मंसिर २६ कात्तिक, चितवन : प्रधानमन्त्री शेरबहादुर देउवाले गैँडाकोटका सामाजिक तथा राजनीतिक व्यक्तित्व स्व तिलक प्रसाद सापकोटाको निधनमा शोक व्यक्त गर्नु भएको छ । यही कात्तिक २३ गते निधन हुनुभएका उहाँको परिवारजनमा समवेदना प्रकट गर्न प्रधानमन्त्री देउवा गैँडाकोट स्थित सापकोटा निवास पुग्नु भएको हो । नेपाली कांग्रेसको राजनीतिमा स्व. सापकोटाले पुर्याउनु भएको योगदान प्रति आभार प्रकट गर्दै उहाँको निधनले समग्र पार्टीमा ठूलो क्षति पुगेको प्रधानमन्त्री देउवाले बताउनु भयो ।

सापकोटा द्वारा प्रकाशित पुस्तकमा नवलपरासीको गैँडाकोटलाई आत्मनिर्भर, उद्यमशील र प्राकृतिक स्रोत साधनका हिसाबमा हराभरा बनाउनमा सापकोटाको योगदान जति उल्लेखनीय छ, त्यत्तिकै युवा सशक्तीकरण, जनचेतना र शैक्षिक प्रवर्दनका दृष्टिमा पनि अतुलनीय उहाँले सो पुस्तकमा लेख्नु भएको लेखमा चर्चा गर्नु भएको छ ।

सो अवसरमा कांग्रेसका नेता प्रा. डा. शशांक कोइराला, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, गण्डकी प्रदेशका पर्यटन मन्त्री मणिभद्र कँडेल, नेपाली कांग्रेस नवलपरासीका सभापति महेन्द्र ध्वज जिसी लगायतको उपस्थिति थियो । गैँडाकोट नगरपालिका–८ का स्थायी बासिन्दा सापकोटा राजनीति र सामाजिक क्षेत्रमा नवलपरासी जिल्लाको अग्रणी व्यक्तित्व हुनु हुन्थ्यो । विसं २००१ माघ १७ गते बाग्लुङको दमेकमा जन्मिनु भएका उहाँ नवलपरासीमा नेपाली कांग्रेसका अग्रज नेताका रूपमा चिनिनु हुन्थ्यो । सापकोटा दम रोगबाट ग्रसित हुनु हुन्थ्यो ।(रासस)



















आफ्नो प्रतिकृया दिनुहोस्