Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

नाडा अटो शो : उत्साहजनक उपस्थिति, भाग नलिने कम्पनीहरुले ठूलो अवसर गुमाए

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ ४, २०८२
In अन्तर्वार्ता / विचार
0

(प्रमिला कार्की),काठमाडौं । अटोमोबाइल व्यवसायीहरूको छाता संगठन अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को आयोजनामा सुरु भएको सवारीसाधन प्रदर्शनी मेला ‘नाडा अटो शो २०२५’ मा अवलोकनकर्ताको उत्साहजनक उपस्थिति रहेको छ ।

नाडा कार्यसमिति सदस्य मेघराज पौडेलले ‘नाडा अटो शो २०२५’ को पहिलो दिन हिजो मंगलबार नै अवलोकनकर्ताको उत्साहजनक उपस्थिति रहेको जानकारी दिए ।उनले प्रदर्शनको हिजो पहिलो दिनमा नै १९ हजार ७ सय एक जना अवलोकनकर्ताहरुको ऐतिहासिक उपस्थिति रहेको बताए ।

उनले भने, ‘पहिलो दिन नै एकदमै ऐतिहासिक सहभागिता पायौं । हिजो १९ हजार ७ सय एक जना अवलोकनकर्ताहरूले अवलोकन गर्नुभयो। उत्साहजनक सहभागिता छ । व्यापार, व्यवसाय प्रवर्धन राम्रो भएको छ ।’

त्यस्तै,उनले गाडीको बुकिङहरु पनि उत्साहजनक रुपमा आएको बताउँदै अवलोकनकर्ताहरु बाट उल्लेखनीय प्रतिक्रिया आएको बताए । शोमा सहभागिता नजनाउने कम्पनीहरुको ठूलो अवसरबाट बन्चित भएको उनको भनाइ छ  ।

‘पहिलो दिन उल्लेखनीय र उत्साहजनक प्रतिक्रिया पायौं । बुकिङहरू पनि उल्लेखनीय छन् । जो यहाँ सहभागी हुनु भयो उहाँहरुले राम्रो अवसर प्राप्त गर्नु भएको छ । अब कसैले लिनु भएन भने, उहाँले ठूलो अवसर मिस गर्नु भयो ।’

पौडेलका अनुसार शोको मुख्य आकर्षणको रुपमा फ्लाइङ ट्याक्सी, रोबोटिकहरु रहेका छन् । शोमा फ्लाइङ ट्याक्सीजस्ता नवीनतम प्रविधिहरुको प्रदर्शन गर्नु आउने पिढीको लागि मोबिलिटी सस्टेनेबल र सेफर मोबिलिटी हुनुपर्छ भन्ने सन्देश दिनु रहेको पनि उनी बताउँछन् ।

‘हाम्रो फ्लाइङ ट्याक्सी, रोबोटिक जस्ता नयाँ इनोभेसनहरू हामीले सेट गरेको छौँ। प्रेजेन्ट र फ्युचर मोबिलिटीलाई फ्युजन गरेका छौँ । मोबिलिटी र हाम्रो कल्चरलाई पनि फ्युजन गरेका छौँ। जसले आउने पिढीको लागि आउने मोबिलिटी सस्टेनेबल र सेफर मोबिलिटी हुनुपर्छ भनेर नाडा लागिरहेको छ,’ उनले भने ।

शोमा इभी गाडीहरुले पनि उत्साजनक उपस्थिति जनाएका छन्  । जुकी इभी बिवाईडी, डिपल ,अवतार, लगायत गाडिहरु प्रदर्शनमा राखिएको उनले जनाए । फ्लाइङ ट्याक्सीलाई नेपालमा उडाउने जस्ता विषयहरुमा नीति निर्माताहरूले पर्याप्त अध्ययन नगरेको भन्दै भविष्यमा आउने नवीनतम प्रविधिहरुको लागि पनि नीति निर्माण गर्न आवश्यक रहेको बताए । सुरक्षित यात्राको लागि पनि यसको नीति निर्माण आवश्यक रहेको बताउँदै उनले यसलाई वहसको विषय बनाउनु पर्नेमा जोड दिए ।

उनले भने,‘हामीले कल्पना गरेका थिएनौँ । कि दुई वर्ष अगाडि नेपालमा फ्लाइङ ट्याक्सी आउने नाडा अटो शोमा गर्छौं भनेर । किनभने यो नीतिगत कुराहरू हुन्छ । नीति निर्माताहरूले पनि यो विषयमा पर्याप्त अध्ययन नगरेको हुनसक्छ । भोलि आउला भनेर पोलिसी बन्दैनन् । यहाँ समस्या सहित समाधान निकाल्ने हो। हामीले यो फ्लाइङ ट्याक्सी भोलि नेपालको टे्न अनुसार रेस्क्युको लागि अनि सर्ट डिस्टेन्सको लागि यसलाई सुरक्षित यात्राको लागि प्रयोग गर्न सक्छौँ भने, यसको नीति निर्माणको लागि अब सुरु गर्ने हो। यस विषयमा पनि नीति निर्मातालाई  वहसमा ल्याउनु पर्यो, ताकि यसलाई सहज ढंगले यसको नीति निर्माण बनाउन सकौँ।’

मुख्य आकर्षकको रुपमा प्रदर्शनमा राखिएको उक्त फ्लाइङ कार चीन बाट धरौटीमा ल्याइएको हो । जुन शो सम्पन्न सँगै सम्बन्धित देशमा फिर्ता पठाइने छ ।‘अहिले हामीले यसलाई धरौटीमा लिएर आएको छौँ। यहाँ सक्के त्यस पछाडि फेरि सम्बन्धित देशमै पठाउँछौँ। यस बाट नयाँ सन्देश दिन चाहन्छौं ।’ उनका अनुसार अवलोकनको लागि दुई सय रुपैयाँ बराबरको टिकटको व्यवस्था गरिएको छ ।

यस पटकको शोमा दिपलको उड्ने ट्याक्सी, मानवीकृत रोबोट नै मुख्य आकर्षकको रुपमा राखिएको छ । अटो शोमा ३० भन्दा बढी सवारी साधनका ब्रान्ड राखिएका छन् । केही व्यवसायीले ‘नाडा अटो शो’ लक्षित गरेर नयाँ गाडी लन्च समेत गरेका छन् ।

सवारी साधन सँगै टायर, लुब्रिकेन्ट्स जस्ता सवारी साधनसँग सम्बन्धित अन्य स्टलहरु पनि राखिएका छन् । नाडा अटो शो भदौ ८ गते सम्म चल्ने छ ।

  • 27shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अन्तर्वार्ता / विचार

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३
अन्तर्वार्ता / विचार

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२
अन्तर्वार्ता / विचार

कोशीले पायो प्रधानमन्त्री, वाग्मतीबाट मात्रै पाँच मन्त्री

चैत्र १३, २०८२
अन्तर्वार्ता / विचार

बैकल्पिक शक्तिको रूपमा उदाएको रास्वपा सबैभन्दा ठूलो दल

फाल्गुन २६, २०८२
अन्तर्वार्ता / विचार

र्‍यापरबाट उदाएका बालेन शाह पुराना दिग्गजहरू माथि भारी

फाल्गुन १३, २०८२
अन्तर्वार्ता / विचार

‘नयाँ पुस्ताले श्रीस्वस्थानी कथा सुन्ने मात्र नभइ अर्थ खोज्न थालेका छन’

माघ १८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend