्तुगत तरिकाले सुसुचित हुन सकोस भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको उनले जानकारी समेत गराए ।साथै, त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख डा. कुन्दन अर्यालले पहिलेका पत्रकार सरकारी सञ्चार माध्यम छाडेर नीजिमा जाने गरेकामा अहिले नीजि सञ्चार माध्यम छाडेर सरकारीमा जाने क्रम बढेको बताए ।
कार्यक्रममा अन्जन कुमार श्रेष्ठ, प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक प्रकाश सिलवाल, खबरहब डटकमका सम्पादक अरुण बराल, डा सुधांशु दाहाल, बालकृष्ण अधिकारी, सन्तराम बिडारी, सविन धमला लगायतले समाचार समिति पत्रकारिताका बारेमा आफ्नो धारणा राखेका थिए ।



















आफ्नो प्रतिकृया दिनुहोस्