Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

आन्दोलनमा ‘अराजकता’ मच्चियो, चाँडै सरकार नबने ‘प्रतिक्रान्ति’ हुन्छ : लाओस राई

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ २६, २०८२
In अन्तर्वार्ता / विचार
0

२६ भदौ,काठमाडौं। लेखक एवम राजनीतिक विश्लेषक लाओस राईले जेनजी पुस्ताले गरेको आन्दोलनमा घुसपैठ हुँदा ‘अराजक’ र ‘आतंकवाद’ जस्तो रुप देखिएको विश्लेषण गरेका छन् ।हाल जेनजीहरुले उठाएको माग २०६२।०६३ पछि नै अगाडि आएको भए पनि हाल आएर विस्फोट भएको औंल्याए । उनले यो आन्दोलनको स्वरूप आतंकवाद जस्तो देखिएको जिकिर गरे ।


उनले भने,‘जेनजीहरुले हाल उठाएको माग ०६२।६३ देखि नै हो । हाल फ्रस्टेसनको विस्फोट हो । तर हाल जसले आन्दोलन सुरु गर्यो , त्यसले नियन्त्रणमा राख्नै सकेन । यसको स्वरूप आन्दोलन नभएर आतंकवाद जस्तो देखिन्थ्यो । त्यस बारे सरकारले सत्य तथ्य छानबिन गरे थाहा हुन्छ ।’ साथै उनले जुनसुकै परिवर्तन आन्दोलन भन्दा पछाडि यस्तै घट्ना हुने बताउँदै प्रहरी प्रशासनलाई दोष दिने भन्दा पनि जनताले आफैंले आफैंलाई नियन्त्रण गर्नुपर्ने धारणा राखे ।

उनले जति सक्दो चाँडो सरकार नबनाए सम्म त्यसको प्रतिक्रान्ति हुने डर रहेको बताए ।उनले भने,‘आन्दोलन गलत बाटोमा अघि बढेपछि प्रहरी प्रशासनले नियन्त्रण गर्न सक्दैन् । हाल त्यो परिणाम देखियो । जुनसुकै बेलामा परिवर्तनको आन्दोलन भन्दा पछाडि यस्तै हुन्छ । जनता सुरक्षित नहुन सक्छन् । त्यसैले जनता आफैंले समन्वय गरेर आफैंले आफैंलाई नियन्त्रण गर्ने हो । आफैंले आफैंलाई एउटा समिति बनाएर सुरक्षित रहने प्रयास गर्नु पर्छ । सरकार ढिलो चाँडो बने पनि त्यसले शान्तिपूर्ण निकास दिएन भने फेरि प्रति क्रान्ति हुन सक्छ । अब प्रति क्रान्ति भयो भने बढी घातक हुन्छ ।’


लेखक राईले अहिले राजनीतिक दलहरु, युवा संघ संगठनहरु पनि संविधानलाई रक्षा गर्नुपर्छ भनेर अगाडि बढेका छन् । कोही मान्छे संविधान ध्वस्त पार्नु पर्छ भनेर लागिरहेका कारणले गर्दा पनि अब झन् कठिन परिस्थिति निर्माण हुने धारणा राखे ।‘अहिले राजनीतिक पार्टीका संगठनहरूका बीच, विद्यार्थी संघ संगठनका साथीहरू पनि संविधानलाई रक्षा गर्नुपर्छ आइरहेका छन् । कोही मान्छे संविधान ध्वस्त पार्नुपर्छ भनेर लागिराछन् । त्यस कारण अब झन् कठिन परिस्थिति निर्माण हुनुसक्छ,’ उनले भने ।


