Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

नागरिक उड्डयन क्षेत्रको सुधारका लागि दुई विधेयक प्रतिनिधि सभामा दर्ता

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
अशोज २३, २०८३
In प्रतिनिधि सभा
0

२३ असोज,असोज कृष्ण चतुर्दशी,काठमाडौं । नेपालको नागरिक उड्डयन क्षेत्रलाई सुरक्षित, व्यवस्थित, भरपर्दो र सर्वसुलभ बनाउने उद्देश्यले दुई महत्वपूर्ण विधेयक प्रतिनिधि सभामा दर्ता भएका छन्। नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८३ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८३ मार्फत नागरिक उड्डयन क्षेत्रको संस्थागत संरचनामा सुधार गर्ने प्रस्ताव गरिएको छ।

प्रस्तावित विधेयकले हवाई सेवा सञ्चालन गर्ने निकाय र त्यसको नियमन तथा सुरक्षा सुपरीवेक्षण गर्ने निकायलाई अलग-अलग बनाउने व्यवस्था अघि सारेका छन्। सेवा प्रदायक र नियामकको जिम्मेवारी छुट्याउँदा सम्भावित स्वार्थको द्वन्द्व न्यूनीकरण हुनुका साथै नियमन प्रणालीलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रस्तावित व्यवस्था अनुसार नेपाल हवाई सेवा प्राधिकरणले विमानस्थलको पूर्वाधार निर्माण तथा सञ्चालन, एयर नेभिगेशन, प्राविधिक सेवा, उडान सुरक्षा र जोखिम व्यवस्थापन लगायतका जिम्मेवारी सम्हाल्ने छ। त्यस्तै, नेपाल नागरिक उड्डयन प्राधिकरणले इजाजतपत्र तथा प्रमाणपत्र जारी गर्ने, मापदण्ड निर्धारण गर्ने, नियमन गर्ने, सुरक्षा सुपरीवेक्षण गर्ने र अन्तर्राष्ट्रिय दायित्व सम्बन्धी कार्य गर्ने भूमिका निर्वाह गर्नेछ।

यी विधेयक मार्फत नागरिक उड्डयन क्षेत्रको जिम्मेवारी स्पष्ट पार्दै संस्थागत कार्यसम्पादन र सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने लक्ष्य राखिएको छ। प्रस्तावित कानुनी व्यवस्था कार्यान्वयनमा आएमा नेपालको नागरिक उड्डयन प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप विकास गर्न तथा हवाई सेवालाई थप सुरक्षित र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

प्रतिनिधि सभा

हामीले दलितहरुमाथि गरेको माफीको मूल्य न्यायले निर्धारण गर्छ :रवि लामिछाने

चैत्र १९, २०८२
प्रतिनिधि सभा

सर्वदलीय बैठक : सभामुखको निर्वाचन २२ गते हुने

चैत्र १८, २०८२
प्रतिनिधि सभा

भूमिका श्रेष्ठलाई ब्लू डाइमण्ड सोसाइटी द्वारा सम्मान

चैत्र २, २०८२
प्रतिनिधि सभा

नेपाल नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित

असार १४, २०८२
प्रतिनिधि सभा

प्रधानमन्त्री र सभापति नै गभर्नर नियुक्ति रोकिएको प्रमुख दोषी : सांसद अमरेश सिंह

बैशाख २६, २०८२
प्रतिनिधि सभा

जनकपुरधामको रंगशालामा चलखेल भए आन्दोलनमा उत्रिने चेतावनी: सांसद मनिष झा

बैशाख २५, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका साप्ताहिक उपलब्धि सार्वजनिक

अशोज २३, २०८३

नागरिक उड्डयन क्षेत्रको सुधारका लागि दुई विधेयक प्रतिनिधि सभामा दर्ता

अशोज २३, २०८३

छोरा जन्माउने सोच नै छोरीको संख्या घट्नुको मुख्य कारण: एक व्यावहारिक र गम्भीर विश्लेषण

अशोज २२, २०८३

भारतीय सिनेमाका दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

अशोज २२, २०८३

भोटेकोशी बाढी प्रभावित परिवारका लागि ‘समुन्नति कार्यक्रम’, मन्त्रालय र रेडक्रसबीच समझदारी

अशोज २०, २०८३

स्वास्थ्य मन्त्रीको राजीनामा माग्दै जनकपुरमा युवाहरूको राँके जुलुस, माग सम्बोधन नभए कडा आन्दोलनको चेतावनी

अशोज १९, २०८३

छोरा जन्माउने सोच नै छोरीको संख्या घट्नुको मुख्य कारण: एक व्यावहारिक र गम्भीर विश्लेषण

अशोज १९, २०८३

सर्वोच्चको आदेशपछि जनकपुरका अस्पताल माथि प्रश्न ? “अस्पतालसँग अनुमति छ कि छैन?”

अशोज १७, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal