काठमाडौं । GEN-Z जनक परियारले जेनजीहरुका माग पुरा नगरिए आफूहरु पुन: संघर्षमा उत्रने चेतावनी दिएका छन् ।आइतबार राधानीमा पत्रकार सम्मेलनको आयोजना गरी जेनजीलाई गोलि हान्न आदेश दिनेहरु पुन: टाउको उठाउन थालेको प्रति रोष व्यक्त समेत गरेका छन् ।
परियारले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जगमा बनेको सरकारले आफूहरुलाई नै वेवास्ता गरेकोे गुनासो गरेका छन् ।उनले आफूहरुको आन्दोलनको मूल मर्म भनेको भ्रष्टाचार मुक्त समाज र सुशासन भए पनि भ्रष्टाचारी र जनविरोधीहरु खुलेआम हिँड्न थालेको पनि आरोप लगाएका छन् ।
आफूहरुले जेनजीहरुलाई गोलि हान्न आदेश दिने तत्कालिन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखकल गायतलाई कानुनी दायरामा ल्याउनु पर्ने, २०४६ साल पछिका उच्च पदस्थ राजनीतिज्ञ तथा कर्मचारीको सम्पत्ति छानविन गर्नु पर्ने, जेनजीहरुलाई मन्त्रिपरिषद्मा प्रतिनिधीत्व गर्नु पर्ने लगायतका माग समेत राखेका छन् ।
परियारले आफ्ना मागहरु पूरा नगरिए पुन: सडकमा जान बाध्य हुने चेतावनी दिएका छन् ।



















आफ्नो प्रतिकृया दिनुहोस्