काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी परेको छ ।जेनजी पुस्ताका युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा हिंसा मच्चाएको भन्दै नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद अभिषेक प्रताप शाहले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा जाहेरी दिएका हुन् ।

जाहेरीमा ओली माथि जघन्य अपराधको अभियोग लगाउँदै घटना बारे गहिरो अनुसन्धान गरी प्रमाण सहित कानुनी कारबाही गर्न माग गरिएको छ । शव परीक्षण रिपोर्ट र घटनास्थल मुचुल्का प्रमाणका रूपमा पेस गर्नुपर्ने माग समेत गरिएको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्