Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

तिहारका लागि मेरिगोल्ड फूल फुलाउँदै भण्डारी दम्पती

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
कार्तिक २६, २०७७
In विविध, समाज
0

२६ कार्तिक , हरि बाँस्तोला गण्डकी  : पोखरा महानगरपालिका वडा नं १७ विरौटास्थित बाराही नर्सरी यतिखेर मेरिगोल्ड फूलले ढकमक्क ढाकिएको छ । नेपालीको दोस्रो महत्वपूर्ण फूलैफूलको पर्व तिहार नजिकिँदै गर्दा नर्सरीका सञ्चालक वसन्त भण्डारी र उहाँकी श्रीमती सञ्चितालाई मेरिगोल्डले छुट्टै खुशी ल्याएको छ । भाडामा लिइएको जग्गामा पुष्प व्यवसाय गर्नुभएका उहाँहरूका लागि यो व्यवसाय नौलो भने होइन । आजभन्दा एक दशकअघि विसं २०६६ देखि पुष्प व्यवसायमा लागेको भण्डारी दम्पतीले विगतका वर्षमा राम्रै आम्दानी गरेपछि यसलाई निरन्तरता दिँदै आएको छ । सञ्चालक सञ्चिताले यस वर्ष करिब एक रोपनी जग्गामा एक हजार २०० अमेरिकन मेरिगोल्ड जातको फूलका बिरुवा रोपिएको र उत्पादन राम्रो भएको जानकारी दिनुभयो । “एउटा फूलको बोटमा सरदर ३० वटा फूलका थुङ्गा टिप्न तयार भएका छन्”, उहाँले भन्नुभयो, “प्रतिथुङ्गा रु पाँचमा बिक्री गर्ने सोचमा छौँ ।” तिहारमा फूलबाट रु एक लाख ५० हजार आम्दानी गर्ने उहाँहरूको लक्ष्य छ ।    

यतिखेर फूलसहितको बोटलाई रु २५० मा बिक्री गर्दै आएको बताउँदै उहाँले फूलका पारखी नर्सरीमै आउने गरेका जानकारी दिनुभयो । फूल मात्र नभई बिरुवा बिक्री गरेर पनि राम्रै आम्दानी भएको उहाँले राससलाई जानकारी दिनुभयो । गत वर्ष लगभग पाँच रोपनी क्षेत्रफलमा पुष्प व्यवसाय गरेको बताउँदै भण्डारीले विश्वव्यापी पैmलिएको कोरोना भाइरसको कारण यस वर्ष थोरै क्षेत्रफलमा खेती गरिएको सुनाउनुभयो ।  शुरुमा बोडीखेती गर्न तयार पारिएको बारीमा केही ठाउँ खाली भएपछि नजिकैको नर्सरीबाट भण्डारी दम्पतीले १५० फूलका बिरुवा किनेर फूलखेती फस्टाएपछि यसलाई व्यवसायका रूपमा अपनाउँदै आएको हो । फुर्सदका समय सदुपयोग गर्दै जग्गा तयारीदेखि बिरुवा लगाउने, गोडमेल गर्ने आवश्यकतानुसार औषधि प्रयोग गर्ने आफूहरूको नित्यकर्म बनेको सञ्चालक वसन्तले बताउनुभयो । 

विगतमा प्लाष्टिक टनेलभित्र र खुला दुवै तरिकाबाट भए पनि यस वर्ष भने खुलारूपमा व्यावसायिक फूलखेती गरेको बताउँदै उहाँले तिहारमा बाहिरबाट आउने फूलसँग प्रतिष्पर्धा गर्नुपर्दा उचित मूल्य नपाउने गरेको गुनासो गर्नुभयो । बारीमा उत्पादन भएको फूलको प्रतिथुँगा रु पाँच र एउटा मालाको रु ५० देखि रु १०० सम्म बिक्री हुन्छ । महँगो बीउ, जनशक्ति अभाव र आवश्यकतानुसारको प्राविधिक सहयोग प्राप्त हुन नसक्दा उत्पादनको लागत बढी हुने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार अमेरिकन मेरिगोल्ड एक पटक मात्र फुल्ने भएकाले तिहारका लागि लक्ष्य गरिएको हो । यस वर्ष नर्सरीमा उत्पादित एभोकाडो एक हजार ८००, सुन्तला तीन हजार, कागती एक हजार पाँचसय, ड्रागनफुट एक हजार दुई सय, अम्बा ५००, मेरिगोल्ड फुलका ४००, मेवाका १०० बिरुवा बिक्री गरी रु तीन लाख पचास हजारभन्दा बढी आम्दानी गरेको भण्डारी दम्पती बताउँछ ।

पुष्प व्यवसायी सङ्घ कास्कीका अध्यक्ष सीतामाया रानाले जिल्ला फूलमा आत्मनिर्भर भएको जानकारी दिनुभयो । संस्थामा बिभिन्न ३२ वटा फूल उत्पादक नर्सरी आबद्ध रहेको बताउँदै उहाँले पोखरा र आसपासमा उत्पादित फूलले बजारको मागलाई पूरागर्ने विश्वास व्यक्त गर्नुभयो । यस वर्ष तिहारको पाँच दिनमा पोखरामा लगभग रु सात करोड कारोबार हुने अनुमान गरिएको छ । कोरोनाका कारण पनि व्यवसायीले फूल उत्पादनमा कुनै कमी हुन नदिएको बताउँदै अध्यक्ष रानाले बाहिरबाट आउने फूल पूर्णरुपमा विस्थापित गर्नेतर्पm सङ्घ निरन्तर अभियानमा जुट्दै आएका कारण यस वर्ष अन्य जिल्ला तथा विदेशबाट फूल नआउने जनाउनुभयो । (रासस)

  • 16shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाज

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३
विविध

कैलाश–राक्सिराङमा गाँजा र अफिम खेती नगर्न प्रशासनको कडा चेतावनी

चैत्र १८, २०८२
विविध

मुग्लिन–नागढुंगा सडक राति तीन दिन बन्द हुने

चैत्र १८, २०८२
विविध

महेश बस्नेतलाई उम्कन नदिने चेतावनी : शोभा पाठक

चैत्र १८, २०८२
विविध

नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारको अपेक्षा

चैत्र १४, २०८२
विविध

नयाँ सरकारलाई विश्वभरका नेपालीको ज्ञान र सञ्जाल उपयोग गर्न फाउन्डेसनको आग्रह

चैत्र १३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

जनकपुरधाम उपमहानगरद्वारा बाढीपीडितलाई साढे ६ लाख २५ हजार बराबरको चामल सहयोग

भदौ १५, २०८३

रसुवा बाढी: उद्धार तीव्र, ११ हजारभन्दा बढीको उद्धार र राहत वितरण जारी

भदौ १५, २०८३

विपदमा नागरिकको अभिभावक बनेर सरकार उभिएको छ” ! प्रधानमन्त्री बालेन्द्र शाह

भदौ १४, २०८३

Starlink अघि सर्‍यो : नेपालमा निःशुल्क आपत्कालीन इन्टरनेट दिन तयार

भदौ १४, २०८३

विपद्‌मा विच्छेद: प्रविधिको युगमा नीतिगत अडानले खोस्यो उद्धारको अवसर

भदौ १३, २०८३

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend