Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

आज गाईजात्रा, देशभर विभिन्न कार्यक्रको आयोजना गरी मनाइँदै

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
साउन २५, २०८२
In पर्व
0

२५ साउन,काठमाडौँ। आज गाईजात्रा पर्व । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदा देखि अष्टमी सम्म आठ दिन मनाइने परम्परागत पर्व ‘गाईजात्रा’ आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।गाईजात्रा खासगरी एक वर्ष भित्र दिवङ्गत भएका आफन्तको सम्झनामा मनाइने गरिन्छ ।

गाई र जात्रा अर्थात् यस दिन माता र पृथ्वीको रूपमा हिन्दु संस्कारमा पूजनीय गाई को जात्रा पनि हो । इतिहासका पन्नाहरुमा लेखिएका र किंवदन्तिहरुका अनुसार यस दिन काठमाडौँ उपत्यका वासीहरूले यम अर्थात् मृत्युका देवता यमराजलाई पूजा गर्ने गर्दछन् ।

आजको दिन दिवंगत आफन्तको सम्झनामा गाई वा गाईको भेषमा सजिएका मानिसलाई आ–आफ्नो क्षेत्रमा परिक्रमा गराउने गरिन्छ। धार्मिक विश्वास अनुसार, यसरी नगर परिक्रमा गर्दा मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी नदी पार गर्छन्।

यस पर्वको सुरुवात राजा प्रताप मल्लको पाला देखि भएको मानिन्छ। विक्रम संवत् १६४१ देखि १६६४ मा राजा प्रताप मल्लको नाबालक छोराको निधनले उनकी रानीलाई परेको वियोगको शोकका कारण विक्षिप्त बनेकी थिइन् र धेरै समय बितिसक्दा पनि सामान्य जीवनयापन र राजकाजमा नफर्किएर एक्लै टोलाएर बस्ने गरेकी थिइन् ।

पुत्रशोकमा डुबेकी आफ्नी रानीलाई सान्त्वना दिन राजाले जनतालाई आफ्ना दिवंगत व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउन आदेश दिएका थिए। जब रानीले धेरै मानिसले पनि यस्तै शोक व्यहोरेको देखिन्, तब उनको मनमा शान्ति मिलेको जनविश्वास छ।

त्यसपछि रानीको मन थप शान्त पार्न राजाले हास्य व्यङ्ग्यका कार्यक्रमहरू गराउने आदेश दिएको र त्यसै बेला देखि हास्य व्यङ्ग्यको प्रचलन चलेको मानिन्छ।आजको दिन गाईजात्रा निकाल्दा गाईलाई अघि अघि लाएर जात्रा निकालिन्छ र यदि गाई नभएमा कुमार केटोलाई गाई जस्तै बनाएर अघि लाइन्छ ।

विभिन्न मुखुण्डो र रङ्गीचङ्गी पोसाक लगाएका मान्छेहरू बाजागाजाका साथ बेग्लै खाले ध्वजा पताकाहरू तथा बितेका आफन्तजनको तस्बिर सहित जात्रामा समावेश हुन्छन् ।गाईजात्रा काठमाडौं उपत्यका सहित बनेपा, धुलिखेल, पोखरा, इलाम, धरान, विराटनगर लगायत नेवार समुदायको बाहुल्य भएका सहरहरूमा मनाइन्छ। सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ।

  • 13shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

पर्व

आस्था र श्रद्धाको पर्व ‘चैती छठ’ मिथिलाञ्चलमा सुरु: जलाशयहरूमा बढ्यो चहलपहल

चैत्र ८, २०८२
पर्व

आजवाट होली पर्व आरम्भ,बसन्तपुरमा चीर ठड्याइयो

फाल्गुन १२, २०८२
पर्व

कञ्चनवनमा ‘होरी उत्सव’ सँगै मिथिलामा होलीको रौनकता शुरु

फाल्गुन ११, २०८२
पर्व

दियावती पर्वको शुरुवात, आज साँझ देखि धनतेरस

कार्तिक १, २०८२
पर्व

भाइटीकाको शुभ साइत सार्वजनिक, विभिन्न देशका लागि छुट्टाछुट्टै समय निर्धारण

अशोज ३०, २०८२
पर्व

जनकपुरधाममा विश्वकर्मा पूजा सम्पन्न, सफाई वाहन र दमकलको पनि पूजा

अशोज २, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend