Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

बाजुराकी भण्डारीले बाटोमै जन्माइन् बच्चा

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
फाल्गुन २६, २०८२
In विविध
0

२६ फागुन,बाजुरा । बाजुराको स्वामी कार्तिक खापर गाउँपालिकामा एक गर्भवती महिलाले बिच बाटोमै बच्चा जन्माएकी छन् । सोही पालिकाको वडा नम्बर–२ भैसागाडकी २६ वर्षीया दोइला भण्डारीले बिच बाटोमै बच्चा जन्माएकी हुन् ।

सुत्केरी व्यथा लागे पछि बच्चा जन्माउन स्वास्थ्य संस्था जाँदै गर्दा उनले बिच बाटोमा बच्चा जन्माएकी हुन् । स्वास्थ्य संस्था टाढा हुँदा भण्डारीले बाटोमा बच्चा जन्माउनु परेको हो । भण्डारीले तेस्रो सन्तानको रूपमा छोरीलाई जन्मिएकी हुन् । उनका दुई छोरी समेत छन् ।

गाउँबाट फायल गाउँ आधारभूत स्वास्थ्य चौकी जाँदैगर्दा स्वास्थ्यकर्मीको सहायताले उनले बाटोमै बच्चाको जन्म दिइन् । सुत्केरी गराउन स्वास्थ्य संस्था लैजाँदैगर्दा भण्डारीले बाटोमै छोरी पाएको फायल गाउँ आधारभूत स्वास्थ्य चौकीकी स्वास्थ्यकर्मी विस्ना रोकायाले जानकारी दिइन् ।


उनका अनुसार,स्वास्थ्य संस्था पुग्न नसक्दा थुम्का सिउँड भन्ने ठाउँमा भण्डारीले बच्चा जन्माएको बताएकी छन् । अत्यधिक व्यथा बढेपछि बाटोमै प्रसूति गराइएको स्वास्थ्यकर्मी रोकायाले जानकारी दिएकी छन् । बाटोमै प्रसूति सेवा दिइएको स्वास्थ्यकर्मी रोकायाको भनाई छ । अहिले आमा र बच्चाको अवस्था सामान्य रहेको छ ।

स्थानीयको सहयोग र स्वास्थ्यकर्मी रोकायाको सक्रियतामा सुत्केरी महिला भण्डारीको सुरक्षित रूपमा प्रसूति गराइएको हो । स्वास्थ्यकर्मी रोकायाले आवश्यक सावधानी अपनाउँदै बाटो छेउमा रहेको गाई गोठ नजिकै सुरक्षित रूपमा बच्चा जन्माउन सहयोग गरेकी थिइन् ।


दुर्गम ठाउँमा स्वास्थ्य सेवा पहुँचको समस्याले बाटोमै बच्चा जन्माउने समस्या विकराल बन्दै गएको स्थानीय केशव भण्डारीले बताए ।उनका अनुसार,बाजुरामा पटक पटक नेतृत्व फेरिए पनि बाजुरा नफेरिएको जानकारी दिए।गाउँबाट स्वास्थ्य संस्था टाढा हुनु,यातायातको सुविधा नहुनुले दुर्गमका आमाहरू बाटोमै बच्चा जन्माउन बाध्य छन् ।

कठिन परिस्थितिमा धैर्यतापूर्वक सेवा दिँदै आमा र शिशुको ज्यान बचाउन सफल भएकी स्वास्थ्यकर्मी विष्णा रोकायाको प्रशंसा गरिएको छ ग्रामीण तथा दुर्गम क्षेत्रमा मातृ तथा शिशु स्वास्थ्य सेवा अझै सहज र पहुँचयोग्य बनाउन आवश्यक रहेको स्पष्ट देखिन्छ।बाजुरामा यो केवल एक उदाहरण मात्रै हो, यस्ता थुप्रै घटनाहरू बाजुरामा छन् ।

बाजुरामा बाटोमा सुत्केरी हुनेको यकिन तथ्याङ्क नभए पनि एक महिनामा दुई देखि तिन जना महिला बाटोमै सुत्केरी हुने गरेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । सरकारले हवाई उद्धार कार्यक्रम सञ्चालन गरे पनि बाजुराका आमाहरूले बाटोमै बच्चा जन्माउने र मर्ने क्रम रोकिएको छैन् ।

बाजुरामा भौगोलिक विकटता, गुणस्तरीय स्वास्थ्य सेवा पहुँचबाट वञ्चित, नियमित गर्भ जाँचको कमी, कडा परिश्रम, कम उमेरमै बच्चाको जन्म, पौष्टिक आहारको कमीलगायत कारणले सुत्केरीको ज्यान जोखिम पर्ने गरेको स्वास्थ्यकर्मीको भनाइ छ ।साथै सरकाले लागु गरेको सुत्केरी हवाई उद्धार बाजुरामा पनि प्रभावकारी बनाउन आवश्यक देखिन्छ ।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

कैलाश–राक्सिराङमा गाँजा र अफिम खेती नगर्न प्रशासनको कडा चेतावनी

चैत्र १८, २०८२
विविध

मुग्लिन–नागढुंगा सडक राति तीन दिन बन्द हुने

चैत्र १८, २०८२
विविध

महेश बस्नेतलाई उम्कन नदिने चेतावनी : शोभा पाठक

चैत्र १८, २०८२
विविध

नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारको अपेक्षा

चैत्र १४, २०८२
विविध

नयाँ सरकारलाई विश्वभरका नेपालीको ज्ञान र सञ्जाल उपयोग गर्न फाउन्डेसनको आग्रह

चैत्र १३, २०८२
विविध

नेपाल न्यूज बैंककर्मी गौतम सहित दुई जनालाई एनआरएनए पुरस्कार

चैत्र ३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend