Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

पोखरा–३३ मा ल्यान्डफिल्ड साइट राख्ने निर्णय खारेजीको माग

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार १७, २०७९
In विविध
0

१७ असार,पोखरा :पोखरा महानगरपालिकाले वडा नं ३३ भरतपोखरीमा ल्यान्डफिड साइट राख्ने तयारी गरिरहेको भन्दै स्थानीयवासीले त्यसको विरोध जनाएका छन् । भरत पोखरीवासी नागरिकहरूको संयोजनमा आज ‘भरतपोखरीमा ल्यान्डफिल्डः कति ठीक ? कति बेठिक ?’ शीर्षकमा आयोजित छलफल कार्यक्रमका वक्ताले सरोकारवालाबीच छलफल नै नगरी गरिएको भरतपोखरीमा ल्यान्डफिल्ड साइड राख्ने निर्णय तुरुन्त खारेजी गर्न माग गरेका छन् ।

कार्यक्रम संयोजक हेमबहादुर थापा पराजुलीले सरोकारवाला बीच कुनै छलफल नगरी महानगरपालिकाको बजेटमा वडा नं ३३ टिमुरपाटामा ल्यान्डफिल्ड साइट व्यवस्थापनका लागि रु १० करोड विनियोजन गरिएको विषयप्रति आफूहरूको गम्भीर रुपमा ध्यान आकृष्ट भएको बताउनुभयो ।

भौगोलिक अवस्थितिअनुसार आवास क्षेत्रका लागि पोखराकै उत्कृष्टस्थलका रुपमा रहेको भरतपोखरी पर्यटकीय गन्तव्यसमेत भएकोे बताउँदै उहाँले यस स्थानमा कुनै पनि रुपमा ल्यान्डफिल्ड साइट राख्न स्थानीयवासी तयार नरहेको स्पष्ट पार्नुभयो । पोखरा–३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले भरतपोखरीमा ल्यान्डफिल्ड साइट राख्ने सम्बन्धमा आफूहरू नेतृत्वमा आउनुपूर्व अघिल्लो स्थानीय सरकारको पालामा महानगर कार्यपालिकाको ५५औँ बैठकले निर्णय गरेको जानकारी गराउनुभयो ।

यो विषय आम वडावासीको चासो र सरोकारको विषय भएको बताउँदै उहाँले जनताको भावनाअनुसार अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । साबिक भरतपोखरी गाउँ विकास समितिका पूर्वअध्यक्ष यज्ञप्रसाद अधिकारी (ठूला)ले फोहोरसँग विकास साट्नेमा आफूहरू सहमत नरहेको बताउँदै यस निर्णयलाई खारेज गर्न माग गर्नुभयो । साबिक भरतपोखरी गाविसका पूर्वअध्यक्ष गोपाल पुनले ल्यान्डफिल्ड साइट राख्ने निर्णयको सबै वडावासीले सामूहिक रुपमा विरोध गर्ने बताउनुभयो ।

सरस्वती टीका माध्यमिक विद्यालयका अध्यक्ष ऋषिराज आचार्यले ल्यान्डफिल्ड साइट राख्ने जस्तो निर्णयमा सरोकारावालाबीच छलफल नै नगरिनु दुःखद भएको बताउँदै यसका विरुद्धमा सबै एकताबद्ध भएर लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो । समाजसेवी पीताम्बर पौडेलले भरतपोखरीमा ल्यान्डफिल्ड साइट राख्ने निर्णय खारेज गराउन यहाँका जनप्रतिनिधिको जागरुकता आवश्यक भएको बताउनुभयो ।

समाजसेवी चन्द्रप्रसाद पौडेलले भरतपोखरीमा ल्यान्डफिल्ड राख्ने निर्णयका विरुद्धमा यो वा त्यो दल नभनी सबै एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो । युवा श्रीधर पौडेलले पर्यटनका धेरै सम्भावना रहेको भरतपोखरीमा ल्यान्डफिल्ड साइट बनाउने निर्णय अविवेकी भएको उल्लेख गर्नुभयो । पोखरा–७ का वडाध्यक्ष राममोहन आचार्यले ल्यान्डफिल्ड साइटको व्यवस्थापनतर्फ ध्यान दिनु जरुरी रहेको धारणा राख्नुभयो ।

छलफलमा भरतपोखरी विकास मञ्चका अध्यक्ष डिल्लीराम बराल, यज्ञप्रसाद अधिकारी (साना), रमेशराज आचार्य, नीलराज आचार्य, शान्ति पाध्या लगायतले भरतपोखरीमा कुनै पनि दृष्टिकोणबाट ल्यान्डफिल्ड साइट राख्नु उपयुक्त नदेखिएको बताउनुभयो । भेलाले भरतपोखरीमा ल्यान्डफिल्ड साइट राख्ने निर्णय तत्काल खारेज गर्न माग गर्दै यस सम्बन्धमा विस्तृत छलफलका लागि वडाका जनप्रतिनिधिमार्फत सबै पक्षीय बृहद् भेला गर्ने निर्णय गरेको छ ।(रासस)

  • 19shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

कैलाश–राक्सिराङमा गाँजा र अफिम खेती नगर्न प्रशासनको कडा चेतावनी

चैत्र १८, २०८२
विविध

मुग्लिन–नागढुंगा सडक राति तीन दिन बन्द हुने

चैत्र १८, २०८२
विविध

महेश बस्नेतलाई उम्कन नदिने चेतावनी : शोभा पाठक

चैत्र १८, २०८२
विविध

नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारको अपेक्षा

चैत्र १४, २०८२
विविध

नयाँ सरकारलाई विश्वभरका नेपालीको ज्ञान र सञ्जाल उपयोग गर्न फाउन्डेसनको आग्रह

चैत्र १३, २०८२
विविध

नेपाल न्यूज बैंककर्मी गौतम सहित दुई जनालाई एनआरएनए पुरस्कार

चैत्र ३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

जनकपुरधाम उपमहानगरद्वारा बाढीपीडितलाई साढे ६ लाख २५ हजार बराबरको चामल सहयोग

भदौ १५, २०८३

रसुवा बाढी: उद्धार तीव्र, ११ हजारभन्दा बढीको उद्धार र राहत वितरण जारी

भदौ १५, २०८३

विपदमा नागरिकको अभिभावक बनेर सरकार उभिएको छ” ! प्रधानमन्त्री बालेन्द्र शाह

भदौ १४, २०८३

Starlink अघि सर्‍यो : नेपालमा निःशुल्क आपत्कालीन इन्टरनेट दिन तयार

भदौ १४, २०८३

विपद्‌मा विच्छेद: प्रविधिको युगमा नीतिगत अडानले खोस्यो उद्धारको अवसर

भदौ १३, २०८३

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend