Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

कञ्चनवनमा ‘होरी उत्सव’ सँगै मिथिलामा होलीको रौनकता शुरु

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
फाल्गुन ११, २०८२
In पर्व
0

११ फागुन,महोत्तरी : मिथिलाञ्चलको धार्मिक, सांस्कृतिक तथा आपसी सद्भावको महाकुम्भ मानिने १५ दिने मिथिला मध्यमिकी परिक्रमा आज सातौँ दिन महोत्तरीको कञ्चनवन पुगेको छ। त्रेतायुगमा भगवान् राम र माता जानकीले विवाह पश्चात् मिथिलाका विभिन्न क्षेत्रमा विहार गर्ने क्रममा कञ्चनवन पुगेर रङ खेलेको जनविश्वास रहेको छ।

सोही पौराणिक घटनाको स्मरणमा आज कञ्चनवनमा विशेष ‘होरी उत्सव’ मनाइएको छ, जहाँ परिक्रमा यात्री, साधुसन्त र स्थानीयवासीले एक-आपसमा अबिर दलेर खुसीयाली साटासाट गरेका छन्। मिथिलाञ्चलमा आजकै दिन देखि औपचारिक रूपमा होली पर्व सुरु भएको मानिन्छ।धनुषाको कचुरीबाट शुरु भएको यो ऐतिहासिक यात्रा हिजो ध्रुवकुण्डमा विश्राम गरी आज कञ्चनवन आइपुगेको हो।

नेपाल र भारतको धार्मिक एवं पारम्परिक सम्बन्धको प्रतीक मानिने यस परिक्रमाका कुल १५ विश्राम स्थलहरू मध्ये १३ वटा नेपालको धनुषा र महोत्तरीमा पर्दछन् भने २ वटा भारतमा पर्दछन्। परिक्रमाको बाँकी तालिका अनुसार, टोली भोलि मंगलबार धनुषाको पर्वत, बुधबार धनुषाधाम, बिहीबार सतोषर र शुक्रबार औरहीमा एक-एक रात विश्राम गर्नेछ।

परिक्रमाको अन्तिम चरणमा यात्रीहरू पूर्णिमाको अघिल्लो रात जनकपुरधाम आइपुग्ने छन्। पूर्णिमाको बिहानीपख जनकपुरको अन्तगृह परिक्रमा गरी सामूहिक रूपमा होली खेलेपछि यो १५ दिने कठिन तर श्रद्धापूर्ण यात्रा सम्पन्न हुनेछ। परिक्रमा यात्रामा सहभागी भएमा मन, वचन र कर्मले गरेका पाप तथा अन्यायहरू नष्ट भई मनोकामना पूरा हुने गहिरो धार्मिक विश्वास रहिआएको छ। यसले गर्दा हरेक वर्ष हजारौँको संख्यामा श्रद्धालुहरू नाङ्गो खुट्टा यो पदयात्रामा सहभागी हुने गर्दछन्।

  • 2shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

पर्व

आस्था र श्रद्धाको पर्व ‘चैती छठ’ मिथिलाञ्चलमा सुरु: जलाशयहरूमा बढ्यो चहलपहल

चैत्र ८, २०८२
पर्व

आजवाट होली पर्व आरम्भ,बसन्तपुरमा चीर ठड्याइयो

फाल्गुन १२, २०८२
पर्व

दियावती पर्वको शुरुवात, आज साँझ देखि धनतेरस

कार्तिक १, २०८२
पर्व

भाइटीकाको शुभ साइत सार्वजनिक, विभिन्न देशका लागि छुट्टाछुट्टै समय निर्धारण

अशोज ३०, २०८२
पर्व

जनकपुरधाममा विश्वकर्मा पूजा सम्पन्न, सफाई वाहन र दमकलको पनि पूजा

अशोज २, २०८२
पर्व

मिथिलाञ्चलमा जितिया पर्व आजदेखि विधिवत् प्रारम्भ

भदौ २८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend