Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

पशुपति मन्दिर क्षेत्रमा ‘नन्द–भाउजु’को दादागिरी

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
फाल्गुन २५, २०८२
In विविध
0

पशुपति मन्दिर परिसरमा सरसफाइ कर्मचारी भन्दै धम्की र असुली

२५ फागुन,काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा बिहानै देखि श्राद्ध गर्ने भक्तजनहरूको चहल पहल देखिन्छ । यही भीडभाडको मौका छोपी दुई जना महिला कुचो बोकेर सफाइकर्मीको भेषमा त्यहाँ देखा पर्छन् । उनीहरूले पितृकार्य गर्न आएका मानिसहरूसँग जबर्जस्ती पैसा माग्ने गर्छन् । पैसा नदिए गालीगलौज गर्ने र दु:ख दिने गरेको गुनासो छ ।


श्राद्ध गराइरहेका पण्डितहरू समेत यस व्यवहारबाट वाक्क दिक्क भएका छन् । उनीहरूका अनुसार विरोध गरेमा श्राद्धका लागि ल्याइएका सामग्री समेत फालिदिने धम्की दिइन्छ । बाध्य भएर सहनु परेको पण्डितहरूको भनाइ छ ।हिन्दू धर्मावलम्बीहरूका लागि यो स्थल केवल एउटा मन्दिर होइन आस्थाको केन्द्र,जीवन–मरणसँग गाँसिएको पवित्र धरोहर हो ।


तर यही भीड, यही श्रद्धा र यही पवित्र वातावरणको आडमा एउटा फरक कथा पनि बुनिएको छ असहज, असुरक्षित र प्रश्न उठाउने खालको ।

मन्दिर परिसरभित्र सधैंजसो देखिने दुई महिला छन् । उनीहरुलाई ‘शान्ता’ र ‘अञ्जु’ नामले बोलाउने गरिन्छ । बाहिर बाट हेर्दा उनीहरू सरसफाइमा खटिएका कर्मचारीझैं देखिन्छन् । हातमा कुचो, काँधमा झोला, अनुहारमा कठोर भाव । धेरै श्रद्धालुहरू उनीहरूलाई पशुपति क्षेत्र विकास कोषका कर्मचारी ठान्छन् । उनीहरूको हिँडडुल, बोलाइ र व्यवहारले पनि त्यही संकेत गर्छ । तर वास्तविकता भने त्यति सरल छैन ।


उनीहरू विकास कोषका आधिकारिक कर्मचारी भने होइनन् । यद्यपि उनीहरू आफूलाई विकास कोषकै कर्मचारी हुँ भन्दै हिँड्छन् ।नयाँ कोही व्यक्ति आए भने उनीहरू धम्क्याउन पछि पर्दैनन् । प्राय: मादक पदार्थ सेवन गरेको अवस्थामा देखिने गरेका छन् । वास्तवमा उनीहरू पशुपति क्षेत्र विकास कोषका कर्मचारी नभएको थाहा भएको छ । यद्यपि, उनीहरू आफूलाई विकास कोषका कर्मचारी हुँ भन्दै हिँड्छन्, र यो कुरा सुन्दा वास्तविक कर्मचारीहरू भने चुपचाप मुस्कुराइरहेका देखिन्थे ।


अनुसन्धान गर्दै जाँदा शान्ता र अञ्जु नन्द भाउजु रहेछन् । उनीहरू नयाँ आउने श्रद्धालुहरूलाई नियालेर हेर्छन् । कोही अपरिचित देखियो भने नजिक पुग्छन् ।‘यहाँ बस्न पाइँदैन,’ ‘सरसफाइ शुल्क तिर्नु पर्छ,’ वा ‘विकास कोषको नियम हो’ यस्ता शब्दहरू उनीहरूको मुखबाट सजिलै निस्कन्छन् । कहिले सरसफाइको नाममा, कहिले विकास कोषको कर्मचारी भएको दाबी गर्दै उनीहरूले पैसा माग्छन् ।


यदि कसैले प्रश्न गर्यो भने चर्को स्वर गर्छन् । ‘हामी यहीँका कर्मचारी हौँ,’ भन्दै धम्क्याउने गरेको प्रभावित भएकाहरु बताउने गर्छन् । कहिले चिया खुवाउन आग्रह, कहिले सरसफाइ खर्चको बहाना बनाउने गरेका उनीहरु प्रति श्रद्धालुहरूले असहज महसुस गर्ने गरेका छन् ।


शान्ता र अञ्जु प्रतिनिधि पात्र मात्र हुन । करिब २५–३० जनाको समूह यसरी नै सक्रिय हुने गरेको छ । उनीहरु सार्वजनिक स्थानमै चुरोट सेवन गर्ने, नियम–कानूनको वास्ता नगर्ने, तर पशुपतिमा श्राद्ध गर्नेहरुलाई धम्क्याउने र पैसा माग्ने गरेको एक भक्तजनले गुनासो गरे ।


यस्तो पैसा असुल्ने, धम्क्याउने उनीहरुको समुहबारे श्रद्धालु भक्तजनहरु मात्रै होइन पशुपति विकास कोषका कर्मचारीहरु पनि जानकार छन् । पशुपति जस्तो पवित्र स्थलमा माग्नेहरुको जमात त उस्तै बढ्दो छ तर धम्क्याएर पैसा असुल गर्नेहरुको जमात पनि सक्रिय देखिने गरेको छ ।


पशुपति जस्तो पवित्र स्थलमा माग्नेहरूको संख्या जति बढ्दो छ, त्यति नै धम्की र दादागिरी शैलीमा पैसा असुल गर्नेहरूको जमात पनि बढ्दै गएको स्थानीय एक पूजा पसलले सुनाए ।यस विषयमा नेपाल न्यूज बैंकले प्रतिक्रिया माग्दा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीले कोषलाई यस्तो गतिविधि बारे औपचारिक जानकारी नभएको बताए ।


उनले भने, ‘विकास कोषलाई त्यस सम्बन्धमा अहिलेसम्म केही जानकारी आएको छैन । गुनासो पनि आएको छैन । अनुसन्धान गरेर आवश्यक प्रक्रिया अगाडि बढाउँछौं ।’पशुपति केवल एउटा धार्मिक स्थल होइन, राष्ट्रिय पहिचानको प्रतीक हो । यहाँ आउने हजारौं भक्तजनहरू शान्ति, सान्त्वना र आध्यात्मिक अनुभूति खोज्दै आउँछन् । तर यदि आस्थाको यही केन्द्रमा असुरक्षा, धम्की र अवैध असुलीको छायाँ गाढा बन्दै गयो भने त्यो केवल व्यक्तिगत पीडाको विषय हुँदैन यो व्यवस्थापन, सुरक्षा र नैतिकताको प्रश्न बन्छ ।


आस्था र विश्वास जोगाउन केवल आरती र पूजा मात्र पर्याप्त हुँदैन; पारदर्शिता, निगरानी र उत्तरदायित्व पनि उत्तिकै आवश्यक हुन्छ । पशुपतिको पवित्रता केवल मन्दिरको गृहमा सीमित छैन यो सम्पूर्ण परिसर, त्यहाँको व्यवहार र वातावरणसँग जोडिएको छ ।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

कैलाश–राक्सिराङमा गाँजा र अफिम खेती नगर्न प्रशासनको कडा चेतावनी

चैत्र १८, २०८२
विविध

मुग्लिन–नागढुंगा सडक राति तीन दिन बन्द हुने

चैत्र १८, २०८२
विविध

महेश बस्नेतलाई उम्कन नदिने चेतावनी : शोभा पाठक

चैत्र १८, २०८२
विविध

नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारको अपेक्षा

चैत्र १४, २०८२
विविध

नयाँ सरकारलाई विश्वभरका नेपालीको ज्ञान र सञ्जाल उपयोग गर्न फाउन्डेसनको आग्रह

चैत्र १३, २०८२
विविध

नेपाल न्यूज बैंककर्मी गौतम सहित दुई जनालाई एनआरएनए पुरस्कार

चैत्र ३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend