Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

आगजनी गरिएका सवारी साधनका नम्बर प्लेट किन जल्दैनन् ?

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
अशोज २, २०८२
In अन्तर्वार्ता / विचार
0

काठमाडौं । गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरुले सयौं नीजि तथा सार्वजनिक गाडीहरु जलाइएका छन् ।तर पूर्ण रुपमा जलेका अधिकांश गाडीहरुको नम्बर प्लेट भने जस्ताको त्यस्तै देखिएका छन् । नम्बर प्लेटमा राखिएका अंकहरु पनि मेटिएका छैनन् ।


यातायात व्यवस्था विभागका निर्देशक नरहरि तिवारीका अनुसार पूर्ण रुपमा गाडी जले पनि नम्बर प्लेट भने जस्ताको त्यस्तै रहेका प्लेटहरु प्राय: सबै ‘इम्बोस्ट’ नम्बर प्लेटहरु हुन् । उनले विशेष प्रविधिबाट इम्बोस्ट नम्बर प्लेट बनाइने भएका कारण इम्बोस्ट नम्बर प्लेटमा भएको अंक नमेटिने र नजल्ने जानकारी दिए ।


उनको अनुसार ‘पूराना नम्बर प्लेट, धातु प्लेट माथि बाट, रातो अथवा सेतो कलर गरिन्छ । जसको कारण मेटिता अथवा जल्दा इनामेल मेटिन्छ । इनामेल जल्यो भने स्वत: अक्षर पनि मेटिन्छ, किन भने प्लेट माथि अक्षरले लेखिएको हुन्छ ।उनले भने नर्मलमा अव धातु प्लेट माथिबाट कलर गरिन्छ। रातो अथवा सेतो कलर गरिन्छ। त्यसपछि मेटिन्छ । मेटिंदा वा जल्दाखेरी के हुन्छ भने इनामेल मेटिन्छ। इनामेल जल्छ । इनामेल जल्यो भने स्वत: चाहीं अक्षर पनि मेटिन्छ । किन भने त्यो खाले प्लेट माथि अक्षरले लेखिएको हुन्छ।’


किन जल्दैन् इम्बोस्ट नम्बर प्लेट ?
निर्देशक तिवारीले विशेष प्रविधि बाट इम्बोस्ट प्लेटलाई कुच्याएर कुनै भाग उठाउने र यसलाई कुच्याएर अंकको शेप दिइने भएको कारण प्लेटहरू जले पनि अंगहरु देखिने स्पष्ट पारे ।उनले भने,‘इम्बोस्टमा के हुन्छ भने त्यो प्लेटलाई कुच्याएर विशेष प्रविधिबाट त्यसलाई उठाउने, उठाएर त्यसलाई कुच्याएर चाहिँ अंकको शेप दिइन्छ । जस्तै ०(शुन्य) गर्नु पर्यो भने त्यसलाई कुच्याएर ० गर्नु पर्यो ।एक गर्नु पर्यो भने कुच्याएर १(एक)गर्नु पर्यो । त्यसलाई तल माथि गर्नु पर्यो । इम्बोस्टिङ गर्ने भनेको त्यस लाई कोप्ने, कोपेर अथवा अंक, अक्षर बनाउने विधि हो ।नर्मल्ली गाडीहरू जल्दा खेरी अब प्लेट त बाहिर हुन्छ । अरू नर्मल टाइपको सामान्य आगोमा बन्ने इनामेलहरू, पेन्टहरू चाहिँ जलेर जान्छ। इम्बोस्टमा भने, धातुमै कोपेर अक्षर, अंकको शेप दिएको हुनाले, त्यो इम्बोस्ट गरेका प्लेटहरू प्रायःजसो जलेपनि अङ्कहरू देखिएको चाहीं पाईन्छ ।’


त्यस्तै उनले इम्बोस्ट नम्बर प्लेटमा कति नम्बरको गाडी जल्यो भन्ने कुरा पत्ता लगाउन सकिने सकारात्मक पक्ष रहेको बताए । नविनतम र फरक टेक्नोलोजी बाट इम्बोस्ट नम्बर प्लेटको निर्माण गरिएको उनको दाबी छ ।
उनले थप्दै भने,‘त्यसमा कति नम्बरको गाडी जल्यो भन्ने कुरा धेरै जसो पत्ता लगाउन सकेको स्थिति थिएन् । त्यसैले अरू त फरक नै थियो तर टेक्नोलोजी पनि फरक हो । इम्बोस्ट फलामको धातुलाई कुच्याएर बनाइन्छ । पहिला चाहीं पासवर्डहरूमा र ह्यान्ड रिटेन पासवर्डमा पनि अङ्कलाई थोप्ला थोप्ला गरेर बनाएको देखिन्छ। इम्बोष्टमा पेपर अथवा धातु उठेको हुन्छ। धातु हो भने धातु उठेको हुन्छ, पेपर हो भने पेपर उठेको हुन्छ। भौतिक रूपमै प्लेटमै इम्बोस्टिङ गरेर कुच्याएर अङ्क तयार गरिन्छ। अक्षर तयार गरिन्छ। त्योे चाहिँ फरक टेक्नोलोजी हो।’


