२६ भदौ,काठमाडौं । सप्तरीको राजविराज स्थित जिल्ला कारागारबाट भाग्न खोजेका १९२ जना कैदीलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ।
भागेर भारत तर्फ पुगेका सात कैदीलाई कञ्चनपुरको चाँदनी क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले समाती नेपाली सेनालाई बुझाएको छ। त्यस्तै, एक कैदीलाई स्थानीयवासीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालयमा बुझाएका छन्। यसै बीच, फरार १२ कैदी आफैं फर्किएर पुनः कारागारमा हाजिर भएका छन्।
यता, रामेछाप जिल्ला कारागारमा कैदीहरूले बाहिर निस्कन माग गर्दै सुरक्षा निकायसँग झडप गरेका थिए। उक्त झडप नियन्त्रणमा लिन सेनाले गोली प्रहार गर्दा १२ जना घाइते भएका छन् भने दुई कैदीको मृत्यु भएको छ।
यसैबीच, काभ्रेपलान्चोकको बनेपा–९ नयाँ बस्ती क्षेत्रमा फेला परेको शंकास्पद वस्तु सेनाले सुरक्षित रूपमा नष्ट गरेको छ। हाल सम्म विभिन्न स्थानबाट ९४ थान विभिन्न प्रकारका हतियार बरामद भएको नेपाली सेनाले जानकारी दिएको छ।




















आफ्नो प्रतिकृया दिनुहोस्