Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

पैसा अब दुनियाँमा प्रमुख शक्ति रहेन : रीमा

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
चैत्र २७, २०७६
In मनोरन्जन, विविध
0

गएको दुई हप्तादेखि देश ‘लकडाउन’ मा छ । विश्वका २ सयभन्दा बढी मुलुकमा फैलिसकेको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्न सरकारले तेस्रो पटकका लागि मंगलवारबाट थप ८ दिन बन्दाबन्दी गर्ने निर्णय गरेको छ । अर्थात्, अब बैशाख ३ गतेसम्म घरभन्दा बाहिर निस्कन पाइने छैन । यस वर्षको विदाई र नयाँ वर्षको स्वागत यसपटक घरभित्रैबाट गर्नुपर्नेछ । ‘लकडाउन’ को समयमा अत्यावश्यक कामबाहेक घरभन्दा बाहिर निस्कन नपाइने हुँदा वर्षभरी छायांकन वा देश तथा विदेशमा हुने कार्यक्रममा व्यस्त हुने नेपाली कलाकारहरु गएको दुई हप्तादेखि परिवारसँग समय विताइरहेका छन् । सबै परिवारसँग समय विताउन पाएकोमा खुसी छन् । अभिनेत्री तथा उद्घोषिका रीमा विश्वकर्मा केही वर्षयता घरमा फुर्सदसँग एकदिन पनि बस्न पाएकी थिइनन् ।

त्यसलगत्तै उनले आफ्नै टिम (केकी अधिकारी र विशाल भण्डारी) को कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ मा होस्टको जिम्मेवारी निभाइन् । यो रियालिटी शोको फिनालेको मुखमा देशमा कोरोनाको त्रास फैलिसकेको थियो । शो सकिएपछि उनी वर्षभरीको तनाव भुल्न माल्दिभ्स पुगिन् । त्यहाँ उनी स्विमिङ पुलमा रमाएको तस्विरले केही दिन मिडियामा राम्रै स्थान पाए । कतिपयले भने उनको माल्दिभ्स यात्रालाई बेमौसमको रमाइलो भन्दै आलोचना गरे । किनकि, त्यसबेला देशमा कोरोनाको सन्त्रास फैलिएको थियो । सरकार लामो दूरीका हवाई उडान बन्द गर्ने तयारीमा रहेको सुइको पाएपछि रातारात नेपाल ओर्लिएकी रीमा त्यसयता भने घरभित्रै कैद छिन् । ‘लकडाउन’ को समयमा उनले फिल्म, सिरिज र पुस्तक पढेर दिन विताइरहेकी छन् ।

उनले सामाजिक सञ्जालको माध्यमबाट कोरोना सम्बन्धि सचेतना पनि फैलाइरहेकी छन् । यो समयमा सामाजिक दूरी कायम गर्न उनको अपिल छ । कोरोनाको यो महामारी चाँडै समाप्त हुने विश्वास व्यक्त गरेकी छन् । उनले अब दुनियाँमा पैसा प्रमुख शक्ति नरहेको पनि उल्लेख गरेकी छन् । उनी लेख्छिन्, ‘दुनियाँ शान्त छ । हावा सफा छ । हामी स्वच्छता र स्वास्थ्यप्रति जागरूक छौं । व्यस्त तालिका विश्राममा बदलिएको छ ।’  उनले अगाडि लेखेकी छन्, ‘फास्ट फूडलाई घरमा पाकेको खानेकुराले प्रतिस्थापन गरेको छ । सबै जना एकअर्कासँग कुरा गर्दै र सँगै भोजन गर्दैछन् । पैसा अब संसारमा प्रमुख शक्ति जस्तो देखिँदैन ।’ यो समयमा सबैले सबैका लागि प्रार्थना गरिरहेको उनको भनाई छ । अहिले एकअर्कासँग कुरा गर्ने र मुस्कुराउने समय रहेको बताउँदै उनले सुरक्षित र सकारात्मक रहन पनि अपिल गरेकी छन् । साभार :(फिल्मीखबर)

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

मनोरन्जन

फिल्म ‘राम नाम सत्य’ को ट्रेलर सार्वजनिक

चैत्र १९, २०८२
विविध

कैलाश–राक्सिराङमा गाँजा र अफिम खेती नगर्न प्रशासनको कडा चेतावनी

चैत्र १८, २०८२
विविध

मुग्लिन–नागढुंगा सडक राति तीन दिन बन्द हुने

चैत्र १८, २०८२
विविध

महेश बस्नेतलाई उम्कन नदिने चेतावनी : शोभा पाठक

चैत्र १८, २०८२
मनोरन्जन

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल

चैत्र १७, २०८२
विविध

नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारको अपेक्षा

चैत्र १४, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend