Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

प्रहरी महानिरीक्षक डा. मनोज कुमार के.सी.द्वारा ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र’ को उद्घाटन

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
कार्तिक २०, २०८३
In प्रहरी खबर 
0

साइबर अपराध रोक्दै डिजिटल वित्तीय प्रणालीलाई सुरक्षित बनाउन एउटै भौतिक कक्षबाट २४ सै घण्टा सेवा प्रारम्भ

काठमाडौँ।नेपालमा दिनप्रतिदिन बढ्दै गएको साइबर अपराध र वित्तीय ठगीका घटनाहरूलाई प्रभावकारी रूपमा नियन्त्रण गर्दै देशको डिजिटल वित्तीय प्रणालीलाई सुरक्षित र विश्वसनीय बनाउने उद्देश्यका साथ ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र’ (IACSC) सञ्चालनमा ल्याइएको छ। मिति २०८३ कार्तिक २० गते प्रहरी महानिरीक्षक डा. मनोज कुमार के.सी.को प्रमुख आतिथ्यमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त केन्द्रको उद्घाटन गरी सेवा सञ्चालनमा ल्याइएको हो।

नेपाल सरकार (मन्त्रीस्तर) को मिति २०८३ असोज २३ गतेको निर्णयबाट स्वीकृत “एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र (IACSC) स्थापना र कार्यसञ्चालन सम्बन्धी दिग्दर्शन, २०८३” बमोजिम यस केन्द्रको औपचारिक स्थापना गरिएको हो। प्रहरी महानिरीक्षक डा. के.सी.ले साइबर अपराधका बदलिँदा स्वरूपहरूसँग लड्न र आम नागरिकको वित्तीय सुरक्षा सुनिश्चित गर्न यो एकीकृत संयन्त्र अत्यन्त महत्वपूर्ण र दूरगामी कदम हुने विश्वास व्यक्त गर्नु भएको छ।

यस केन्द्रको मुख्य विशेषता भनेको विभिन्न निकायहरू बिचको द्रुत र एकीकृत सहकार्य हो। अब नियामक निकाय, नेपाल प्रहरी, बैंक तथा वित्तीय संस्था, डिजिटल वालेट सेवा प्रदायक, दूरसञ्चार कम्पनी र इन्टरनेट सेवा प्रदायक (ISP) संस्थाहरूले एउटै भौतिक कक्षबाट एकीकृत रूपमा कार्य सम्पादन गर्नेछन्। यसरी सबै सम्बन्धित संस्थाहरू एकै ठाउँमा बसेर कार्य गर्दा साइबर स्क्याम र ठगीका घटनाहरू हुनासाथ यथाशीघ्र प्रतिकार्य गरी सम्भावित जोखिम तथा क्षतिलाई तत्काल घटाउन सम्भव हुनेछ।

यसैबिच साइबर ठगी सम्बन्धी उजुरी, गुनासो तथा सूचनाहरू २४ सै घण्टा प्राप्त गर्नका लागि केन्द्रमा चौबीसै घण्टा खटिने गरी सम्पर्क अधिकृतहरू तोकिएको छ। सर्वसाधारणले ठगीमा परेको थाहा पाउना साथ तत्काल उजुरी गर्न सकून् भन्ने हेतुले १२४७ (1247) आकस्मिक फोन नम्बरको समेत व्यवस्था गरिएको छ, जसले डिजिटल अपराध नियन्त्रणमा तत्काल ‘एक्सन’ लिन ठूलो सहयोग पुर्‍याउने छ ।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

प्रहरी खबर 

दानबहादुर कार्की आईजीपीबाट हटाइए, मनोजकुमार केसी बने नयाँ प्रहरी प्रमुख

कार्तिक १८, २०८३
प्रहरी खबर 

कमाण्डो तालिमको दीक्षान्त समारोह सम्पन्न

चैत्र १८, २०८२
प्रहरी खबर 

प्रहरीको ‘अप्रिल फूल’ अभियान: क्यूआर कोड मार्फत सचेतना सन्देश

चैत्र १८, २०८२
प्रहरी खबर 

धनुषामा उत्कृष्ट कार्यका लागि प्रहरी निरीक्षक मनोज यादव सम्मानित

चैत्र ४, २०८२
प्रहरी खबर 

धनुषामा ठुलो परिमाणमा अवैध सामान बरामद

चैत्र २, २०८२
प्रहरी खबर 

सर्लाहीमा सब–इन्जिनियर हत्या प्रकरणको अनुसन्धानमा खटिएका चार प्रहरी पुरस्कृत

फाल्गुन १६, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण : राष्ट्रिय हित र आर्थिक विकासमा केन्द्रित हुने अपेक्षा

कार्तिक २०, २०८३

आईजीपी बाट हटाउने सरकारको निर्णय विरुद्ध दानबहादुर कार्की सर्वोच्चमा, पुनर्बहालीको माग

कार्तिक २०, २०८३

मधेशमा नयाँ सत्ता समीकरणको तयारी, जसपा नेपालको नेतृत्वमा सरकार बनाउने छलफल तीव्र

कार्तिक २०, २०८३

आज धन त्रयोदशी (धनतेरस), प्रदोष व्रत तथा यमदीपदान मनाइँदै

कार्तिक २०, २०८३

प्रहरी महानिरीक्षक डा. मनोज कुमार के.सी.द्वारा ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र’ को उद्घाटन

कार्तिक २०, २०८३

दानबहादुर कार्की आईजीपीबाट हटाइए, मनोजकुमार केसी बने नयाँ प्रहरी प्रमुख

कार्तिक १८, २०८३

स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा मटिहानी नगरपालिका लगातार तेस्रो वर्ष जिल्लामा दोस्रो

कार्तिक १७, २०८३

सगरमाथा क्षेत्रमा दुई हेलिकप्टर आकाशमै ठोक्किए, भारतीय पर्यटकको मृत्यु, तीन जना घाइते

कार्तिक १७, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend