काठमाडौं : सामाजिक संजाल टिकटक माथि लगाएको प्रतिबन्ध हटाउन सांसदले माग गरेका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकको शून्य समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशिम साहले अपराध र विकृति नियन्त्रण गर्न भनेर टिकटक माथि लगाइएको प्रतिबन्धको औचित्य पुष्टि हुन नसेकेको भन्दै सरकार सँग निर्णय फिर्ता लिन माग गरे ।
‘गत कात्तिक २७ गते सम्म प्रतिबन्ध अघि ९० लाखले टिकटक चलाइरहेका थिए भने अहिले भीपीएन बाट ५० लाखले चलाइरहेको अनौपचारिक तथ्यांक छ । टिकटकको विकल्पमा फेसबुक र इन्टामा रिल चलिरहेको छ । अपराध र विकृति फैलिएको भन्दै टिकटकमा लगाएको प्रतिवेदन के भयो ?’ साहले प्रश्न गरे ।

सांसद साहले सरकारले लगाएको प्रतिबन्धको कारण दुरसंचार प्रदायक कम्पनीले डाटाबाट अरबौं रुपैयाँ गुमाउनु परेको र टिकटक बाट साना व्यापारीले गरिरहेको व्यापार घट्दा ति व्यवसायीहरु मर्कामा परेका तथा विस्थापित भएको धारणा राखे ।
उनले अन्य सामाजिक संजाल संचालन गर्न दिने तर टिकटक लाई मात्र प्रतिबन्ध लगाउने विषय मान्य नहुने समेत बताए ।सरकारले २०८० कात्तिक २७ बाट टिकटक माथि प्रतिबन्ध लगाएको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्