Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

जनकपुरधाम उपमहानगरद्वारा बाढीपीडितलाई साढे ६ लाख २५ हजार बराबरको चामल सहयोग

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ १५, २०८३
In स्थानीय
0

१५ भदौ ,कृष्ण तृतिया,(आशिष कुमार मण्डल),जनकपुरधाम : भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढी तथा लेदो (Flash Flood) बाट प्रभावित भएका नागरिकका लागि जनकपुरधाम उपमहानगरपालिकाले राहत सहयोगको घोषणा गरेको छ। गत आइतबारको अविरल वर्षापछि आएको अकल्पनीय बाढीले पुर्‍याएको क्षतिको सामना गरिरहेका पीडित परिवारहरूका लागि उपमहानगरपालिकाले तत्काल ६ लाख २५ हजार रूपैयाँ बराबरको ३०० बोराको हाराहारीमा चामल उपलब्ध गराउने निर्णय गरेको हो।

हालै आएको उक्त भीषण विपत्तिका कारण मुख्यगरी देहायका जिल्ला र क्षेत्रहरू अति प्रभावित बनेका छन्:

रसुवा जिल्ला: टिमुरे, रसुवागढी, स्याफूबेसी, हाकुबेसी, मैलुङ र शान्तिबजार क्षेत्र।

नुवाकोट जिल्ला: बेत्रावती, त्रिशूली बजार र नदी किनारका तटीय बस्तीहरू।

धादिङ जिल्ला: त्रिशूली नदी आसपासका तटीय क्षेत्रहरू।

गोर्खा र चितवन जिल्ला: त्रिशूली र नारायणी नदी तटीय क्षेत्रका तल्लो भागहरू।

अचानक आएको बाढीले ती क्षेत्रमा कैयौँ घरपरिवार विस्थापित हुनुका साथै ठूलो भौतिक क्षति पुर्‍याएको छ। संकटको यस घडीमा मधेस प्रदेशको जनकपुरधाम उपमहानगरपालिकाले ऐक्यबद्धता जनाउँदै राहतको प्रबन्ध मिलाएको हो।

सहयोग बारे जानकारी दिँदै जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले बाढीपीडितको साथमा उपमहानगरपालिका रहेको बताए। “आइतबार आएको अकल्पनीय र भयङ्कर विपत्तिले धेरै परिवारलाई प्रभावित बनाएको छ,” नगर प्रमुख साहले भने, “विपत्तिमा परेका पीडितहरूलाई तत्काल खाद्यान्नको समस्या नहोस् भन्नका लागि उपमहानगरपालिकाका तर्फबाट करिब ३०० बोरा (साढे ६ लाख रूपैयाँ बराबरको) चामल प्रदान गर्ने निर्णय गरेका छौँ।”

नगर प्रमुख साहले विपत्तिको समयमा सबै क्षेत्र, संघ-संस्था तथा नागरिकहरूलाई एकबद्ध भई राहत र उद्धारमा जुट्न अपिल समेत गरेका छन्। उपमहानगरपालिकाले प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरी वास्तविक बाढीपीडितहरू सम्म शीघ्र सहायता पुर्‍याउने प्रतिबद्धता जनाएको छ।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

स्थानीय

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३
स्थानीय

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२
स्थानीय

काठमाडौं महानगरले वैशाख १ गते देखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने

चैत्र १९, २०८२
स्थानीय

गंगासागर क्षेत्रका अवैध टहरा हटाइयो, फुटपाथ पसलमा डोजर अभियान तीव्र

चैत्र १६, २०८२
स्थानीय

कार्यसम्पादन मूल्याङ्कनमा रौतहटको गौर नगरपालिका जिल्लामै प्रथम

फाल्गुन १, २०८२
स्थानीय

अब जाममुक्त बन्दै जनकपुरधाम: रामानन्द चौक–जनक चौक खण्डमा ‘वान-वे’ नियम लागू

माघ २१, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

जनकपुरधाम उपमहानगरद्वारा बाढीपीडितलाई साढे ६ लाख २५ हजार बराबरको चामल सहयोग

भदौ १५, २०८३

रसुवा बाढी: उद्धार तीव्र, ११ हजारभन्दा बढीको उद्धार र राहत वितरण जारी

भदौ १५, २०८३

विपदमा नागरिकको अभिभावक बनेर सरकार उभिएको छ” ! प्रधानमन्त्री बालेन्द्र शाह

भदौ १४, २०८३

Starlink अघि सर्‍यो : नेपालमा निःशुल्क आपत्कालीन इन्टरनेट दिन तयार

भदौ १४, २०८३

विपद्‌मा विच्छेद: प्रविधिको युगमा नीतिगत अडानले खोस्यो उद्धारको अवसर

भदौ १३, २०८३

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal