२९चैत्र,जनकपुरधाम: जनकपुर धाम उधोग वाणिज्य संघ को वरिष्ठ उपाध्यक्ष पदमा मनिष रमण साह चुनिएका छन्।जनकपुरधाम उधोग वाणिज्य संघ को अध्यक्ष सहितको विभिन्न पदमा २८ गते शनिवार भएको निर्वाचनमा राति ११ बजे देखि मतगणना शुरु भएको नतिजामा साहले उनका प्रतिद्वन्धि सुरेन्द भण्डारीलाई ४५ मतले पराजित गर्दै विजयी भएका हुन् ।

त्यस्तै अध्यक्ष पदमा जितेन्द्र कुमार महासेठ तथा उपाध्यक्षमा अम्भु प्रसद साह विजयी भएका छन् भने महासचिव को लागि मनोज साह तथा कोषाध्यक्ष पदमा परमेश्वर साह निर्वाचित भएका छन्। जम्मा ४४११ मतदान पत्र को नतिजा आज आइतवार बेलुकी आएको हो ।






















आफ्नो प्रतिकृया दिनुहोस्