जनकपुर,जेष्ठ २२
देश मै लौकडाउन को गम्भीर कानुनी स्थिति मा जनकपुरधाम का नागरिक हरु पनि (covid-19) जस्तो गम्भीर महामारी बाट मात्र त्रसित छैनन, अपितु बेरोजगारि,भुखमरी,कर्जा,यहाँ सम्म कि कतिपय व्यापारी हरु टाट पल्टेर दु:खी भई बर्बाद समेत भै सकेका छन्।
संघीय सरकार संग परेशान तथा प्रदेश सरकार संग निराश नागरिक तथा व्यापारी हरु ले स्थानीय प्रशासन संग पसलहरु खोल्न दिन आग्रह गरि रहेको बखत आज बिहान आफ्नो पसल को साफ सफाई गर्ने क्रम मा जनकपुरका एक व्यापारी आफ्ना बाबु समेत् कुटिएका छन्।
गिता गिफ्ट हाउसका संचालक श्याम चौधरी लाई मुर्छा हुने गरि प्रहरी ले ढाड सेकेका छन्। स्थानीय प्रत्यक्षदर्शी का भनाइ अनुसार आज लॉकडाउन को “अवज्ञा” गरेर जनक चौक को बाटो मा हिड्ने साधारण जनताहरु पनि पिटिएका थिए ।व्यापारी श्याम तथा अन्य नागरिकहरु लाई निलडाम हुने गरि कुटपिट गर्दै गरेको भिडियो विभिन्न समाजिक सञ्जालमा भाइरल भएको छ ।
वर्तमान अवस्थामा चर्चित यस विषय लाई लिएर श्याम चौधरी र उनका वुवा झगरु चौधरीलाई कुटपिट गर्ने जानकी चौकी का प्रहरी सहायक निरीक्षक मेरुलाल गुप्ता र प्रहरी जवान दिपक यादव लाई जिल्ला प्रहरी कार्यालय धनुषा ले कारवाहीको लागि आवश्यक प्रक्रिया शुरु गरि सकेको बताइको छ।



















आफ्नो प्रतिकृया दिनुहोस्