Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

सार्वजनिक शौचालय र प्रतीक्षालय हस्तान्तरण

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार ७, २०८०
In विविध
0

चितवन, ७ असार : भरतपुर महानगरपालिका–१ आँपटारीमा निर्माण गरिएको सार्वजनिक शौचालय र यात्रु प्रतीक्षालय सामुदायिक वनलाई हस्तान्तरण गरिएको छ । बागमती प्रदेश सरकार खानेपानी तथा सरसफाइ डिभिजन नम्बर १ मकवानपुरले निर्माण गरेको शौचालय र लायन्स क्लबले निर्माण गरेको कुरुवा घर एवं प्रतीक्षालय जलदेवी सामुदायिक वनलाई हस्तान्तरण गरिएको हो । महानगरपालिका प्रमुख रेनु दाहालले आज एक कार्यक्रममा भरतपुर महानगर सहरी क्षेत्रमा स्मार्ट शौचालय निर्माण गर्ने योजनामा रहेको बताउनुभयो ।

मुख्यतः नारायणी नदी किनार, वीरेन्द्र क्याम्पस गेट र चौबीसकोठीमा स्मार्ट शौचालय निर्माण गर्न लागिएको उहाँले जानकारी दिनुभयो । यात्रुहरूलाई समस्या नहुने गरी महानगरलाई स्वच्छ राख्न सवारीसाधनको चाप बढी हुने स्थानमा सार्वजनिक शौचालय निर्माण गर्न लागिएको दाहालले बताउनुभयो । शौचालय निर्माणसँगै सञ्चालनको प्रक्रिया चुनौतीपूर्ण हुने भन्दै उहाँले यसलाई दिगोरूपमा सञ्चालन गर्नु जरुरी रहेको बताउनुभयो ।

खानेपानी तथा सरसफाइ डिभिजन नं १ को रु ३२ लाख २० हजार दुई सय एकको लागतमा निर्माण गरिएको शौचालय र लायन्स क्लबको रु १० लाख ९० हजारको लागतमा निर्माण गरिएको प्रतीक्षालय एवं कुरुवाघर सामुदायिक वनका अध्यक्ष माधव देवकोटालाई हस्तान्तरण गरिएको हो । डिभिजन नं १ का प्रमुख इन्जिनियर सन्तोषकुमार श्रेष्ठले जिल्लाका तीन स्थानमा शौचालय निर्माणको काम गरेको बताउनुभयो । आँपटारी, देवघाट र मुग्लिनमा सार्वजनिक शौचालय निर्माणको काम गरिएको उहाँले जानकारी दिनुभयो ।

यात्रुलाई शौच गर्न सहज होस् भनी राजमार्गमा शौचालय निर्माणको काम गरिएको हो । आँपटारी र देवघाटको सञ्चालनमा आएको र मुग्लिनको सञ्चालन तयारीमा रहेको उहाँको भनाइ थियो । यस कार्यालयले जिल्लामा १३ वटा ठूला खानेपानी आयोजनाको काम गरिरहेको छ । हस्तान्तरण कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले यात्रुले सेवा लिने ठाउँ भएकाले यसको सरसफाइमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । (रासस)

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

कैलाश–राक्सिराङमा गाँजा र अफिम खेती नगर्न प्रशासनको कडा चेतावनी

चैत्र १८, २०८२
विविध

मुग्लिन–नागढुंगा सडक राति तीन दिन बन्द हुने

चैत्र १८, २०८२
विविध

महेश बस्नेतलाई उम्कन नदिने चेतावनी : शोभा पाठक

चैत्र १८, २०८२
विविध

नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारको अपेक्षा

चैत्र १४, २०८२
विविध

नयाँ सरकारलाई विश्वभरका नेपालीको ज्ञान र सञ्जाल उपयोग गर्न फाउन्डेसनको आग्रह

चैत्र १३, २०८२
विविध

नेपाल न्यूज बैंककर्मी गौतम सहित दुई जनालाई एनआरएनए पुरस्कार

चैत्र ३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

जनकपुरधाम उपमहानगरद्वारा बाढीपीडितलाई साढे ६ लाख २५ हजार बराबरको चामल सहयोग

भदौ १५, २०८३

रसुवा बाढी: उद्धार तीव्र, ११ हजारभन्दा बढीको उद्धार र राहत वितरण जारी

भदौ १५, २०८३

विपदमा नागरिकको अभिभावक बनेर सरकार उभिएको छ” ! प्रधानमन्त्री बालेन्द्र शाह

भदौ १४, २०८३

Starlink अघि सर्‍यो : नेपालमा निःशुल्क आपत्कालीन इन्टरनेट दिन तयार

भदौ १४, २०८३

विपद्‌मा विच्छेद: प्रविधिको युगमा नीतिगत अडानले खोस्यो उद्धारको अवसर

भदौ १३, २०८३

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend