Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

नयाँपन अनुहारमा होइन, नीति, कार्यक्रम र उद्देश्यमा हुनुपर्छ : विशाल खड्का

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
माघ १७, २०८२
In अन्तर्वार्ता / विचार
0

(प्रमिला कार्की),१७ माघ, काठमाडौं : आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीका तर्फ बाट दोलखामा प्रत्यक्ष उम्मेदवार बनेका बिशाल खड्का यतिबेला चुनावी दौडधुपमा छन् ।

छ महिनाको उमेरमै आमाको काखबाट छुटिनु परेको पीडा, जनयुद्धको संघर्ष, जेल जीवन र शहीद परिवारको पृष्ठभूमिका कारण खड्का राजनीतिमा खारिएका पात्रका रुपमा चुनावी मैदानमा उत्रिएका हुन् ।

उनले आफ्नो राजनीतिक यात्रा जन्मे देखि नै सुरु भएको बताए । छ महिनाको उमेरमै पूर्वी नेपालको किसान आन्दोलनका क्रममा आफ्नी आमाको गिरफ्तारी भएपछि झण्डै दुई हप्ता आमाको दूध चुस्न नपाएको वाल्यकालिन स्मरण सुनाएका उनले राजनीतिमा गहिरो चेतना रहेको समेत बताए ।

उनका दाजु ज्ञान बहादुर खड्का पञ्चायत विरोधी आन्दोलनका क्रममा जेलमै हत्या भएको थियो भने अर्का दाजु रित बहादुर खड्का ०५२ सालमा सुरु भएको जनयुद्धका क्रममा शहीद भएका थिए । राजनीतिकै कारण परिवारिक बज्रपात व्यहोर्नु परेकाले राजनीतिबाट कहिल्यै अलग हुन नसक्ने गरी बाँधिदिएको खड्काको भनाइ छ ।

खड्काका अनुसार, पूर्वी नेपालको किसान आन्दोलन सँग जोडिएको मुद्दामा आमा पक्राउ परेकी थिइन् । ‘म छ महिनाको हुँदा झण्डै दुई हप्ता आमाको दूध खान पाइँन । आमाको काखबाट वञ्चित हुनु पर्यो । त्यो अवस्था मेरो चेतना भन्दा बाहिर भएपनि जीवनको यथार्थ त्यही थियो । म जन्मिँदै पञ्चायत विरोधी आन्दोलनको रगतसँग जोडिएको छु । ति बलिदानहरूले मलाई राजनीतिबाट कहिल्यै भाग्न नसक्ने गरी बाँधिदिए’उनले भने

०५२ सालमा एसएलसी दिए लगत्तै जनयुद्धमा समाहित भएका खड्काले आठ वर्ष जेल जीवन समेत बिताएका छन् ।युवाकालमै भूमिगत राजनीति र संघर्षको अनुभव सँगालेका खड्काले लोकतन्त्र नेपालको सबैभन्दा ठूलो उपलब्धि भएको उल्लेख गर्दै राजनीतिक स्थायित्व र आर्थिक समृद्धिलाई एकअर्का सँग जोडेर अघि बढ्नु पर्ने धारणा राखे ।

राजतन्त्रको अन्त्य गरी गणतन्त्र ल्याउन देखि संविधान लेख्ने सम्मको सफलता प्राप्त भएपनि राजनीतिक परिवर्तन अनुसार आर्थिक रूपान्तरण हुन नसकेको उनले स्वीकार गरे ।उनले भने, ‘हाम्रो पुस्ताले १६–१७ वर्षकै उमेरमा भूमिगत भएर देशको भविष्यका लागि लड्यो । हामीले राजतन्त्रको अन्त्य गर्यौं, गणतन्त्र ल्यायौँ र संविधान लेख्यौँ। यस्ता राजनीतिक उपलब्धि भए पनि जनताको जीवनस्तर अपेक्षित रूपमा परिवर्तन हुन सकेको छैन ।’

नेपाल सानो र गरिब भएकै कारण केही गर्न सकिँदैन भन्ने मानसिकता गलत भएको खड्काको भनाइ छ । उनले योग्य जनशक्ति विदेशिनु मुलुकको ठूलो समस्या भएको उल्लेख गर्दै रोजगारी सिर्जना र उत्पादन बढाउने नीतिमा जोड दिए।

‘नेपाल जनसंख्याका हिसाबले करिब ५०औँ र भूगोलका हिसाबले ९०औँ स्थानमा पर्छ । समस्या देश सानो हुनु होइन, उत्पादनमुखी अर्थतन्त्र नहुनु हो । राजनीतिक स्थायित्व र आर्थिक समृद्धि एकअर्का सँग गाँसिएका विषय हुन्’ उनले भने ।

दोलखालाई जलविद्युतको राजधानी भनिएपनि स्थानीय जनताको जीवनस्तर कमजोर रहेको उल्लेख गर्दै खड्काले संघीय संसदमा दोलखाली जनताको आवाज बलियो बनाउने प्रतिबद्धता जनाए।‘लोडसेडिङ अन्त्यमा दोलखाको ४० प्रतिशतभन्दा बढी योगदान छ,’ उनले भने, तर दोलखाली जनताले अझै उज्यालो जीवन पाएका छैनन् ।’ पार्टी भित्र आत्मसमिक्षा गरेर नयाँ रूपमा अघि बढेको नेपाली कम्युनिष्ट पार्टी पुराना दलभन्दा फरक भएको दाबी गर्दै उनले नयाँपन अनुहारमा होइन, नीति, कार्यक्रम र उद्देश्यमा हुने धारणा राखे ।

प्रदेश सरकारमा मन्त्री भएर काम गरेको अनुभव रहेको उल्लेख गर्दै खड्काले आफू नयाँ र अनुभवी पनि भएको बताए । खड्काले संवाद, सहकार्य र जन सल्लाहमा आधारित राजनीति आफ्नो कार्यशैली हुने बताउँदै दोलखालाई नमुना जिल्लाका रूपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको बताए । विकास आश्वासन होइन, निकास हुनुपर्ने उनको भनाई छ ।

‘मैले प्रदेशमा रहेर मन्त्रालयको जिम्मेवारी सम्हाले । त्यो अनुभवले संघीय संसदका लागि अझ तयार बनाएको छ । दोलखा जिल्ला सांस्कृतिक हिसाबले र प्राकृतिक रूपमा जुन असाध्यै सम्भावना रहेको, राजधानीबाट असाध्यै नजिक भएको जिल्ला पनि आज दुर्गम क्षेत्र जस्तो साबित भइरहेको छ । र विकासको हिसाबले असाध्यै पछाडि परिरहेको छ,’ उनले भने,‘यसलाई एउटा नमुना जिल्लाको रूपमा विकास गर्ने र राम्रो जनप्रतिनिधिको रूपमा सबैको भावना बुझ्ने, सबैको सल्लाह सुझावमा हिँड्ने र म सहकार्यमा राजनीतिमा संवाद, विकासमा निकास भन्ने एउटा नारालाई बोकेर हिँडेको छु । म संवादमा विश्वास गर्छु त्यसैले, सबैको संवादबाट हामीले अगाडि बढ्ने र विकासको लागि आश्वासन मात्र होइन निकासको लागि निकासमुखी विकास बोकेर हिँड्नु पर्छ ।’

‘त्यसैको जगमा टेकेर नै हामीले दोलखाको विकासको आधार खोजी गर्नुपर्छ । सम्भावनाहरुका ढोकाहरु खोल्नु पर्ने हुन्छ । त्यही प्रक्रियामा नै म अगाडि लाग्ने मेरो प्रतिबद्धता पनि रहेको छ,’ उनले भने ।त्यस्तै उनले केपी ओली नेतृत्वको सरकार असफल भएको कारणले देशले चुनाव थेग्नुपरेको बताउँदै ओली नेतृत्वको सरकार असफल भएपनि पूराना दलहरु सबै असफल नभएको टिप्पणी गरे ।

उनले भने,‘हामीलाई त यो चुनाव चाहिएकै थिएन । ०८४ को चुनाव चाहन्थ्यौं । तर आज केपी ओली नेतृत्वको सरकार असफल भएको कारणले चुनाव देशले थेग्नु परिरहेको छ । ओली नेतृत्वको सरकार असफल भयो, पूराना दलहरु सबै असफल भएका होइनन् ।’

‘उहाँहरु रुपान्तरण हुन चाहनु भयो त?केपी ओली प्रवृत्तिले सबै दलहरु एउटै हुन् कि क्या हो भनेर पुराना दलहरुलाई त्यही बास्केटमा हालेर गालीगलौज गरेको मैले सुनिरहेको छु । हामीलाई फरक ढंगले हेरिनु पर्छ । एउटै डालामा हालिएको छ, यो गलत छ जस्तो लाग्छ ।’

देशमा व्याप्त निराशा चिर्ने, आशालाई बलियो बनाउने र समतामूलक समृद्धिको आधार निर्माण गर्ने संकल्प सहित आफू चुनावी मैदानमा उत्रिएको खड्काले बताए।

  • 9shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अन्तर्वार्ता / विचार

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३
अन्तर्वार्ता / विचार

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२
अन्तर्वार्ता / विचार

कोशीले पायो प्रधानमन्त्री, वाग्मतीबाट मात्रै पाँच मन्त्री

चैत्र १३, २०८२
अन्तर्वार्ता / विचार

बैकल्पिक शक्तिको रूपमा उदाएको रास्वपा सबैभन्दा ठूलो दल

फाल्गुन २६, २०८२
अन्तर्वार्ता / विचार

र्‍यापरबाट उदाएका बालेन शाह पुराना दिग्गजहरू माथि भारी

फाल्गुन १३, २०८२
अन्तर्वार्ता / विचार

‘नयाँ पुस्ताले श्रीस्वस्थानी कथा सुन्ने मात्र नभइ अर्थ खोज्न थालेका छन’

माघ १८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend