Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

प्रकोप प्रभावितका लागि भारत द्वारा राहत सामग्री सहयोग

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार ३१, २०७९
In विविध
0

३१ असार,काठमाडौँ : भारतले नेपालको बाढी तथा प्राकृतिक प्रकोप प्रभावितका लागि राहत सामग्री सहयोग गरेको छ । भारतले तीन हजार टेन्ट र १० रबरबोट सहयोग गरेको आज सिंहदरबारमा आयोजित एक समारोहमा जानकारी गराइयो । भारतीय जनता र भारत सरकार बाट बाढी तथा प्राकृतिक प्रकोप प्रभावित परिवारका लागि राहत सामग्री गृहमन्त्री बालकृष्ण खाणलाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हस्तान्तरण गर्नुभएको हो ।

हस्तान्तरण समारोहमा गृहमन्त्री खाणले राहत सामग्री सहयोगका लागि भारतीय जनता र भारत सरकार प्रति आभार व्यक्त गर्नुभयो । नेपाल र भारतबीच सरकार–सरकारमात्रै नभएर जनता–जनताबीच सम्बन्ध रहेको उल्लेख गर्दै गृहमन्त्री खाणले उक्त सम्बन्धलाई अझै प्रगाढ बनाउन नेपाल सदैव तयार रहेको बताउनुभयो । गृहमन्त्री खाणले नेपाल धेरै प्रकारका विपद्को उच्च जोखिममा रहेको स्मरण गराउँदै विपद्को घडीमा भारत सरकारले सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग प्राप्त भइरहने विश्वास व्यक्त गर्नुभयो ।

समारोहमा राजदूत श्रीवास्तवले भारत र नेपाल सुख, दुःखको साथी रहेको तथा आफ्नो कार्यकालमा नेपाल–भारत सम्बन्ध अझै प्रगाढ बनाउने कोसिस रहने प्रतिबद्धता जनाउनुभयो । मनसुनको सुरुआतमा राहत सामग्री सहयोग गर्न पाएकामा खुसी व्यक्त गर्दै राजदूत श्रीवास्तवले प्रकोप प्रभावितका लागि सहयोग जारी रहने विश्वास दिलाउनुभयो । उहाँले भूकम्पका समयमा पनि भारतले सहयोग गरेको स्मरण गर्नुभयो । (रासस)

  • 2shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

शिक्षकको कुटाइबाट १३ वर्षीय विद्यार्थी अस्पताल भर्ना

बैशाख २६, २०८२
विविध

सुधार केन्द्रमा यातना : प्रहरीले गर्यो सोधपुछ

बैशाख २२, २०८२
विविध

सुधार केन्द्र भर्ना भएका व्यक्तिहरूलाई शारीरिक यातना !

बैशाख २२, २०८२
विविध

जनकपुर धाम को  मन्दिर जग्गा अतिक्रमण प्रकरण : महन्त कै मिलोमतोमा बनेको अवैध संरचना भत्काइने 

चैत्र २३, २०८१
विविध

मन्दिरको जग्गामा मधेश प्रदेश सांसदको घर निर्माण : स्थानीयको विरोध

चैत्र १९, २०८१
विविध

गेटा अस्पताल कैलालीको निर्देशकमा डा. प्रमोद यादव नियुक्त

चैत्र ६, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

चलचित्र ‘रिमै’ को फर्स्टलुक पोस्टर सार्वजनिक, भदौ २७ गते बाट प्रदर्शनमा आउने

बैशाख ३०, २०८२

धार्मिक सम्प्रदायमा असर पार्ने भिडियो बनाएको आरोपमा रौतहटमा युवक पक्राउ

बैशाख ३०, २०८२

लिभर ट्रान्सप्लान्टमा नेपाल संसारकै सस्तो देश हो : डा.एकानन्द सिंह

बैशाख २९, २०८२

नेपालले दक्ष नर्स उत्पादन गर्छ तर विदेशले फाइदा लिइरहेको छ

बैशाख २९, २०८२

भारत–पाकिस्तानको युद्धविरामको घोषणा पछि कश्मीरमा चहलपहल बढ्यो

बैशाख २९, २०८२

जसपा नेपाल धनुषाको अध्यक्षमा पुन: पशुपति यादव

बैशाख २९, २०८२

बुद्धका मार्गदर्शनले दृष्टि सम्यक्, विचार शुद्ध र कर्म उज्यालो बनोस् : प्रधानमन्त्री ओली

बैशाख २९, २०८२

किराँत समुदायमा आज उभौली पर्व, चण्डी पूर्णिमा र चण्डेश्वरी जात्राको पनि शुभारम्भ

बैशाख २९, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend