१२ फागुन,काठमाडौं । फागु पर्व अर्थात रंगहरुको उत्सव होली आज (मंगलबार) देखि औपचारिक रुपमा सुरु भएको छ ।काठमाडौंको वसन्तपुर स्थित हनुमानढोकामा तीन खण्डे चीर ठड्याइए सँगै यस वर्षको फागु पर्व अर्थात होली उपत्यका लगायत मुलुकभर औपचारिक रुपमा सुरु भएको हो ।

आज बिहान ७:१३ बजेको शुभसाइतमा पारेर बाजागाजा सहित रंगीचंगी ध्वजा र पताकाले सिँगारिएर तीन छत्रे होलीको चीर ठड्याएका हुन् । फागुन शुक्ल अष्टमी देखि फागुन शुक्ल पूर्णिमा सम्म होली पर्व मनाउने गरिन्छ ।यस वर्षको होली पर्वको मुख्य दिन फागुन १८र१९ गते परेको छ । १८ गते हिमाली तथा पहाडी जिल्लामा र १९ गते तराई जिल्लामा होलीको सार्वजनिक विदा दिइएको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्