जनकपुरधाम,२ असार(आशिष कुमार मंडल) : पहिलो पटक केन्द्रिय मंत्री बनेका संस्कृति पर्यटन तथा नागरिक उड्ययन मंत्री उमाशंकर अरगरिया लाई आज गृहजिल्ला धनुषामा कार्यकर्ता र शुभेच्छुक द्वारा स्वागत गरिएको छ ।मंत्री बनेपछि विभिन्न उद्घाटन र कार्यक्रममा सहभागी हुन पहिलो पटक गृहजिल्ला आउनुभएका मन्त्री अरगरियालाई जनकपुरधामका विभिन्न स्थानमा सयौं कार्यकर्ताले भब्य स्वागत गरेका थिए ।


सोहि क्रममा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्बाट पनि उनलाई स्वागत गरिएको थियो। मंत्री अरगरियालाई यात्री निवासको सभा हौलमा उक्त कार्यालयको तर्फ कार्यकारी निर्देशक बलराम ठाकुर ले स्वागत एवं सम्मान गरेका थिए। सो कार्यक्रममा मंत्री अरगरियाले कोरोना महामारी का कारण धरासायी बनेका पर्यटन क्षेत्र को विकाश संग सम्पूर्ण संस्कृतिक मौलिकता रहेका पहिचान हरु लाई आफुले उकास्न कोइ कमि नराख्ने बताएका छन्।

यस्तै उनले जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सुचीकृत गर्न कार्यदल गठन गर्ने निर्णय पहिलो बैठक बाटनै गरिसकेको तथा नागरिक उड्ययन प्राधिकरण संग सम्बन्धित को नीति जसरी भए पनि सुधार गर्न आवश्यक गाइड लाइन दि सकेको भनेका छन्।। बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् को सभा कक्षमा स्वागत भाषण पार्टी का वरिष्ठ कार्यकर्ता संजय कुमार चौधरी (संगम) ले गरेका थिए भने सो क्रममा मन्त्री अरगरिया समक्ष यस क्षेत्रको विकास निर्माणबारे पहल गर्न कार्यकर्ता र शुभेच्छुकले माग गरेका छन् ।



















आफ्नो प्रतिकृया दिनुहोस्