११ भदौ,रौतहट। बाराको आधाभार जंगलमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।बाघको आक्रमणमा परी जितपुर सिमरा उपमहानगरपालिका–२२ दुई नं. पुल निवासी ५५ वर्षीय कृष्ण प्रसाद शर्मा रहेको प्रहरीले जानकारी दिएको छ ।
घाँस काट्न गएका शर्मा घर नफर्किए पछि आफन्तले खोजतलास गर्दा आधाभार जंगलमा स्कुटी र घाँस भेटिएको थियो ।उनीहरुले प्रहरीलाई खबर गरे पछि नेपाली सेना सहितको टोली घटना स्थलमा पुगेको हो । त्यस पछि प्रहरीले खोजतलास गर्ने क्रममा त्यही क्षेत्रमा चप्पल र केही रगतको दाग भेटिएको थियो।

शवको टाउको नभएको र बाघले आक्रमण गरेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।शवलाई पोस्टमार्टमका लागि प्रादेशीक अस्पताल कलैयामा पठाइएको जिल्ला प्रहरी कार्यलय बाराले जानकारी दिएको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्