रौतहट। रौतहटको गौरमा चक्कु प्रहार गरी एक युवकको हत्या भएको छ। गौर नगरपालिका-५ स्थित गौरी शंकर यादव क्याम्पस नजिकै १८ वर्षीय युवकको शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार, बरहवा ताल पारिको झुलुङ्गे पुल नजिकै बुधबार दिउँसो करिब सवा ३ बजेको समयमा चक्कु प्रहार भएको हो। प्रहरीले घटनास्थल बाटै हत्यामा प्रयोग भएको चक्कु पनि बरामद गरेको छ।

मृतक यमुनामाई गाउँपालिका-५ का सहाबुद्दिन मिया रहेको उनका काका अब्दुल ओहिदले पहिचान गरेका छन्।प्रहरीले घटनामा संलग्न रहेको आरोपमा गौर नगरपालिका-३ का २० वर्षीय सनोज रामलाई पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानबाट उनीहरू दुवै जनाले बरहवा ताल पारी गएर लागु औषध गाँजा सेवन गरेको र त्यस पछि उनीहरू बीच चक्कु हानाहान भएको बुझिएको छ।
चक्कु प्रहार गर्ने सनोज रामको हातमा पनि चोट लागेको प्रहरीले जनाएको छ।पक्राउ परेका रामलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।



















आफ्नो प्रतिकृया दिनुहोस्