उनको अनुसार प्रदर्शनकारीलाई भौतिक संरचना जलाउन बाट रोक्नका नेपाली सेनाले गोली चलाउनु पर्ने आवश्यक हुने थियो । त्यसैले भौतिक संरचना भन्दा माथि मानिसको ज्यानलाई ध्यानमा राखेर सेनाले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनी बताउँछन् ।उनले भने,‘आन्दोलनकारीले सजिलो सँग निर्धक्क भएर भौतिक संरचनाहरू जलाए । तत्कालीन अवस्थामा, राष्ट्रपति वा सेनाले भौतिक संरचना जोगाउन लागेको भए अझै धेरै जनाको ज्यान जाने थियो । क्रूर बन्नु पर्ने परिस्थिति आउँथ्यो होला । अधिक धेरै गोलीबारी गर्नु पर्ने अवस्था आउथ्यो होला, तर त्यो भएन । त्यसैले भौतिक संरचना भन्दा पनि मान्छेको ज्यान महत्त्वपूर्ण ठानेर सेनाले राम्रो भूमिका निर्वाह गरेको देखिन्छ ।’


प्रधानमन्त्रीको राजीनामा आइसके पछि पनि राष्ट्रपति जनता माझ नआएको भए पछिल्लो अवस्था झन् कल्पना गरेभन्दा खतरा हुने उनको भनाई छ ।‘अब प्रधानमन्त्री छनोट गरे पछि उनलाई सपथ राष्ट्रपतिले नै खुवाउनु पर्ने अवस्था छ । त्यस कारण राष्ट्रपतिको भूमिका अझै महत्वपूर्ण छ । यस्तो बेला राष्ट्रपतिको भूमिका सबैभन्दा निर्णायक छ । हाल सम्म उहाँको भूमिका सन्तोषजनक देखिन्छ,’ उनले अगाडि भने,‘नेपाललाई बङ्गलादेश सँग तुलना गर्न मिल्दैन । बंगलादेशमा जस्तो धार्मिक अतिवाद यहाँ छैन् । निरपेक्षता भएको कारणले गर्दा सद्भाव कायम छ । त्यसकारण बङ्गलादेश सँग हालको अवस्थालाई दाँज्न मिल्दैन् ।’


अबको निकास भनेको शान्ति र आन्दोलनका एजेण्डा पूर्णरूपमा लागू गर्नु पर्नेमा जोड दिए । मान्छे भन्दा भौतिक संरचना ठूलो नभएको सुनाउँदै उनले भौतिक संरचना फेरि बनाउन सकिने उनले विश्वास व्यक्त गरे ।
‘अबको निकास भनेको सब भन्दा सुरुमा शान्ति हो । त्यस पछि प्रधानमन्त्री चयन । अनि सुशासन हो । जेनजीहरुले पनि आफ्ना एजेन्डाहरु समाजमा लागू गरे भने त्यसलाई सफलता मान्न सकिन्छ । मान्छे भन्दा भौतिक संरचना ठूलो होइन । त्यसलाई निर्माण गर्न सकिन्छ,’ उनले भने,‘फ्रान्समा पनि अस्ती भर्खर ऐतिहासिक संरचनामा ध्वस्त भयो, आगो लाग्यो । तर त्यसलाई मान्छेले बनाए । हाम्रा ऐतिहासिक संरचना ध्वस्त हुँदा दु:ख लागेको छ । इतिहासमा कहिल्यै पनि नभएको घटनाहरू भयो।’


भ्रष्टाचार विरुद्धको अभियान राजनीतिक पार्टी र नेताहरूले पूर्ण रूपमा सोचेनन् भने अब राजनीतिक पार्टी भित्र विद्रोह उत्पन्न हुने उनको ठहर छ ।

  • 15shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अन्तर्वार्ता / विचार

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३
अन्तर्वार्ता / विचार

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२
अन्तर्वार्ता / विचार

कोशीले पायो प्रधानमन्त्री, वाग्मतीबाट मात्रै पाँच मन्त्री

चैत्र १३, २०८२
अन्तर्वार्ता / विचार

बैकल्पिक शक्तिको रूपमा उदाएको रास्वपा सबैभन्दा ठूलो दल

फाल्गुन २६, २०८२
अन्तर्वार्ता / विचार

र्‍यापरबाट उदाएका बालेन शाह पुराना दिग्गजहरू माथि भारी

फाल्गुन १३, २०८२
अन्तर्वार्ता / विचार

‘नयाँ पुस्ताले श्रीस्वस्थानी कथा सुन्ने मात्र नभइ अर्थ खोज्न थालेका छन’

माघ १८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend