जनकपुर। भाद्र शुक्ल सप्तमी देखि १६ दिन सम्मको महालक्ष्मीको व्रतारम्भ हुँदैछ ।यी १६ दिनमा निष्ठापूर्वक लक्ष्मीमाताको उपासना गर्ने उपासकले धन र समृद्धि प्राप्त गर्ने मान्यता रहेको हुनाले देवी महालक्ष्मीलाई प्रसन्न गराउने अवसरका रुपमा पनि यस पर्वलाई लिन सकिन्छ ।
आज देखि १६ दिन अर्थात् आश्विन कृष्ण सप्तमी सम्म विधिपूर्वक यो व्रत गरिन्छ । यस वर्ष असोज १९ गते शुक्रबार सम्म यो व्रत गरिन्छ । यो व्रतका क्रममा ब्रह्मचार्यमा रहनु पर्ने, भूमिमा सुतेर व्रत पूरा गर्नुपर्ने नियम छ ।
दुध, चन्दन र दुग्धजन्य पदार्थहरुले लक्ष्मीमाताको पूजन गरिन्छ, कमलको दाना भएको माला जप्दै लक्ष्मीमाताको अर्चना गरिन्छ भने यस १६ दिनका क्रममा सात मुखे रुद्राक्ष लगाउनु अत्यन्त फलदायी मानिन्छ । यो व्रतका प्रभावले मृत्यु पछि पनि दिव्यधाम प्राप्त हुने, अलक्ष्मी नाश हुने पनि मान्यता रहि आएको छ ।
समुन्द्र मन्थनका क्रममा क्षीर सागरमा उत्पन्न लक्ष्मी देवीको शुभबिवाह भगवान विष्णु संग भएको हो । कमलको फूलमा आसन्न रहेकी देवी लक्ष्मीको हत्केला बाट हरेकवखत धातुका सिक्काहरु खस्दछन्, यि बिम्बलाई केलाएर हेर्ने हो भने लक्ष्मी धनकी देवी कोमल मन अनि सहज उपस्थितीकी प्रतिमा हुन् ।



















आफ्नो प्रतिकृया दिनुहोस्