साथै, उनले इम्बोस्ट नम्बर प्लेट धातुमै खोपेर, मेसिनले नै कुच्याएर बनाइने भएको हुनाले अक्षर मेटिने भन्ने हुँदैन तर पूरानो नम्बर प्लेटमा भने रङ लेखेको भएर मेटि नसक्ने बताए ।उनका अनुसार गाडी जल्दा नम्बर प्लेट नजल्ने भन्ने त हुँदैन् । जल्दा दुई वटै जल्छन् तर कति टेम्परेचरमा जल्ने भन्ने विषय भने हुन्छ ।उनका अनुसार दुई किसिमको नम्बर प्लेट हुन्छ । इम्बोस्ट गरेको फरक हो, पूरानो जडान गरेको फरक टेक्नोलोजी हो। जल्दा दुईवटै जल्छन्। कति टेम्परेचरमा जल्ने हो त्यसमा निर्भर हुन्छ।


उनले अगाडि भने,‘जस्तै, तपाईंले हातमा ट्याटु खोप्नु भएको छ भने छाला जल्दा ट्याटु जल्छ नि। तर सामान्यत हातले मेटाएर ट्याटु मेटिँदैन भने जस्तै, इम्बोष्ट भनेको के हो भने, त्यो धातुमै खोपेर, मेसिनले नै कुच्याएर नम्बरको शेप दिन्छ। पूरानो भनेको तपाईंले गाडी, बाइक किन्नु हुन्छ। बाइकमा प्लेट हाल्दै भन्नु हुन्छ। त्यहाँ खाली प्लेट हुन्छ, त्यसलाई रङ्ग्याउँछ। यदि तपाईंको प्राइभेट नम्बर हो भने उसले प्राइभेट नम्बर दिन्छ। सरकारी नम्बर हो भने सरकारी नम्बर दिन्छ, त्यो नर्मल प्लेट हो । पुरानो भनेको नर्मल प्लेट हो। इम्बोस्ट भने पुरानो र नयाँ भन्ने छैन, सबै एउटै टेक्नोलोजी हो । त्यसमा के हुन्छ भने त्यसमा चाहीं अक्षरहरू कुच्याएर बनाइन्छ।’

इम्बोस्ट नम्बर प्लेट जलेपछि पुन: प्रयोग गर्न मिल्छ कि मिल्दैँन् ?
इम्बोस्ट नम्बर प्लेट जलेर गइसके पछि फेरि प्रयोग गर्न मिल्दैन, वान टाइम प्रयोग हुन्छ तर यदि नासियो, दुर्घटना भयो भने परिवर्तन गर्न भने मिल्ने पनि उनको भनाइ छ ।उनले थपे, ‘सबै जलेर गइसके पछि फेरि प्रयोग गर्न मिल्दैन भन्ने होइन । वान टाइम प्रयोग हुन्छ। यदि टुट्फुट भयो, नासियो, केही भयो, दुर्घटना भयो भने चेन्ज परिवर्तन गर्ने गरिन्छ । त्यसलाई अब एउटा गाडीमा एउटै खालको नम्बर प्लेट मात्र राखिन्छ । फरक फरक चेन्ज हुँदैन । त्यसैले हामीसँग इम्बोस्टको सबै टेक्नोलोजीहरू, मेसिनहरू जलेको अवस्था छ । त्यस कारण अब तत्काल इम्बोस्ट लागु हुने कुरा भएन, अब तत्काल अर्को निर्णय नभए सम्म सिस्टम नै बन्द भएको हुनाले अहिले त्यो सम्भावना छैन ।’

  • 11shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अन्तर्वार्ता / विचार

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३
अन्तर्वार्ता / विचार

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२
अन्तर्वार्ता / विचार

कोशीले पायो प्रधानमन्त्री, वाग्मतीबाट मात्रै पाँच मन्त्री

चैत्र १३, २०८२
अन्तर्वार्ता / विचार

बैकल्पिक शक्तिको रूपमा उदाएको रास्वपा सबैभन्दा ठूलो दल

फाल्गुन २६, २०८२
अन्तर्वार्ता / विचार

र्‍यापरबाट उदाएका बालेन शाह पुराना दिग्गजहरू माथि भारी

फाल्गुन १३, २०८२
अन्तर्वार्ता / विचार

‘नयाँ पुस्ताले श्रीस्वस्थानी कथा सुन्ने मात्र नभइ अर्थ खोज्न थालेका छन’

माघ १८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend