Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

मधवापुर–मटिहानी सीमाक्षेत्रमा नेपालीको भीड भारतीय बजारतर्फ, नेपाली बजार सुनसान

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
अशोज ३०, २०८२
In स्थानीय
0

मटिहानी (महोत्तरी) । दीपावली र छठ पर्व नजिकिँदै गर्दा भारतको बिहारस्थित मधवापुर बजारमा नेपाली ग्राहकको भीड दिन प्रतिदिन बढ्दै गएको छ, जबकि सिमावर्ती मटिहानी बजार भने सुनसान बनेको छ ।

पर्व–चाडका लागि आवश्यक सामग्री किन्न सीमापार जाने नेपालीको भीडले भारतीय बजार रौनकिलो बनेको हो । दैनिक उपभोग्य वस्तु, लत्ताकपडा, भाँडावर्तन देखि चिनी, मैदा, तेलजस्ता सामग्री भारतमा सस्तो पाइने भएकाले नेपाली उपभोक्ता त्यहीँबाट किनमेल गर्न आकर्षित भएका छन् ।

मटिहानीका स्थानीय निवासी चन्दे मण्डलका अनुसार, “यो समयमा नेपाल–भारत सिमामा सवारीको लामो जाम लाग्ने गर्छ । नेपालका बजार सुनसान रहन्छन्, तर भारतीय बजारमा भिडभाड हुन्छ,” उनले बताए । उनका अनुसार भारतीय बजारमा धेरै सामान नेपाल भन्दा करिब आधा मूल्यमै पाइने हुँदा उपभोक्ता उतै आकर्षित हुने गरेका छन् ।

उनले थपे, “चाडपर्वमा आवश्यक हुने चिनी, मैदा, तेल लगायतका सामग्री भारतमा १० देखि ३० रुपैयाँ सम्म सस्तो पर्छ ।” सिमावर्ती बासिन्दाहरू दैनिक खाद्यान्न, कपडा, भाँडावर्तन देखि विवाह, श्राद्ध, भोजभतेर र पर्वका तयारीका लागि पनि भारतीय बजारमै निर्भर रहेका छन् । यसले गर्दा दैनिक रूपमा नेपाली रुपैयाँ भारत तर्फ बग्ने क्रम बढ्दो छ ।

जनकपुर उद्योग वाणिज्य संघका अनुसार, भारतीय बजारको बढ्दो प्रभावले स्थानीय नेपाली व्यापारीहरू मर्कामा परेका छन् । संघका पदाधिकारीहरूले स्वदेशी व्यापार प्रवर्धन नहुँदा वर्षेनी करोडौँ नेपाली रुपैयाँ विदेशी बजारमा जाने गरेको बताउँदै यस प्रति सरकार र सम्बन्धित निकाय गम्भीर बन्नु पर्ने बताएका छन् ।

यता, सीमाक्षेत्रका विभिन्न नाकाबाट राजस्व छलि गरी भारतीय सामान तस्करी मार्फत नेपाल भित्रिने गरेको स्थानीयहरू बताउँछन् । यसले स्वदेशमै उत्पादन भएका सामानको बिक्री घटाएको र नेपाली उद्योग–व्यवसाय माथि प्रत्यक्ष असर परेको उनीहरूको गुनासो छ ।

स्थानिय व्यापारीहरूको भनाइमा, “यदि सीमामा निगरानी कडाइ गरिए र स्वदेशी उत्पादनलाई प्रोत्साहन दिइयो भने नेपाली बजारमा फेरि रौनक फर्किन सक्छ ।”

  • 23shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

स्थानीय

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२
स्थानीय

काठमाडौं महानगरले वैशाख १ गते देखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने

चैत्र १९, २०८२
स्थानीय

गंगासागर क्षेत्रका अवैध टहरा हटाइयो, फुटपाथ पसलमा डोजर अभियान तीव्र

चैत्र १६, २०८२
स्थानीय

कार्यसम्पादन मूल्याङ्कनमा रौतहटको गौर नगरपालिका जिल्लामै प्रथम

फाल्गुन १, २०८२
स्थानीय

अब जाममुक्त बन्दै जनकपुरधाम: रामानन्द चौक–जनक चौक खण्डमा ‘वान-वे’ नियम लागू

माघ २१, २०८२
स्थानीय

जनकपुरधाममा एचपीभी खोप अभियान शुरु हुँदै, पाठेघरको मुखको क्यान्सर विरुद्ध नि:शुल्क खोप

माघ २१, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend