Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

जसपा विवाद पुनः निर्वाचन आयोग पुग्ने

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार ३, २०७८
In विविध
0

काठमाडौँ, ३ असार : अध्यक्ष उपेन्द्र यादव पक्षले नेतृत्व गरेको जनता समाजवादी पार्टी नेपाल (जसपा) ले पार्टीको आधिकारिकताका लागि निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको छ । पार्टीको आज भएको कार्यकारिणी समितिको बैठकले निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको समितिका सदस्य मोहम्मद इश्तियाक राईले जानकारी दिनुभयो । सत्तासमीकरणमा दुई पक्षमा विभाजन जसपाको एउटा समूहको नेतृत्व अध्यक्ष यादव र अर्को पक्षको नेतृत्व अर्का अध्यक्ष महन्थ ठाकुरले गर्नुभएको छ ।

ठाकुर नेतृत्वको समूह अहिले सरकारमा सहभागी छ । दुवै पक्षले एकार्कालाई कारबाही गरेर पार्टीबाट निस्कासन गरेपनि निर्वाचन आयोगले मान्यता दिएको छैन । सोही कारण यादव पक्षले पुनः पार्टी आधिकारिकताका लागि निर्वाचन आयोगमा जाने निर्णय गरेको हो । बैठकबारे ठाकुर पक्षलाई भने कुनै जानकारी गराइएको थिएन । अध्यक्ष ठाकुरले बुधबार विज्ञप्ति निकालेर यादव पक्षले बोलाएको बैठक अवैधानिक र अनाधिकृत रहेकाले त्यस्तो बैठकमा सहभागी नहुने जनाउनुभएको थियो ।

बैठकले लुम्बिनी प्रदेशमा संसदीय दलको ह्वीप उल्लघंन गरेका चारजना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । त्यस्तै, सरकारले बजेटमै गिटी, बालुवा निकासी गर्न उल्लेख गरेको विषयलाई फिर्ता लिन आग्रह गरेको छ । बैठकले बाढी पहिरोका घटनाका पीडितहरुलाई उद्धार गर्न तथा तत्काल राहत प्रदान गर्न सरकारलाई आग्रह गरेको छ । बैठकले पीडितको उद्धार कार्यमा सक्रिय हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनेसमेत निर्णय गरेको छ ।(रासस) 

  • 11shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

मन्त्री राजकुमार गुप्ताको राजीनामा, घुस ऑडियो प्रकरण पछि जिम्मेवारीबाट अलग

असार ३१, २०८२
विविध

आलम मुक्त, बम विस्फोटमा घाइते गौरीशंकर न्याय खोज्दै काठमाडौं आए

असार २२, २०८२
विविध

प्रादेशिक अस्पताल सिरहामा १२ वर्षीय बालकको मृत्यु पछि तनाव, अस्पताल अगाडि विरोध प्रदर्शन

असार १६, २०८२
विविध

काठमाडौंमा आँप महोत्सव : प्रतिकिलो चार लाख पर्ने आँप प्रदर्शनमा

असार १३, २०८२
विविध

पालिकाका पूर्व-अध्यक्ष साह सहित चार जनालाई पक्राउ पुर्जी

असार ८, २०८२
विविध

भारतमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार, तीन मानव तस्कर पक्राउ

असार ८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

कस्तो रहयो परराष्ट्र मन्त्रीको एक वर्ष ?

असार ३१, २०८२

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४ करोड बजेट स्वीकृत

असार ३१, २०८२

मन्त्री राजकुमार गुप्ताको राजीनामा, घुस ऑडियो प्रकरण पछि जिम्मेवारीबाट अलग

असार ३१, २०८२
sun

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

असार ३१, २०८२

धनुषाको सबैला नगरपालिकाका पूर्व इन्जिनियर र वडा अध्यक्ष सहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा

असार ३१, २०८२

मुख्यमन्त्री सिंह द्वारा सुख्खा र खानेपानी समस्या समाधानका लागि संघीय सरकार र दातृ निकायलाई सहयोगको आग्रह

असार ३१, २०८२

मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र घोषणा

असार २७, २०८२

सांसद अशोक यादव माथिको मुद्दा खारेज नगरे सशक्त संघर्ष गर्ने चेतावनी

असार २७, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend