Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

कानूनको अभावमा काम गर्न समस्या :मेयर साह

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ २८, २०७९
In विविध
0

२८ जेठ :जनकपुरधाम उपमहानगरपालिकाका नव निर्वाचित मेयर मनोज कुमार साहले विगत पाँच वर्षको स्थानीय सरकार ले जनकपुरधाम उपमहानगरपालिकामा कुनै पनि महत्वपूर्ण कानून निमार्ण नगरेको हुदाँ अहिले आएर आफुलाई कानूनको विशेष अभावमा काम गर्न समस्या परेको बताएका छन् ।

नेपाली काँग्रेस जनकपुरधाम वडा नं.२ को कार्यसमितिले शनिबार आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मेयर साहले आफनो पहिलो प्राथमिकतामा फोहर व्यवस्थापन रहेको भन्दै आगामी छ महिना भित्र ल्याण्ड फिल्ड साइटको शिलान्यास गरिने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

उनले जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख समस्याको रुपमा रहेको फोहर व्यवस्थापन ,ट्राफिक व्यवस्थापन र छाडा चौपाया नियन्त्रण गर्न योजना अनुरुप गृहकार्य शुरु गरि सकेको तथा सडक पेटीमा नागरिकहरुलाई सहज आवागमन को अनभूति दिलाउन फुटपाथको खुद्रा बजारहरुलाई अन्य ठाँउमा व्यवस्थापन गरीने बताए ।

जनकपुरधाम उपमहानगरपालिका क्षेत्रको अनुहार फेरी मतदाताको मतको उच्च सम्मान गरेर देखाउने र उपमहानगरपालिकाले आगामी दिनमा नगरबासीको सेवा र सुविधालाई ध्यानमा राख्दै अन्य थुप्रै कार्यक्रम र महत्वपूर्ण योजनाहरु अगाडी सार्ने मेयर साहले भनेका छन् ।कार्यक्रममा बोल्दै नव निर्वाचित नगर उपप्रमुख किशोरी साहले नगर विकासको कार्यमा नगर प्रमुखलाई आफुले पूर्ण इमान्दारिताका साथ सघाउने प्रतिबद्धता व्यक्त गरे ।

सम्मान कार्यक्रममा नेपाली काँग्रेस धनुषाका जिल्ला उपसभापति गणेश झा, प्रदेश महाधिवेशन प्रतिनिधि प्रदिप चौधरी ,वडा सदस्य अमित साह लगायतका वक्ताहरुले आ -आफ्नो विचार प्रकट गरेका थिए ।नेपाली काँग्रेस वडा नं.२ का सभापति रामलोचन यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्ला सदस्य बद्री यादव ,महाधिब्शन प्रतिनिधि राम प्रसाद पजियार ,नगर कोषाध्यक्ष विरेन्द्र यादव सहितका व्यक्तिहरुको उपस्थिति रहेको थियो । वडा सचिव काशी साहले संचालन गरेको कार्यक्रममा वडा उप-सभापति शितल यादवले स्वागत मन्तव्य राखेका थिए ।

  • 15shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

नेपाल आदिवासी जनजाति महासंघको ११औँ राष्ट्रिय महाधिवेशन चैत ५–६ मा काठमाडौंमा

फाल्गुन २९, २०८२
विविध

शहीद परिवारलाई भेटेपछि सांसद खरेलले भने : जेनजी आन्दोलनको अपूरो सपना पूरा गर्छौं

फाल्गुन २६, २०८२
विविध

बाजुराकी भण्डारीले बाटोमै जन्माइन् बच्चा

फाल्गुन २६, २०८२
विविध

पशुपति मन्दिर क्षेत्रमा ‘नन्द–भाउजु’को दादागिरी

फाल्गुन २५, २०८२
विविध

‘रास्वपाको जित होस्’ भन्दै गरिएको भाकल पूरा, युवाहरूले मन्दिरमा ५५ किलो मिठाई चढाए

फाल्गुन २५, २०८२
विविध

साँझ खण्डग्रास चन्द्रग्रहण : काठमाडौंबाट एक घण्टा सम्म स्पष्ट देखिने

फाल्गुन १९, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

“युवामा बढ्दै जोखिमपूर्ण व्यवहार: यौन शिक्षाको अभाव प्रमुख कारण”

फाल्गुन २९, २०८२

नेपाल आदिवासी जनजाति महासंघको ११औँ राष्ट्रिय महाधिवेशन चैत ५–६ मा काठमाडौंमा

फाल्गुन २९, २०८२

आजदेखि आधा भरिएको ग्यास सिलिण्डर बिक्री शुरु

फाल्गुन २९, २०८२

दिनको सुरुवात योग र ध्यानबाट गर्दा मानसिक स्वास्थ्यमा सुधार

फाल्गुन २९, २०८२

पोखरामा सम्पन्न नेपाल–भारत बैठक : विद्युत खरिद दरमा १.५ प्रतिशत वृद्धि

फाल्गुन २९, २०८२

शहीद परिवारलाई भेटेपछि सांसद खरेलले भने : जेनजी आन्दोलनको अपूरो सपना पूरा गर्छौं

फाल्गुन २६, २०८२

बाजुराकी भण्डारीले बाटोमै जन्माइन् बच्चा

फाल्गुन २६, २०८२

बैकल्पिक शक्तिको रूपमा उदाएको रास्वपा सबैभन्दा ठूलो दल

फाल्गुन २६, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend