मटिहानी (महोत्तरी) : मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलको WhatsApp नम्बर हैक भएको छ। नगर प्रमुख मण्डलले आफ्नो नामबाट कसैसँग रकम मागिएको वा अन्य कुनै प्रकारको सन्देश आएमा त्यस्तो कुरामा विश्वास नगर्न र सावधान रहन आम जनमानसलाई आग्रह गर्नु भएको छ।
उहाँको नाम दुरुपयोग गरी ठगी गर्ने प्रयास हुनसक्ने भएकाले यस्ता सन्देश प्राप्त भएमा बेवास्ता गर्न तथा आवश्यक परे सम्बन्धित निकायलाई जानकारी गराउन अनुरोध गरिएको छ।




















आफ्नो प्रतिकृया दिनुहोस्