७ जेठ, काठमाडौं : सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि निषेधाज्ञा सम्बन्धी अध्यादेश ल्याएसँगै स्थानीय प्रशासनले तोके बेगर सवारी साधन चलाए अब ५ हजार सम्म जरिवाना तिर्नु पर्ने हुन्छ ।
सुरक्षाकर्मीलाई जानकारी नदिइ बिरामी ओसारपसार गर्ने बाहेक अन्य सवारी साधन चलाए कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ को दफा २१ को उपदफा २ (ग) अनुसार अनुमति विना चलेका दुई पांग्रे सवारी साधनलाई दुई हजार र अन्य सवारीसाधन लाई ५ हजार रुपैयाँ जरिवना हुनेछ । यसअघि सरकारले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि संक्रामक रोग ऐन–२०२० सहित अन्य कानुनहरु प्रयोग गर्दै आइरहेको थियो ।

आफ्नो प्रतिकृया दिनुहोस्