Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

आदिवासी जनजाति पत्रकारका माग र मुद्दामा सरकार गम्भीर नभएको गुनासो

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
माघ २४, २०८२
In विविध
0

२४ माघ ,काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौं शाखाको २२औं वार्षिक साधारण सभा शनिबार काठमाडौंमा सम्पन्न भएको छ।

साधारण सभामा फोनिजका संघीय अध्यक्ष लक्की चौधरीले आदिवासी जनजाति पत्रकारहरूको माग र मुद्दा प्रति सरकार अझै गम्भीर नभएको गुनासो गरे। उनले मातृभाषी पत्रकारप्रति सरकारको दृष्टिकोण अझै विभेदकारी रहेको भन्दै फोनिजलाई सरकारले अहिलेसम्म “टोकन मनी” जस्तो सीमित सहयोग मात्र गरेको बताए।

“पत्रकारहरूको पेशागत सुरक्षा, हक–हित र संरक्षण त अझै धेरै टाढाको कुरा हो,” अध्यक्ष चौधरीले भने।उनले मातृभाषामा लेख्ने तथा लेख्न चाहने पत्रकारहरूलाई प्रोत्साहन गर्न फोनिज काठमाडौं शाखाले अग्रसर भूमिका खेल्नु पर्नेमा जोड दिए। साथै देशभरका आदिवासी जनजाति पत्रकारहरूलाई काठमाडौंमा सक्रिय बनाउँदै शाखालाई चलायमान बनाउनु पर्ने आवश्यकता औंल्याए। “हामी काठमाडौं शाखा सबैभन्दा सक्रिय शाखाका रूपमा संगठित भएको हेर्न चाहन्छौं, तर अहिले उपस्थिति निकै पातलो देखियो। यसलाई बढाउन जरुरी छ,” उनले भने।

चौधरीले नेपाल पत्रकारिताको इतिहासमा वि.सं. २००८ सालमा सत्य नारायण बहादुर श्रेष्ठले पत्रकार संघ स्थापना गरे पनि नेपाल पत्रकार महासंघबाट मान्यता नपाउनु दु:खद रहेको बताए। “जसले पत्रकारिता र महासंघको जन्म दिए, उसैलाई अहिले पहिचान मेटाएर साइड लगाउने काम भइरहेको छ,” उनले भने, “यसलाई फोनिजले आन्दोलनको एजेन्डा बनाउँदै सत्य र न्यायको पक्षमा वकालत गर्नुपर्छ।”

उनले आदिवासी पत्रकारहरूको संगठनमा एकता र पहिचान बलियो बनाउन तथा आदिवासी मुद्दामा खोजी पत्रकारिता बढाउनु पर्ने आवश्यकता पनि औंल्याए।कार्यक्रममा फोनिज काठमाडौंकी कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गरे भने सचिव रत्नकाजी महर्जनले संगठनात्मक प्रतिवेदन पेश गरे।

अध्यक्ष भीम लामाले संघीय संरचनाका कारण विधानले दिएको अधिकार कार्यान्वयनमा अवरोध आएको भन्दै केन्द्रसँग पहल गर्न आग्रह गरे। “हामीले काम गर्न खोज्दा पनि विधान र केन्द्रको दबाबका कारण गर्न सकेका छैनौं। तत्काल पहल गरिदिन अनुरोध गर्दछु,” उनले भने।कार्यक्रममा अन्य वक्ताहरूले शुभकामना मन्तव्य दिएका थिए।

  • 23shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

कैलाश–राक्सिराङमा गाँजा र अफिम खेती नगर्न प्रशासनको कडा चेतावनी

चैत्र १८, २०८२
विविध

मुग्लिन–नागढुंगा सडक राति तीन दिन बन्द हुने

चैत्र १८, २०८२
विविध

महेश बस्नेतलाई उम्कन नदिने चेतावनी : शोभा पाठक

चैत्र १८, २०८२
विविध

नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारको अपेक्षा

चैत्र १४, २०८२
विविध

नयाँ सरकारलाई विश्वभरका नेपालीको ज्ञान र सञ्जाल उपयोग गर्न फाउन्डेसनको आग्रह

चैत्र १३, २०८२
विविध

नेपाल न्यूज बैंककर्मी गौतम सहित दुई जनालाई एनआरएनए पुरस्कार

चैत्र ३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२

घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ

चैत्र २०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend