८ मंसिर,जनकपुरधाम : (आशिष कुमार मण्डल) बृहत्तर जनकपुर क्षेत्र विकाश परिषदमा चार वर्ष कार्यकाल पुरा गर्नु भएका कार्यकारी निर्देशक बलराम ठाकुरलाई परिषदले विदाई गरेको छ । परिषदका कर्मचारीहरुले निर्देशक ठाकुरको सेवा अवधि समाप्त हुदाँ विहिवार एक विदाई कार्यक्रम आयोजना गरी वहाँलाई विदाई गरेका हुन् । २०७५ मंसिर ४ गते नियुक्ति पाएका निर्देशक ठाकुरको चार वर्षे कार्यकाल २०७९ मंसिर ५ गते बाट सकिएको छ ।

सो अवसरमा परिषदका अध्यक्ष शितल साहले निर्देशक बलराम ठाकुरले प्रस्ट काम गरेको तथा आगामी दिनको लागि सकारात्मक कार्यको शुभकामना दिदैं निर्देशक ठाकुरलाई कार्यअवधिमा गरेको काम प्रति धन्यवाद जनाएका थिए। उक्त बिदाई कार्यक्रममा बोल्दै ठाकुरले परिषदमा कम बजेट भएता पनि सबै कर्मचारीको सामुहिक प्रयासबाट मात्रै आफु काम गर्न सफल भएको तर परिषदको हितकै लागि आफुले केही कुरामा अडान लिएको ठाकुरले बताए ।

आफु एउटा विशुद्ध एकेडमी बाट आएको हुदाँ काम गर्ने बखत कुनै गल्ति भएको होला तर मान्छे बाटै गल्ति हुन्छन र यहाँ गरेको कार्य मेरो लागि एउटा पाठ भएको ठाकुरले जनाए। सो विदाई कार्यक्रममा वरिष्ठ प्रशासकीय अधिकृत चिरन्जीवी शर्मा ढुंगाना ,लेखापाल अशोक ठाकुर ,खरिदार मदन चौधरीले आ-आफ्नो मन्तव्य राखेका थिए।

साथै उक्त विदाई कार्यक्रममा परिषदका अध्यक्ष शितल साहले निर्देशक ठाकुरलाई दोषल्ला ओढाई सम्मान गरेका थिए भने उपस्थित कर्मचारीद्वय प्रशासकीय अधिकृत जितेन्द्र कुमार यादव ,संजय कुमार मण्डल ,सरोज निधि ,धनीराम मण्डल लगायतले जानकी मन्दिरको चिनो दिएर ठाकुरको विदाई गरेका थिए ।




















आफ्नो प्रतिकृया दिनुहोस्