Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

निर्वाचन पूर्व तयारी छलफल शुरु

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
पुस १९, २०७७
In विविध
0

१९ पुस,काठमाडौँ : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी प्रतिनिधिसभा निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी बनाउन गर्नुपर्ने आवश्यक पूर्वतयारीबारे मातहतका निकायसँग छलफल गरी राय–परामर्श लिएको छ । सो अवसरमा राष्ट्रिय समाचार समिति (रासस), गोरखापत्र संस्थान, नेपाल टेलिभिजन र रेडियो नेपाल, नेपाल दूरसञ्चार प्राधिकरण तथा नेपाल टेलिकमका पदाधिकारीले निर्वाचनका समयमा सेवा प्रवाहमा संस्थागत क्षमता विकास गर्न मन्त्रालयका तर्फबाट सहजीकरणका लागि गरिएको अपेक्षामा केन्द्रित रही सुझाव दिनुभयो ।

सरकारले प्रतिनिधिसभाको निर्वाचन आगामी वैशाख १७ र २७ गते दुई चरणमा सम्पन्न गर्ने निर्णय गरेअनुरुप निर्वाचन आयोग निर्वाचनको तयारीमा जुटिसकेको छ । मन्त्रालयले पनि आफ्ना मातहतका निकायलाई निर्वाचनको वातावरण बनाउन र निर्वाचनको तयारीलाई थप प्रभावकारी कसरी तुल्याउन सकिन्छ भनी परामर्श थालेको हो । सो अवसरमा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले प्रतिनिधिसभा निर्वाचनमा आमसञ्चारका माध्यमबाट जनतासमक्ष सन्तुलित र वस्तुनिष्ट सूचना प्रवाहलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भनी सुझाव माग गर्नुभयो ।

उहाँले भन्नुभयो, “स्वतन्त्रताको उपयोग गर्दा अरूको मर्यादामा पनि त्यतिकै ध्यान पुर्याउनु पर्छ, सत्य र तथ्यमा आधारित भएर सूचना प्रवाह गर्न आम सञ्चारमाध्यमलाई अझ व्यवस्थित र मर्यादित तुल्याउन के कस्ता विषयमा ध्यान पु¥याउन आवश्यक छ, विगतका अनुभवका आधारमा सुझाव आओस् ।” छलफलमा मन्त्रालय मातहतका निकायका पदाधिकारीले आ–आफ्नो संस्थाको कार्य जिम्मेवारी, कर्तव्य, दायित्व र निर्वाचनमा गर्न सक्ने योगदानबारे स्पष्ट गर्नुभएको थियो ।

आवधिक निर्वाचन मुलुककै ठूलो पर्व भएकाले तोकिएका जिम्मेवारीलाई चुस्त र प्रभावकारी तुल्याउन लाग्ने थप आर्थिक दायित्व र उपकरणको उपलब्धताका लागि मन्त्रालयबाट सहजीकरण होस भनी उहाँहरुले आग्रह गर्नुभयो । निर्वाचनका समयमा दूरसञ्चार प्रदायक कम्पनीबाट हुने सेवा प्रवाहलाई निर्वाचन मैत्री बनाउन तथा रासस, टेलिजिन, रेडियो र गोरखापत्र संस्थानले निर्वाचन विशेष बुलेटिन, कार्यक्रम, परिसंवाद, छलफल, अन्तर्वार्ता, काउनडाउन, आलेख, स्थलगत रिपोर्टिङलाई सन्तुलित र वस्तुनिष्ट तुल्याउँदै प्राथमिकताका साथ प्रचारप्रसार गर्ने अठोट व्यक्त गरेका छन् ।

सो अवसरमा राससका महाप्रबन्धक ओपेन्द्र शर्माले निर्वाचनका समयमा विगतमा झँ राससबाट निर्वाचन विशेष बुलेटिन तयार गर्ने, स्थानीय तहसम्म समाचारदाता खटाएर वस्तुनिष्ट र सन्तुलित समाचार, तस्वीर, श्रव्य सङ्कलन गरी प्रकाशन र प्रसारण गरिने जानकारी दिनुभयो । राष्ट्रिय पर्वकै रुपमा सञ्चालन हुने निर्वाचनसम्बन्धी समाचारमा छिटोछरितो र गुणस्तरीय तुल्याउन थप जनशक्ति तथा उपकरण आवश्यक पर्ने भएकाले त्यसका लागि लाग्ने थप आर्थिक दायित्वबारे सहजीकरण गरिदिन मन्त्रालयसँग उहाँले अनुरोध गर्नुभयो । (रासस)

  • 1share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

विद्यार्थीलाई कक्षाबाट निकालेर जनप्रतिनिधि बाटै विद्यालयमा तालाबन्दी

जेष्ठ ७, २०८२
विविध

आठ घण्टा देखि बीपी राजमार्ग अवरुद्ध

बैशाख ३०, २०८२
विविध

शिक्षकको कुटाइबाट १३ वर्षीय विद्यार्थी अस्पताल भर्ना

बैशाख २६, २०८२
विविध

सुधार केन्द्रमा यातना : प्रहरीले गर्यो सोधपुछ

बैशाख २२, २०८२
विविध

सुधार केन्द्र भर्ना भएका व्यक्तिहरूलाई शारीरिक यातना !

बैशाख २२, २०८२
विविध

जनकपुर धाम को  मन्दिर जग्गा अतिक्रमण प्रकरण : महन्त कै मिलोमतोमा बनेको अवैध संरचना भत्काइने 

चैत्र २३, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

ऐतिहासिक तथा सांस्कृतिक नगरी कीर्तिपुर

जेष्ठ ११, २०८२

पानीको मुलुकमा पिउने पानीकै हाहाकार : नेता निधि

जेष्ठ ११, २०८२

रामेछापमा ससुरा द्वारा बुहारीको खुकुरी प्रहार गरी हत्या

जेष्ठ ११, २०८२

काठमाडौं उपत्यकामा बल्नै छाडे ट्राफिक लाइट, हातको इशारामा प्रहरी

जेष्ठ ११, २०८२

प्रचण्डको व्यंग्य: प्रधानमन्त्री ओलीलाई मानसिक जाँच गराउन सुझाव

जेष्ठ ११, २०८२
Black and Grey Modern Festival Music Instagram Post - 1

रुस–युक्रेन युद्ध: आक्रमण जारी, किभमा क्षेप्यास्त्र र ड्रोन हमला, ठूलो क्षति

जेष्ठ ११, २०८२

षट्कोण आर्ट्सको नयाँ फिल्म ‘लालीबजार’ को मिनिमल पोस्टर सार्वजनिक

जेष्ठ ११, २०८२

लुकि-छिपी ट्राफिक चेकजाँच माथि पुन: प्रश्न, दुर्घटनाको जोखिम बढ्दो

जेष्ठ ११, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend