Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

रौतहट–४ मा चुनावी सरगर्मी तीव्र: ३७ उम्मेदवार मैदानमा, नयाँ र पुराना शक्तिबीच कडा प्रतिस्पर्धा

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
माघ १९, २०८२
In विविध
0

१९ माघ,रौतहट । फागुन २१ गते हुने निर्वाचनको मिति नजिकिए सँगै रौतहट क्षेत्र नं. ४ मा चुनावी सरगर्मी ह्वात्तै बढेको छ। उम्मेदवारहरू आ–आफ्नो एजेन्डासहित मतदाताको घरदैलोमा पुगे पछि यतिबेला बस्ती-बस्तीमा चुनावी बहस र रौनकता छाएको हो। यसपटक यो क्षेत्रमा ३७ जनाको उम्मेदवारी परेको छ, जसमा ३० पुरुष र ७ महिला चुनावी मैदानमा रहेका छन्। निर्वाचनमा ३० जना नयाँ अनुहार र २० जना स्वतन्त्र उम्मेदवारहरूको उपस्थितिले ठुला दलहरूलाई ठूलो दबाब सिर्जना गरेको छ।

मुख्य प्रतिस्पर्धाको रूपमा नेपाली कांग्रेसका देव प्रसाद तिमल्सिना, नेकपा एमालेका रामजी साह र नेपाली कम्युनिस्ट पार्टीका रामकुमार भट्टराईलाई हेरिएको छ। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल र आम जनता पार्टीका ऋषि धमाला पनि सशक्त रूपमा घरदैलो अभियानमा व्यस्त छन्। जनता समाजवादी पार्टी, जनमत पार्टी र उज्यालो नेपालका उम्मेदवारहरूले पनि आफ्नो उपस्थिति बलियो बनाउँदै मतदाताको मन जित्ने प्रयास गरिरहेका छन्।

उम्मेदवारहरूले विकास र समृद्धिलाई नै आफ्नो मुख्य चुनावी नारा बनाएका छन्। उनीहरूले सडक सञ्जालको विस्तार, खानेपानीको सुनिश्चितता, सुकुम्बासी समस्याको स्थायी समाधान, र कृषिको आधुनिकीकरण गर्ने प्रतिबद्धता मतदातासामु राखेका छन्। साथै, गुणस्तरीय स्वास्थ्य सेवा, शिक्षामा सुधार, भ्रष्टाचार मुक्त प्रशासन र पारदर्शी विकासका एजेन्डाहरू पनि व्यापक रूपमा उठाइएका छन्।

यतिबेला रौतहटका चोक र गाउँहरू दलीय झण्डा र चुनाव चिह्नले रंगिएका छन्। मतदाताहरू माझ पुरानै अनुहारलाई दोहोर्‍याउने कि नयाँ शक्तिलाई अवसर दिने भन्ने विषयमा व्यापक चर्चा चलिरहेको छ। ३७ जना उम्मेदवार मध्ये कसले बाजी मार्ने हो भन्ने कुराको अन्तिम फैसला भने फागुन २१ गतेको मतदानले नै गर्नेछ।

  • 2shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

कैलाश–राक्सिराङमा गाँजा र अफिम खेती नगर्न प्रशासनको कडा चेतावनी

चैत्र १८, २०८२
विविध

मुग्लिन–नागढुंगा सडक राति तीन दिन बन्द हुने

चैत्र १८, २०८२
विविध

महेश बस्नेतलाई उम्कन नदिने चेतावनी : शोभा पाठक

चैत्र १८, २०८२
विविध

नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारको अपेक्षा

चैत्र १४, २०८२
विविध

नयाँ सरकारलाई विश्वभरका नेपालीको ज्ञान र सञ्जाल उपयोग गर्न फाउन्डेसनको आग्रह

चैत्र १३, २०८२
विविध

नेपाल न्यूज बैंककर्मी गौतम सहित दुई जनालाई एनआरएनए पुरस्कार

चैत्र ३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend