४ जेठ, काठमाडौं । सर्वोच्च अदालतले मास्क नलगाएर घरबाहिर निस्कने नागरिकलाई जरिवाना गर्ने र होल्डिङ सेन्टरमा राख्ने कार्यहरु तत्काल नगर्नू नगराउनू’भनी सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।हाल मास्क नलगाई हिँडेमा प्रहरीले जरिवाना लिने र होल्डिङ सेन्टरमा राख्ने गरेकोमा त्यो काम संवैधानिक र सङ्क्रामक रोग ऐन व्यवस्थाको प्रतिकूल भएको भन्दै न्यायाधीश दीपककुमार कार्कीको इजलासले प्रहरीलाई सो अधिकार नभएको भनी आदेश गरेको हो ।

यस्ता कार्यहरु नेपालको संविधान तथा संक्रामक रोग ऐन २०२० को दफा ४ को व्यवस्था प्रतिकुल प्रहरीबाट ऐनको अनधिकृत रूपमा प्रयोग गरेको देखिएको भन्दै सर्वोच्चले यस्ता क्रियाकलाप नगर्न आदेश दिएको हो ।कोरोना महामारीमा मास्क लगाउनुपर्ने नागरिकको दायित्व भए पनि विपन्न नागरिकलाई मास्कको सहज आपूर्ति र वितरण नभएको सर्वोच्चले यसतर्फ ध्यान दिन आदेश गरेको हो ।

सरकारले आधारभूत स्वास्थ्य सेवा निशुल्क भने पनि निशुल्क पाउने औषधिको सूचीमा मास्क र सेनिटाइजर समेत राख्नुपर्ने लगायतको माग गर्दै अधिवक्ता सागर पौड्यालसमेतले सर्वोच्चमा रिट दिएका थिए ।
आफ्नो प्रतिकृया दिनुहोस्