Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

सर्लाहीमा सब–इन्जिनियर हत्या प्रकरणको अनुसन्धानमा खटिएका चार प्रहरी पुरस्कृत

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
फाल्गुन १६, २०८२
In प्रहरी खबर 
0

१६ फागुन,सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीले सब–इन्जिनियर प्रमोद कुमार यादव हत्या प्रकरणको सफल अनुसन्धानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने चार जना प्रहरी कर्मचारीलाई नगद पुरस्कार सहित सम्मान गरेको छ ।

जिल्ला पूर्वाधार विकास कार्यालय मलंगवामा कार्यरत ३६ वर्षीय यादवको गोली प्रहार गरी हत्या भएको घटनामा संलग्न आरोपितहरू लाई पक्राउ गरी कानुनी दायरामा ल्याउन प्रहरी निरीक्षक विशाल बहादुर बुढाथोकी, प्रहरी निरीक्षक विरेन्द्र वि.सी., प्रहरी नायव निरीक्षक सुजन पुडासैनी र प्रहरी जवान अजय सहनीले विशेष योगदान दिएका थिए । कार्यालयका अनुसार उनीहरूको सक्रियता र समन्वयका कारण घटनाको तथ्य बाहिर ल्याउन र अभियुक्तलाई नियन्त्रणमा लिन सफलता मिलेको हो ।

प्रहरीका अनुसार घटना पछि फरार रहेका आरोपितहरू लाई प्राविधिक विश्लेषण तथा गोप्य सूचनाका आधारमा खोजी गरी पक्राउ गरिएको हो । पक्राउ परेका विरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको छ । अपराध नियन्त्रण र दोषीलाई कानुनी दायरामा ल्याउन उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रोत्साहन स्वरूप पुरस्कृत गर्ने नीति अनुसार सम्मान गरिएको जनाइएको छ ।

सिरहा सुखीपुर नगरपालिका–९ बैशाखा घर भई हाल सर्लाही मलंगवा नगरपालिका–१० मा डेरा गरी बस्दै आएका यादवलाई गत फागुन ३ गते साँझ करिब ७:५५ बजे फोन गरेर बाहिर बोलाइएको थियो । उनी डेराबाट निस्किएको केही समयमै अज्ञात व्यक्तिबाट गोली प्रहार भएको थियो । गम्भीर घाइते यादवको उपचारका क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको थियो ।

अनुसन्धानबाट हत्या योजनाबद्ध रूपमा गरिएको खुल्न आएको प्रहरीले जनाएको छ । मधेश प्रदेश लोक सेवा आयोगको परीक्षामा प्रतिस्पर्धामा रहेका तथा वैकल्पिक सूचीमा परेका एक उम्मेदवारको योजनामा हत्या भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरिसकेको छ भने थप अनुसन्धान जारी रहेको जनाएको छ ।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

प्रहरी खबर 

कमाण्डो तालिमको दीक्षान्त समारोह सम्पन्न

चैत्र १८, २०८२
प्रहरी खबर 

प्रहरीको ‘अप्रिल फूल’ अभियान: क्यूआर कोड मार्फत सचेतना सन्देश

चैत्र १८, २०८२
प्रहरी खबर 

धनुषामा उत्कृष्ट कार्यका लागि प्रहरी निरीक्षक मनोज यादव सम्मानित

चैत्र ४, २०८२
प्रहरी खबर 

धनुषामा ठुलो परिमाणमा अवैध सामान बरामद

चैत्र २, २०८२
प्रहरी खबर 

अमेरिकाबाट पठाइएको रकम र जग्गा घोटाला: जनकपुरधाममा सामाजिक संस्थाका नेता नै ठगी अभियुक्त

माघ १०, २०८२
प्रहरी खबर 

धनुषाका प्रहरी निरीक्षक ओमप्रकाश यादव ‘महिनाको उत्कृष्ट प्रहरी’ सम्मानित

अशोज २६, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend