Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

पैसा अब दुनियाँमा प्रमुख शक्ति रहेन : रीमा

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
चैत्र २७, २०७६
In मनोरन्जन, विविध
0

गएको दुई हप्तादेखि देश ‘लकडाउन’ मा छ । विश्वका २ सयभन्दा बढी मुलुकमा फैलिसकेको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्न सरकारले तेस्रो पटकका लागि मंगलवारबाट थप ८ दिन बन्दाबन्दी गर्ने निर्णय गरेको छ । अर्थात्, अब बैशाख ३ गतेसम्म घरभन्दा बाहिर निस्कन पाइने छैन । यस वर्षको विदाई र नयाँ वर्षको स्वागत यसपटक घरभित्रैबाट गर्नुपर्नेछ । ‘लकडाउन’ को समयमा अत्यावश्यक कामबाहेक घरभन्दा बाहिर निस्कन नपाइने हुँदा वर्षभरी छायांकन वा देश तथा विदेशमा हुने कार्यक्रममा व्यस्त हुने नेपाली कलाकारहरु गएको दुई हप्तादेखि परिवारसँग समय विताइरहेका छन् । सबै परिवारसँग समय विताउन पाएकोमा खुसी छन् । अभिनेत्री तथा उद्घोषिका रीमा विश्वकर्मा केही वर्षयता घरमा फुर्सदसँग एकदिन पनि बस्न पाएकी थिइनन् ।

त्यसलगत्तै उनले आफ्नै टिम (केकी अधिकारी र विशाल भण्डारी) को कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ मा होस्टको जिम्मेवारी निभाइन् । यो रियालिटी शोको फिनालेको मुखमा देशमा कोरोनाको त्रास फैलिसकेको थियो । शो सकिएपछि उनी वर्षभरीको तनाव भुल्न माल्दिभ्स पुगिन् । त्यहाँ उनी स्विमिङ पुलमा रमाएको तस्विरले केही दिन मिडियामा राम्रै स्थान पाए । कतिपयले भने उनको माल्दिभ्स यात्रालाई बेमौसमको रमाइलो भन्दै आलोचना गरे । किनकि, त्यसबेला देशमा कोरोनाको सन्त्रास फैलिएको थियो । सरकार लामो दूरीका हवाई उडान बन्द गर्ने तयारीमा रहेको सुइको पाएपछि रातारात नेपाल ओर्लिएकी रीमा त्यसयता भने घरभित्रै कैद छिन् । ‘लकडाउन’ को समयमा उनले फिल्म, सिरिज र पुस्तक पढेर दिन विताइरहेकी छन् ।

उनले सामाजिक सञ्जालको माध्यमबाट कोरोना सम्बन्धि सचेतना पनि फैलाइरहेकी छन् । यो समयमा सामाजिक दूरी कायम गर्न उनको अपिल छ । कोरोनाको यो महामारी चाँडै समाप्त हुने विश्वास व्यक्त गरेकी छन् । उनले अब दुनियाँमा पैसा प्रमुख शक्ति नरहेको पनि उल्लेख गरेकी छन् । उनी लेख्छिन्, ‘दुनियाँ शान्त छ । हावा सफा छ । हामी स्वच्छता र स्वास्थ्यप्रति जागरूक छौं । व्यस्त तालिका विश्राममा बदलिएको छ ।’  उनले अगाडि लेखेकी छन्, ‘फास्ट फूडलाई घरमा पाकेको खानेकुराले प्रतिस्थापन गरेको छ । सबै जना एकअर्कासँग कुरा गर्दै र सँगै भोजन गर्दैछन् । पैसा अब संसारमा प्रमुख शक्ति जस्तो देखिँदैन ।’ यो समयमा सबैले सबैका लागि प्रार्थना गरिरहेको उनको भनाई छ । अहिले एकअर्कासँग कुरा गर्ने र मुस्कुराउने समय रहेको बताउँदै उनले सुरक्षित र सकारात्मक रहन पनि अपिल गरेकी छन् । साभार :(फिल्मीखबर)

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

पत्रकारलाई काउन्सिलको सहयोग

अशोज ३०, २०८२
मनोरन्जन

चलचित्र ‘चिराग’ को ‘फूल बनि फुल्थें’ गीत सार्वजनिक

अशोज २७, २०८२
विविध

जेनजी आन्दोलन विदेशी शक्तिको योजनामा भएको दाबी, फागुन २१ मा निर्वाचन असम्भव : दुर्गा प्रसाईँ

अशोज २७, २०८२
मनोरन्जन

बलिउड सुपरस्टार अमिताभ बच्चनको जन्मदिन मनाइयो

अशोज २६, २०८२
विविध

हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशालाको तयारी अन्तिम चरणमा

अशोज २६, २०८२
विविध

जेनजी आन्दोलनपछि पहिलोपटक बोले लेखकः गोली चलाउन आदेश दिएको होइन

अशोज २४, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

युवा उठे भने परिवर्तन रोकिन्न , निर्वाचन नै त्यसको शुरुवात हो: (सम्पादकीय)

कार्तिक १२, २०८२

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट सेना फिर्ता

कार्तिक १, २०८२

दियावती पर्वको शुरुवात, आज साँझ देखि धनतेरस

कार्तिक १, २०८२

दिवालीको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

कार्तिक १, २०८२

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, एक पक्षको बहिष्कार घोषणा

अशोज ३०, २०८२

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२

आज विश्व खाद्य दिवस मनाइँदै

अशोज ३०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend