Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

जसपा विवाद : प्रदेश नं. २ को सरकारमा असर

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ २१, २०७८
In प्रदेश
0

२१ जेठ,धनुषा : जनता समाजवादी पार्टी (जसपा) नेपालभित्रको केन्द्रस्तरको विवादको असर प्रदेश नं. २ को सरकारमा पनि पर्ने देखिएको छ । जसपाका मुख्यमन्त्री लालबाबर राउत नेतृत्वको प्रदेश सरकार ढाल्न सो पार्टीबाटै प्रयास शुरु भएको छ । राउत मुख्यमन्त्री र संसदीय दलको नेताबाट हटाएर मनिष सुमनलाई बनाउन अध्यक्ष ठाकुरले निर्देशन दिइसक्नुभएको जनाइएको छ । सुमनलाई नेकपा (एमाले) को समर्थन रहने स्थिति छ ।

प्रदेशका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनाल पनि नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) को समर्थनमा मुख्यमन्त्री बन्ने कोशिशमा भिड्नुभएको छ । प्रदेश २ मा तत्कालीन समाजवादी पार्टी (सपा) र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको गठबन्धनको सरकार बनेकामा एक वर्ष अघि पार्टी एकीकरणपछि जसपा बनेको थियो । जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले एकार्कालाई कारबाही गरेपछि निर्वाचन आयोगमा पुगेको विवादको टुङ्गो नलाग्दासम्म कानूनी रुपमा पार्टी एक भएपनि व्यवहारिक रुपमा विभाजित भइसकेको छ ।

जसपाका पहिलो वरियताका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री एवं सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग तथा अर्का अध्यक्ष यादव प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने गठबन्धनमा हुनुहुन्छ । काँग्रेसका प्रदेश संसदीय दलका नेता रामसरोज यादवले नयाँ गठबन्धनका विषयमा छलफल भइरहेको र केन्द्रबाट आउने निर्देशनका आधारमा अघि बढ्ने बताउनुभयो ।

कूल १०७ सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रका तीन जना कारबाहीपछि अहिले १०४ सांसद छन् । तत्कालीन संघीय समाजवादी पार्टीका ३०, तत्कालीन राजपाका २५, एमालेका २१, काँग्रेसका १९, माओवादी केन्द्रका ८ र नेपाल संघीय समाजवादी पार्टीका १ सांसद छन् । सरकार बनाउन ५३ सांसद आवश्यक पर्छ । बजेट पारित गराउने तयारी आगामी आर्थिक वर्ष ०७८÷०७९ का लागि प्रदेश सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेट पारित गर्नुपर्ने भएकाले मुख्यमन्त्री राउतले महन्थ पक्षका मन्त्रीलाई तत्काल नहटाउने हुनुभएको छ । पूर्व राजपाका प्रमुख सचेतक परमेश्वर साहले यही जेठ २७ गते प्रदेश सरकारले नीति कार्यक्रम र असार १ गते बजेट ल्याउने कार्यक्रम रहेको बताउँदै भन्नुभयोे, ‘‘नीति कार्यक्रम र बजेट पारित गराउन हाम्रो भूमिका के हुने अहिल्यै भन्न सकिदैन ।’’(रासस)

  • 6shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

प्रदेश

अस्पताल सञ्चालनमा प्रदेश सरकार पूर्वाग्रही भएको कांग्रेसको आरोप

जेष्ठ ४, २०८२
प्रदेश

मधेश प्रदेश प्रमुख भण्डारी समझ लेखापरीक्षण प्रतिवेदन पेस

जेष्ठ २, २०८२
प्रदेश

अस्पतालपछि अब विद्यालयमा ध्यान, मुख्यमन्त्री सिंहले थाले शैक्षिक अनुगमन

बैशाख ३०, २०८२
प्रदेश

आतंकवाद विरुद्धको लडाइँमा मधेश भारतको साथमा छ : मुख्यमन्त्री सिंह

बैशाख २८, २०८२
प्रदेश

अब ग्यारेज सञ्चालन गर्न प्रदेश सरकारको स्वीकृति अनिवार्य

बैशाख २४, २०८२
प्रदेश

मधेश प्रदेशका सी. एम. सिंह सहितको टोलि द्वारा जनकपुरधामका होटलमा छापा 

चैत्र १०, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

उच्च रक्तचाप बाट बच्न दैनिक व्यायाम आवश्यक

जेष्ठ ४, २०८२

उच्च रक्तचाप ‘साइलेन्ट किलर’ हो, लक्षण नदेखिन सक्छ : डा.मिश्र

जेष्ठ ४, २०८२

वीरेन्द्रनगरमा ढकमक्क गुलमोहर

जेष्ठ ४, २०८२

वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार

जेष्ठ ४, २०८२

अस्पताल सञ्चालनमा प्रदेश सरकार पूर्वाग्रही भएको कांग्रेसको आरोप

जेष्ठ ४, २०८२

एमालेको बहुमत सरकार आवश्यक छ: प्रधानमन्त्री ओली

जेष्ठ ४, २०८२

आज ‘विश्व दूरसञ्चार दिवस’ देशभर मनाइँदै

जेष्ठ ४, २०८२

गभर्नर नियुक्तिमा मेरिटोक्रेसीलाई प्राथमिकता दिइनेछ : प्रधानमन्त्री ओली

जेष्ठ २, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend