Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

मधवापुर–मटिहानी सीमाक्षेत्रमा नेपालीको भीड भारतीय बजारतर्फ, नेपाली बजार सुनसान

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
अशोज ३०, २०८२
In स्थानीय
0

मटिहानी (महोत्तरी) । दीपावली र छठ पर्व नजिकिँदै गर्दा भारतको बिहारस्थित मधवापुर बजारमा नेपाली ग्राहकको भीड दिन प्रतिदिन बढ्दै गएको छ, जबकि सिमावर्ती मटिहानी बजार भने सुनसान बनेको छ ।

पर्व–चाडका लागि आवश्यक सामग्री किन्न सीमापार जाने नेपालीको भीडले भारतीय बजार रौनकिलो बनेको हो । दैनिक उपभोग्य वस्तु, लत्ताकपडा, भाँडावर्तन देखि चिनी, मैदा, तेलजस्ता सामग्री भारतमा सस्तो पाइने भएकाले नेपाली उपभोक्ता त्यहीँबाट किनमेल गर्न आकर्षित भएका छन् ।

मटिहानीका स्थानीय निवासी चन्दे मण्डलका अनुसार, “यो समयमा नेपाल–भारत सिमामा सवारीको लामो जाम लाग्ने गर्छ । नेपालका बजार सुनसान रहन्छन्, तर भारतीय बजारमा भिडभाड हुन्छ,” उनले बताए । उनका अनुसार भारतीय बजारमा धेरै सामान नेपाल भन्दा करिब आधा मूल्यमै पाइने हुँदा उपभोक्ता उतै आकर्षित हुने गरेका छन् ।

उनले थपे, “चाडपर्वमा आवश्यक हुने चिनी, मैदा, तेल लगायतका सामग्री भारतमा १० देखि ३० रुपैयाँ सम्म सस्तो पर्छ ।” सिमावर्ती बासिन्दाहरू दैनिक खाद्यान्न, कपडा, भाँडावर्तन देखि विवाह, श्राद्ध, भोजभतेर र पर्वका तयारीका लागि पनि भारतीय बजारमै निर्भर रहेका छन् । यसले गर्दा दैनिक रूपमा नेपाली रुपैयाँ भारत तर्फ बग्ने क्रम बढ्दो छ ।

जनकपुर उद्योग वाणिज्य संघका अनुसार, भारतीय बजारको बढ्दो प्रभावले स्थानीय नेपाली व्यापारीहरू मर्कामा परेका छन् । संघका पदाधिकारीहरूले स्वदेशी व्यापार प्रवर्धन नहुँदा वर्षेनी करोडौँ नेपाली रुपैयाँ विदेशी बजारमा जाने गरेको बताउँदै यस प्रति सरकार र सम्बन्धित निकाय गम्भीर बन्नु पर्ने बताएका छन् ।

यता, सीमाक्षेत्रका विभिन्न नाकाबाट राजस्व छलि गरी भारतीय सामान तस्करी मार्फत नेपाल भित्रिने गरेको स्थानीयहरू बताउँछन् । यसले स्वदेशमै उत्पादन भएका सामानको बिक्री घटाएको र नेपाली उद्योग–व्यवसाय माथि प्रत्यक्ष असर परेको उनीहरूको गुनासो छ ।

स्थानिय व्यापारीहरूको भनाइमा, “यदि सीमामा निगरानी कडाइ गरिए र स्वदेशी उत्पादनलाई प्रोत्साहन दिइयो भने नेपाली बजारमा फेरि रौनक फर्किन सक्छ ।”

  • 23shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

स्थानीय

सर्लाहीको चन्द्रनगरमा ईन्धन मै अनियमितता: अध्यक्ष महतो द्वारा एक लाख ८७ हजारको नियमविपरीत खर्च

अशोज २६, २०८२
स्थानीय

नेपालकै ठूलो लक्ष्मीनारायण मन्दिर (मठ) मटिहानीको हुलाक टिकट सार्वजनिक, धार्मिक–सांस्कृतिक महत्वलाई सम्मान

अशोज २४, २०८२
स्थानीय

कोडैना गाउँपालिकामा भ्रमणको नाममा आठ लाख सकियो

अशोज २३, २०८२
स्थानीय

नगरपालिकामा गरिएको तालाबन्दी हट्यो, माग पूरा नभए पुन: तालाबन्दी गर्ने चेतावनी

अशोज २३, २०८२
स्थानीय

सर्लाहीमा वडाध्यक्ष पक्राउ, स्थानीय आक्रोशित

अशोज २२, २०८२
स्थानीय

जनकपुरधाममा हिन्दूवादीहरुको विरोध प्रदर्शन

अशोज २१, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

मुख्यमन्त्री कार्यालयमा कर्मचारीमाथि कुटपिट, मधेश प्रदेशका निजामती कर्मचारी आन्दोलित

कार्तिक २४, २०८२

युवा उठे भने परिवर्तन रोकिन्न , निर्वाचन नै त्यसको शुरुवात हो: (सम्पादकीय)

कार्तिक १२, २०८२

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट सेना फिर्ता

कार्तिक १, २०८२

दियावती पर्वको शुरुवात, आज साँझ देखि धनतेरस

कार्तिक १, २०८२

दिवालीको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

कार्तिक १, २०८२

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, एक पक्षको बहिष्कार घोषणा

अशोज ३०, २०८२

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend