Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

सडक विस्तारले चकवाका स्थानीयको बिचल्ली

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार १, २०७८
In प्रदेश
0

जलेश्वर, १ असार : महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–४ चकवा गाउँ बस्ने ७५ वर्षीया एकल महिला सखिया देवी हार गुहार गरे पनि उहाँको बिलौना कसैले सुनेन । करिब २० वर्षअघि पति गुमाएकी र सन्तानको कोही नभएकी सखिया विपन्न हुनुहुन्छ । गाउँघरमा सानो तिनो मजदुरी गरेर खाने सखियाले अहिले आफ्नो थातथल्लो समेत गुमाउनुपर्दा दिनरात रुने कराउने मात्र गर्नुभएको छ । खर र माटोले बनाएको सखियाको दुईकोठे घर एक झट्कामै भत्काइएपछि उहाँ विगत १२/१५ दिनदेखि उहाँ घरबास विहीन हुनुभएको छ ।

सोही ठाउँ बस्ने रामकृपाल यादव छोरा, बुहारीसहित चार जनालाई नै कोरोना संक्रमण भयो र घरमै आइसोलेशनमा बसिरहनुभएको थियो । उहाँको पनि चार कोठे कच्ची घरलाई डोजरले तानेर बाटोमा ल्याइदियो । अहिले सो परिवारका बिरामी तथा सबैको विचल्ली भएको छ । बिरामीले थलिएका ९२ वर्षीय बुवालाई झुप्रोमा सुताएका उहाँले बुवालाई पनि त्यहाँबाट निकाल्नुभयो । रामकृपालले देशमा निषेधाज्ञाको अवस्थाका कारण घरमा खानपानको समस्या रहेको र त्यसमाथि पनि परिवारका चार जना कोरोना संक्रमित भएको अवस्थामा आएर आफ्नो घर भत्काइदिएको भन्दै बिलौना गर्नुहुन्छ ।

त्यस्तै अवस्था स्थानीय जितेन्द्र झाको पनि छ । उहाँले आफ्नो निजी र नम्बरी जग्गाभित्र निर्माण गरेको घर र घरसँगै निर्माण गरेको पक्की शौचालय एक्कासी आएको डोजरले भत्काइदिएर बाटोमा झारिदिँदा उनी सपरिवार समस्यामा परेका छन् । पिता पुर्खाको पालादेखि नै जोतभोग गर्दै आएको सडकभन्दा निक्कैभित्र रहेको आफ्नो नम्बरी जग्गामा बनाएको घर र शौचालयमा डोजर लगाएर भत्काइएपछि घरका सबै सदस्यलाई शौचालयको समस्या सिर्जना भएको जितेन्द्रले बताउनुभएको छ ।

त्यस्तै आफ्नो निजी जग्गामा फर्निचर उद्योग सञ्चालन गरेका स्थानीय कमलेश ठाकुरको उद्योगको एक चौथाई भाग पनि डोजरले सडकमा मिलाएको छ । उहाँले आफूले अमिन बोलाएर नाप जाँच गराइदिँदा पनि नमानेको र साबिकको सडकमा पर्याप्त ठाउँ हुँदाहुँदै पनि आफ्नो व्यक्तिगत जग्गामा जबर्जस्ती ठेलेर सडक निर्माण गरेको सुनाउनुभयो । उहाँले साविक सडकको बीचबाट दुवैतिर समानरुपमा सडक निर्माण गर्न अनुरोध गरेको तर त्यो नसुनेर आफू गाउँमा अल्पसङ्ख्यक भएकै कारण हेपिएको र सडक बनाउन पर्याप्तरुपमा सार्वजनिक जग्गा हुँदाहुँदै पनि केही व्यक्तिको स्वार्थ र रिसइबीका कारण आफ्नो व्यक्तिगत जग्गा हडपिएको दुखेसो गर्नुभयो ।

स्थानीय हरिओम यादवको पीडा पनि यस्तै छ । उनले साबिक सडकको दुवैपट्टि अझैपनि पर्याप्त जग्गा हुँदाहुँदै पनि व्यक्तिको जबरजस्तीले गर्दा आफूजस्ता दर्जनौ अल्पसंख्यक र निमुखा जनताले दुःख पाएको बताउनुहुन्छ । आफ्नो व्यक्तिगत सम्पत्तिमा पाँचदेखि १० फिटसम्म बाटो विस्तार गरी क्षति पुर्याउदा पनि बोल्न नपाएको र बोलेमा गाली बेइज्जति र कुटपिट सहनुपरको उनको दुखेसो रहेको छ । महोत्तरीको चकवा गाउँका स्थानीयको पीडा हो यो ।

चकवा गाउँदेखि छिमेकी गाउँ थरुवाहीसम्मको सडक ढलानका लागि यसरी उनीहरुका बासस्थान भत्काइएको छ । सो सडक विस्तार गर्दै पक्की ढलान गर्ने कार्यक्रम रहेकोले सडक छेउमा रहेका घर टहरा भत्काइएको छ । कोरोना महामारीका बेला जिल्लामा गत वैशाख २२ गतेदेखि नै जिल्लाभरि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ र यही समय पारेर सकड विस्तार गर्ने नाउँमा जथाभावी कयौँ व्यक्तिलाई घरबारविहीन बनाइएको स्थानीयको गुनासो छ ।

उनीहरुले चकवादेखि थरुवाही सम्मको ५०० मिटर बाटोमा ढलान गर्ने कार्यका लागि जिल्लाको निर्वाचन क्षेत्र नं ३ ‘ख’बाट निर्वाचित प्रदेश सभासदस्य रानी कुमारी तिवारीको रु २५ लाख बजेट सहयोगमा यो सडक निर्माणको काम थालिएको हो । स्थानीय नागेन्द्र यादवको अध्यक्षतामा उपभोक्ता समिति बनाएर गाउँमा सडक विस्तार र ढलान गर्नेकार्य भइरहेको छ । सडक विस्तार र निर्माणका लागि सार्वजनिक भेला गर्नुपर्ने, सबैको सहमति र सहकार्यमा योजना बनाएर सकभर कसैको व्यक्तिगत सम्पति नष्ट नहुने हिसाबमा जानुपर्नेमा यहाँ त्यसो नगरिएको पीडितको गुनासो छ ।

निर्माणाधीन चकवा थरुवाही सडक १८ फिट कायम गरिएको र गाउँमा सो सडक आऊजाऊ गर्न पर्याप्त रहेको अवस्थामा जबरजस्ती सो सडक विस्तारको काम थालिएको स्थानीय रामकृपाल यादवको गुनासो छ । पीडितले सकड विस्तार नै गर्ने भए साबिकको सडकको बीचबाट दुवैतिर समानरुपमा लिएर जाऊ भन्दा उपभोक्ता समितिले नसुनेको र एकतर्फी पूर्वपट्टिबाट मात्रै लिएर सडक निर्माण गरेको स्थानीय रामबाबु ठाकुरले बताउनुभयो ।

उपभोक्ता समितिले एकतर्फी (पूर्वपट्टी मात्रै) सडक विस्तार गरेर दर्जनौँ व्यक्तिलाई घरवारविहीन बनाएको छ भने अर्कोतिर एक वर्गलाई सार्वजनिक जग्गा निजी बनाइदिएको स्थानीय कमलेश ठाकुरको आरोप छ । उता स्थानीय उपभोक्ता समितिका सचिव गणेश रायले आफू नक्साको आधारमा सडक निर्माण गर्न लागेको बताउनुभयो । उहाँले आफूहरु समाजकै मागअनुसार यस सडकलाई १८ फिटबाट २५ फिट विस्तार गरेर बनाएको र कसैको व्यक्तिगत जग्गा अतिक्रमण नगरेको सबै सार्वजनिक जग्गा नै रहेको दावी गर्नुभयो ।

एकडारा गाउँपालिकाका अध्यक्ष रामछविला यादवले भने आफूले १७ फिटमा मात्रै ढलान गर्न र कसैको पनि व्यक्तिगत सम्पत्तिमा क्षति नपुर्याउन भनेको बताउनुभयो । प्रदेशसभा सदस्य रानी कुमारी तिवारीले भने आफूले जनताको मागअनुसार बजेट ल्याएर दिएको र राम्रो गुणस्तरीय सडक निर्माण गर्न भनेको बताउनुभयो ।(रासस)

  • 21shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

प्रदेश

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२
प्रदेश

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२
प्रदेश

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले लिए पद तथा गोपनीयताको शपथ

अशोज ३०, २०८२
प्रदेश

मधेश प्रदेशमा नयाँ राजनीतिक समीकरण : जितेन्द्र सोनल बने मुख्यमन्त्री

अशोज २९, २०८२
प्रदेश

मुख्यमन्त्री सतिश कुमार सिंहको राजीनामा, नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान

अशोज २८, २०८२
प्रदेश

मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले विश्वास मत लिने

अशोज २४, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

मुख्यमन्त्री कार्यालयमा कर्मचारीमाथि कुटपिट, मधेश प्रदेशका निजामती कर्मचारी आन्दोलित

कार्तिक २४, २०८२

युवा उठे भने परिवर्तन रोकिन्न , निर्वाचन नै त्यसको शुरुवात हो: (सम्पादकीय)

कार्तिक १२, २०८२

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट सेना फिर्ता

कार्तिक १, २०८२

दियावती पर्वको शुरुवात, आज साँझ देखि धनतेरस

कार्तिक १, २०८२

दिवालीको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

कार्तिक १, २०८२

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, एक पक्षको बहिष्कार घोषणा

अशोज ३०, २०८२

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend