Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

पत्रकारहरूको निःशुल्क स्वास्थ्योपचारका लागि दुर्घटना बीमा

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार ११, २०७९
In विविध
0

११ असार,बिरगंज : पर्साको वीरगञ्ज महानगरपालिकाले पर्साका पत्रकारको निःशुल्क स्वास्थ्योपचारका दुर्घटना बीमा गरिदिने भएको छ । पत्रकारको सुरक्षालाई दृष्टिगत गरी महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा यसलाई समावेश गरेको हो ।

महानगरको नीति सार्वजनिक गर्दै पत्रकारलाई भइपरि आउने स्वास्थ्य तथा दुर्घटनाको उपचार सहज बनाउन निःशुल्क स्वास्थ्योपचारका लागि दुर्घटना बीमाको व्यवस्था गरिएको महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताउनुभयो । महानगरपालिकाद्वारा सार्वजनिक भएको आगामी आवको नीति तथा कार्यक्रममा अध्ययन, अनुसन्धान गर्न चाहने पत्रकारलाई अध्ययन भ्रमण र फेलोसिपको व्यवस्था गर्नुका साथै कार्यक्षेत्रमा उत्कृष्ट काम गर्ने पत्रकारलाई पुरस्कृत तथा सम्मानित गर्ने योजना पनि महानगरले अघि सारेको छ ।

यसका साथै लोक कल्याणकारी विज्ञापनलाई समानुपातिक ढङ्गले प्रदान गरिने तथा फेलोसिप कार्यक्रमलाई पनि महानगरले आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेको छ । सञ्चारकर्मीलाई सक्षम र व्यावसायिक बनाउन क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । प्रशासन कार्यालयमा हेल्पडेक्स स्थापना जिल्ला प्रशासन कार्यालय पर्साले अनलाइनमार्फत राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न हेल्पडेक्स स्थापना गरिएको छ ।

हेल्पडेक्समार्फत सेवाग्राहीका लागि निःशुल्क राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्ने कार्य प्रारम्भ गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । राष्ट्रिय परिचयपत्रको विवरण फारम सेवाग्राहीबाट अस्वाभाविक शुल्क लिई साइबर कम्प्युटर र स्टेशनरी पसलले राष्ट्रिय परिचयपत्रको अनलाइन फारम भरेको गुनासो आएपछि प्रशासनले यस्तो काम थालेको हो ।

जिल्ला प्रशासन कार्यालय पर्साले कार्यालयको कोठा नं ७ बाट निःशुल्करूपमा अनलाइन फारम भर्ने व्यवस्था मिलाएको पनि सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताउनुभयो । कार्यालयद्वारा जारी सूचनामा शुल्क लिएर कुनै स्टेशनरी तथा साइबर पसलहरूले राष्ट्रिय परिचयपत्र अनलाइन फारम नभर्न/नभराउन पनि आग्रह गरिएको छ । सूचनाविपरीत कसैले शुल्क लिएर अनलाइन फारम भरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने पनि सूचनामा उल्लेख छ । (रासस)

  • 63shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

पत्रकारलाई काउन्सिलको सहयोग

अशोज ३०, २०८२
विविध

जेनजी आन्दोलन विदेशी शक्तिको योजनामा भएको दाबी, फागुन २१ मा निर्वाचन असम्भव : दुर्गा प्रसाईँ

अशोज २७, २०८२
विविध

हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशालाको तयारी अन्तिम चरणमा

अशोज २६, २०८२
विविध

जेनजी आन्दोलनपछि पहिलोपटक बोले लेखकः गोली चलाउन आदेश दिएको होइन

अशोज २४, २०८२
विविध

ओली, देउवा र प्रचण्डलाई पक्राउ गर्न दुर्गा प्रसाईंको माग

अशोज २३, २०८२
विविध

GEN-Z आन्दोलन पश्चिमी शक्तिको डिजाइनमा भएको दाबी, राजसंस्था अपरिहार्य भयो : दुर्गा

अशोज २२, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

युवा उठे भने परिवर्तन रोकिन्न , निर्वाचन नै त्यसको शुरुवात हो: (सम्पादकीय)

कार्तिक १२, २०८२

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट सेना फिर्ता

कार्तिक १, २०८२

दियावती पर्वको शुरुवात, आज साँझ देखि धनतेरस

कार्तिक १, २०८२

दिवालीको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

कार्तिक १, २०८२

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, एक पक्षको बहिष्कार घोषणा

अशोज ३०, २०८२

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२

आज विश्व खाद्य दिवस मनाइँदै

अशोज ३०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend