काठमाडौं । सनातन धर्मावलम्बीहरूको महान् पर्व तिहार अन्तर्गतको भाइटीका पर्वका लागि अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशहरूमा फरक–फरक शुभ साइत सार्वजनिक गरेको छ ।समितिको आज बसेको बैठकले तिथिमान, नक्षत्र र भौगोलिक स्थानका आधारमा विश्वभरका प्रमुख शहरहरूमा भाइटीका लगाउने उपयुक्त समय निर्धारण गरेको हो ।
समितिका अनुसार नेपालमा भाइटीका २०८२ साल कार्तिक ६ गते बिहान ११ः३९ बजे लगाउन शुभ मानिएको छ । यस्तै भारतको नयाँ दिल्लीमा अक्टोबर २३, २०२५ मा बिहान ११:५५ बजे, अमेरिकाको न्यूयोर्कमा ११:५५ बजे, र बेलायतको लन्डनमा ११:३७ बजे साइत शुभ ठहर गरिएको छ ।
युरोप र अमेरिकाका अन्य शहरहरूका लागि साइत यसप्रकार छन् —
पेरिस (फ्रान्स): बिहान ११:२१
फ्र्याङ्कफर्ट (जर्मनी): बिहान ११:४३
डेनमार्क: बिहान ११:२५
ओस्लो (नर्वे): बिहान ११:४३
जेनेभा (स्विट्जरल्याण्ड): बिहान ११:४५
टोरन्टो र भ्यानकुभर (क्यानाडा): बिहान ११:२५
टेक्सास (अमेरिका): बिहान ११:५७
क्यालिफोर्निया: बिहान ११:४१
सिकागो: बिहान ११:३५
अस्ट्रेलियाका सिड्नी, मेलबर्न, ब्रिसबेन, एडिलेड र पर्थमा भने भाइटीका अक्टोबर २२ का दिन पर्ने भएकाले सोही अनुसार साइत निर्धारण गरिएको छ ।
एशियाली देशहरूका लागि साइत यसरी निर्धारण गरिएको छ —
टोकियो (जापान): बिहान ११:४२
सियोल (दक्षिण कोरिया): बिहान ११:२१
सिंगापुर: बिहान ११:५८
क्वालालम्पुर (मलेसिया): बिहान ११:५७
बैंकक (थाइल्यान्ड): बिहान ११:४१
याङ्गुन (म्यानमार): बिहान ११:५५
अबुधाबी (युएई): बिहान ११:५५
दोहा (कतार): बिहान ११:५५
तेल अभिभ (इजरायल): बिहान ११:४५
‘विश्व ज्योतिष महासंघ’ र ‘अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समिति’ दुबै संस्थाले यस अवसरमा सम्पूर्ण सनातन धर्मावलम्बीहरूलाई तिहार तथा शुभ दीपावली २०८२ का लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् ।समितिले प्रकाशित शुभ साइतलाई “सबैभन्दा उपयुक्त समय” को रूपमा व्याख्या गर्दै, व्यक्तिगत सुविधा अनुसार सोही दिन अन्य समयमा पनि भाइटीका लगाउन सकिने स्पष्ट पारेको छ ।




















आफ्नो प्रतिकृया दिनुहोस्