Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

कानूनको अभावमा काम गर्न समस्या :मेयर साह

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ २८, २०७९
In विविध
0

२८ जेठ :जनकपुरधाम उपमहानगरपालिकाका नव निर्वाचित मेयर मनोज कुमार साहले विगत पाँच वर्षको स्थानीय सरकार ले जनकपुरधाम उपमहानगरपालिकामा कुनै पनि महत्वपूर्ण कानून निमार्ण नगरेको हुदाँ अहिले आएर आफुलाई कानूनको विशेष अभावमा काम गर्न समस्या परेको बताएका छन् ।

नेपाली काँग्रेस जनकपुरधाम वडा नं.२ को कार्यसमितिले शनिबार आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मेयर साहले आफनो पहिलो प्राथमिकतामा फोहर व्यवस्थापन रहेको भन्दै आगामी छ महिना भित्र ल्याण्ड फिल्ड साइटको शिलान्यास गरिने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

उनले जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख समस्याको रुपमा रहेको फोहर व्यवस्थापन ,ट्राफिक व्यवस्थापन र छाडा चौपाया नियन्त्रण गर्न योजना अनुरुप गृहकार्य शुरु गरि सकेको तथा सडक पेटीमा नागरिकहरुलाई सहज आवागमन को अनभूति दिलाउन फुटपाथको खुद्रा बजारहरुलाई अन्य ठाँउमा व्यवस्थापन गरीने बताए ।

जनकपुरधाम उपमहानगरपालिका क्षेत्रको अनुहार फेरी मतदाताको मतको उच्च सम्मान गरेर देखाउने र उपमहानगरपालिकाले आगामी दिनमा नगरबासीको सेवा र सुविधालाई ध्यानमा राख्दै अन्य थुप्रै कार्यक्रम र महत्वपूर्ण योजनाहरु अगाडी सार्ने मेयर साहले भनेका छन् ।कार्यक्रममा बोल्दै नव निर्वाचित नगर उपप्रमुख किशोरी साहले नगर विकासको कार्यमा नगर प्रमुखलाई आफुले पूर्ण इमान्दारिताका साथ सघाउने प्रतिबद्धता व्यक्त गरे ।

सम्मान कार्यक्रममा नेपाली काँग्रेस धनुषाका जिल्ला उपसभापति गणेश झा, प्रदेश महाधिवेशन प्रतिनिधि प्रदिप चौधरी ,वडा सदस्य अमित साह लगायतका वक्ताहरुले आ -आफ्नो विचार प्रकट गरेका थिए ।नेपाली काँग्रेस वडा नं.२ का सभापति रामलोचन यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्ला सदस्य बद्री यादव ,महाधिब्शन प्रतिनिधि राम प्रसाद पजियार ,नगर कोषाध्यक्ष विरेन्द्र यादव सहितका व्यक्तिहरुको उपस्थिति रहेको थियो । वडा सचिव काशी साहले संचालन गरेको कार्यक्रममा वडा उप-सभापति शितल यादवले स्वागत मन्तव्य राखेका थिए ।

  • 4shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

शिक्षकको कुटाइबाट १३ वर्षीय विद्यार्थी अस्पताल भर्ना

बैशाख २६, २०८२
विविध

सुधार केन्द्रमा यातना : प्रहरीले गर्यो सोधपुछ

बैशाख २२, २०८२
विविध

सुधार केन्द्र भर्ना भएका व्यक्तिहरूलाई शारीरिक यातना !

बैशाख २२, २०८२
विविध

जनकपुर धाम को  मन्दिर जग्गा अतिक्रमण प्रकरण : महन्त कै मिलोमतोमा बनेको अवैध संरचना भत्काइने 

चैत्र २३, २०८१
विविध

मन्दिरको जग्गामा मधेश प्रदेश सांसदको घर निर्माण : स्थानीयको विरोध

चैत्र १९, २०८१
विविध

गेटा अस्पताल कैलालीको निर्देशकमा डा. प्रमोद यादव नियुक्त

चैत्र ६, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

मोबाइल व्यवसाय व्यवस्थित गर्न दबाब, बार्षिक नौं अर्ब अतिरिक्त राजश्व गुमाउँदै सरकार

बैशाख २८, २०८२

आतंकवाद विरुद्धको लडाइँमा मधेश भारतको साथमा छ : मुख्यमन्त्री सिंह

बैशाख २८, २०८२

सलहेश फूलबारी नजिक डा. अम्बेडकर पार्क निर्माणको विरोधमा मधेश आन्दोलनरत

बैशाख २८, २०८२

आजको मौसम : मधेश प्रदेशमा हावाहुरीको सम्भावना

बैशाख २८, २०८२

भारत–पाकिस्तान युद्धविराम : राष्ट्रसंघको स्वागत, आरोप–प्रत्यारोप यथावत्

बैशाख २८, २०८२

प्रधानमन्त्री र सभापति नै गभर्नर नियुक्ति रोकिएको प्रमुख दोषी : सांसद अमरेश सिंह

बैशाख २६, २०८२

न्यायपूर्ण समाज निर्माणमा न्याय र कानून क्षेत्रको भूमिका महत्वपूर्ण छ : राष्ट्रपति पौडेल

बैशाख २६, २०८२

प्रधानमन्त्री ओली र भारतीय राजदूत श्रीवास्तव बीच भेटवार्ता

बैशाख २६, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend