Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

जसपा विवाद पुनः निर्वाचन आयोग पुग्ने

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार ३, २०७८
In विविध
0

काठमाडौँ, ३ असार : अध्यक्ष उपेन्द्र यादव पक्षले नेतृत्व गरेको जनता समाजवादी पार्टी नेपाल (जसपा) ले पार्टीको आधिकारिकताका लागि निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको छ । पार्टीको आज भएको कार्यकारिणी समितिको बैठकले निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको समितिका सदस्य मोहम्मद इश्तियाक राईले जानकारी दिनुभयो । सत्तासमीकरणमा दुई पक्षमा विभाजन जसपाको एउटा समूहको नेतृत्व अध्यक्ष यादव र अर्को पक्षको नेतृत्व अर्का अध्यक्ष महन्थ ठाकुरले गर्नुभएको छ ।

ठाकुर नेतृत्वको समूह अहिले सरकारमा सहभागी छ । दुवै पक्षले एकार्कालाई कारबाही गरेर पार्टीबाट निस्कासन गरेपनि निर्वाचन आयोगले मान्यता दिएको छैन । सोही कारण यादव पक्षले पुनः पार्टी आधिकारिकताका लागि निर्वाचन आयोगमा जाने निर्णय गरेको हो । बैठकबारे ठाकुर पक्षलाई भने कुनै जानकारी गराइएको थिएन । अध्यक्ष ठाकुरले बुधबार विज्ञप्ति निकालेर यादव पक्षले बोलाएको बैठक अवैधानिक र अनाधिकृत रहेकाले त्यस्तो बैठकमा सहभागी नहुने जनाउनुभएको थियो ।

बैठकले लुम्बिनी प्रदेशमा संसदीय दलको ह्वीप उल्लघंन गरेका चारजना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । त्यस्तै, सरकारले बजेटमै गिटी, बालुवा निकासी गर्न उल्लेख गरेको विषयलाई फिर्ता लिन आग्रह गरेको छ । बैठकले बाढी पहिरोका घटनाका पीडितहरुलाई उद्धार गर्न तथा तत्काल राहत प्रदान गर्न सरकारलाई आग्रह गरेको छ । बैठकले पीडितको उद्धार कार्यमा सक्रिय हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनेसमेत निर्णय गरेको छ ।(रासस) 

  • 11shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

कैलाश–राक्सिराङमा गाँजा र अफिम खेती नगर्न प्रशासनको कडा चेतावनी

चैत्र १८, २०८२
विविध

मुग्लिन–नागढुंगा सडक राति तीन दिन बन्द हुने

चैत्र १८, २०८२
विविध

महेश बस्नेतलाई उम्कन नदिने चेतावनी : शोभा पाठक

चैत्र १८, २०८२
विविध

नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारको अपेक्षा

चैत्र १४, २०८२
विविध

नयाँ सरकारलाई विश्वभरका नेपालीको ज्ञान र सञ्जाल उपयोग गर्न फाउन्डेसनको आग्रह

चैत्र १३, २०८२
विविध

नेपाल न्यूज बैंककर्मी गौतम सहित दुई जनालाई एनआरएनए पुरस्कार

चैत्र ३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

जनकपुरधाम उपमहानगरद्वारा बाढीपीडितलाई साढे ६ लाख २५ हजार बराबरको चामल सहयोग

भदौ १५, २०८३

रसुवा बाढी: उद्धार तीव्र, ११ हजारभन्दा बढीको उद्धार र राहत वितरण जारी

भदौ १५, २०८३

विपदमा नागरिकको अभिभावक बनेर सरकार उभिएको छ” ! प्रधानमन्त्री बालेन्द्र शाह

भदौ १४, २०८३

Starlink अघि सर्‍यो : नेपालमा निःशुल्क आपत्कालीन इन्टरनेट दिन तयार

भदौ १४, २०८३

विपद्‌मा विच्छेद: प्रविधिको युगमा नीतिगत अडानले खोस्यो उद्धारको अवसर

भदौ १३, २०८३

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend